प्रस, वीरगंज, १० भदौ/
नेपाल चिकित्सक सङ्घ पर्साका कोषाध्यक्ष डा. सञ्जय अग्रवालमाथि शनिवार एएमसी अस्पतालमा हातपात भएको छ ।
वीरगंज महानगर–१५ लक्ष्मनवाका सुभाष झा, बैजु झालगायत १०–१५ जनाको समूहले डा. अग्रवालमाथि हातपात गरेको थियो ।
आज बिहान ९ बजे भएको सो घटनापछि डा. अग्रवालले आपूmलाई गएराति १०४ डिग्री ज्वरो आएकोले अस्पताल आउन नसकेपछि सोको जानकारी अस्पताल प्रशासनलाई दिएको र बिहान ड्युटीमा आउँदा आपूmमाथि एक्कासि हातपात भएको बताए । शुरूमा उनले आपूmलाई हातपात गर्नुको कारण नबुझेको बताएका छन् ।
आपूm बालरोग विशेषज्ञ भएको र हातपात गर्नेहरूले सुत्केरी भएकी सुभाष झाकी पत्नीलाई समयमा औषधिसेवन नगराएको आरोपमा आपूmमाथि हातपात गरेको डा. अग्रवालले बताएका छन् । उनले झाकी पत्नीलाई पुत्रलाभ भएपछि नवजात शिशुको अवस्था कमजोर भएकोले एनआईसीयुमा भर्ना गरिएको र महिलालाई पनि एएमसीमैं भर्ना गरिएकोमा रात्रिकालीन ड्युटीमा रहेका नर्सले सुत्केरीलाई समयमा औषधिसेवन नगराएको भनी आपूmमाथि अनाहकमा हातपात भएको बताए ।
घटनामा संलग्न बैजु झालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको थियो । तर राजनीतिक दबाबको कारण दिउँसै छाडिएको थाहा हुन
आएको छ । यता डा. अग्रवालले घटना सम्बन्धमा चिकित्सक सङ्घले कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन् । उनले आपूmमाथि अनाहकमा भएको हातपातका दोषीलाई कुनै पनि हालतमा सजायबिना मुक्त हुन नदिने प्रतीकलाई बताए ।