प्रस, परवानीपुर, १८ साउन/
बारा जिल्लामा दुई उपमहानगरपालिका, ४ नगरपालिका र ९ गाउँपालिका गरी कुल १५ वटा स्थानीय तह छन् । जसमध्ये दुईवटामा कार्यकारी प्रमुख महिला छन् । कलैया उपमहानगरपालिकामा वन्दना झा कार्यकारी अधिकृत छिन् भने परवानीपुर गाउँपालिकामा पछिल्लो लोक सेवा आयोगको शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी कार्यकारी प्रमुखको जिम्मेवारी पाएकी छिन्, अप्सरा खत्रीले ।
२५ वर्षको उमेरमा कार्यकारी प्रमुखजस्तो जिम्मेवार कुर्सीमा बसेकी अप्सरा खत्रीले प्रतीकसँग गरेको कुराकानीमा कसरी सङ्घर्ष गरी यहाँसम्म पुगिन् बेलिविस्तार सुनाइन् । उनी भन्छिन्–“मधेसी कोटाबाट शाखा अधिकृतमा नाम निस्केकोमा त्यति सन्तुष्टि भएन । मेरो स्थानमा कुनै मधेसी महिलाको नाम निस्केको भए खुशी लाग्ने थियो ।”
पहाडी मूलकी अप्सराले मधेसीसँग बिहे गरेकी हुन् । “पहाडी भएर एक कतिपल्ट कोशिश गरें, नाम निकाल्न सकिनँ । त्यसपछि मधेसी प्रमाणित गराएर आवेदन गरेपछि मधेसी कोटामा नाम निस्कियो”–उनले भनिन् ।
उनका पति बारा जिल्लामैं जिल्ला ट्राफिक कार्यालयमा प्रहरी निरीक्षकको रूपमा कार्यरत छन् । सर्लाही, बलरा गाउँपािलका–४ निवासी दिपेन्द्रकुमार सिंहसँग विवाह गरी मधेसी कोटामा आवेदन गर्न योग्य भएकी उनको तर्क छ ।
गत वर्ष साउन १९ गते लिखित परीक्षा पास गरी भदौ ५ गते अन्तर्वार्ता दिएकी थिइन् । २१ असोज नतिजा आयो, उनी पास थिइन् । त्यसपछि कात्तिक ७ गते नियुक्ति पत्र पाएर १९ कात्तिकदेखि सेवा प्रवेशको तालिम गरी ६ महिना इन्टर्नसीपको लागि कास्कीमा काम
गरेर सामान्य प्रशासन मन्त्रालयद्वारा काजमा बारा खटिइन् ।
त्यस बेला नै स्थानीय तहको बाँडफाँड भएर कर्मचारी आवश्यक प¥यो, २२८ जना भर्खरै पास गरेकाहरूको सीट रिजर्भ भयो र उनीहरू स्थानीय तहमा खटे । जसमध्ये बारा, परवानीपुर गाउँपालिकाको कार्यकारी प्रमुखमा उनी नियुक्त भइन् ।
बारामा दोस्रो ठुलो बजेट पाउने गाउँपालिकाको कार्यकारी प्रमुख पाएर गद्गद् भएकी अपसरा जनतासँग प्रत्यक्ष कुराकानी र तिनका समस्या समाधानका लागि आफैं गाउँगाउँ घुम्ने गरेको बताउँछिन् । जिल्लाको ६ वटा पश्चिमी गाविसलाई गाभेर ९ वडाको गाउँपािलकामा बढी मधेसी समुदायकै बसोबास छ । जसमा यादव, तेली, कुर्मी, मुस्लिम, सोनार, बनिया चमारलगायत विभिन्न जातजाति बस्छन् । जनताले आपूmलाई गाउँमा देख्दा विशेषगरी महिलाहरू आप्mना समस्या लिएर अघि आउने गरेको देख्दा निकै खुशी लाग्छ उनी भन्छिन् । गत जेठ १५ गतेको अर्थमन्त्रीको घोषणा अनुसार बारामा पहिलो फेटा गाउँपालिका र दोस्रो रु २४ करोड बजेट पाउने परवानीपुर हो । असोज २ गते प्रदेश नं २ को निर्वाचनपछि स्थानीय तहले पूर्णता पाउँछ । प्रतिनिधि निर्वाचित भएपछि स्थानीय विकासको रणनीति बनाई गाउँपालिकालाई उत्कृष्ट बनाउने उनको धोको छ ।