– समीर पाख्रिन
दृश्य ः मेलिना तीज महोत्सवमा पुग्न कोठामा हतारहतार शृङ्गारपटार गर्दैछिन् । यत्ति नै बेला उनकी साथी जुना महँगो वस्त्र र गहनामा सजिएर कोठामा प्रवेश गर्छिन् ।
जुना ः ल हेर त, यो मेलिना त अभैm तयार भैसकेकी रहिनछ ।
मेलिना ः (जुनातिर नहेरी अनुहारमा लोसन घस्दै) देखिनस् कपडा लगाइसकेकी छु । अब मेकअप मात्र बाँकी त हो नि । एकै क्षणमा भइहाल्छ । टिभी खोलेर हेर्दै गर् न ।
जुना ः ल ल छिट्टो गर् । अँ साँच्चै, तँ पार्लर गइनस् ?
मेलिना ः गएकी त हो नि, कुनै पार्लरमा खुट्टा हाल्ने ठाउँ थिएन ।
जुना ः ए हो र ? मैले त हिजै नाम टिपाइराखेकी थिएँ, सजिलो भयो ।
मेलिना ः हेर्न मलाई त घरमा मेकअप गर्नै आउँदैन ।
जुना ः अनि घरमा तँ एक्लै ? खोई त मुमा र कृष बाबु ?
मेलिना ः कृष होमवर्क बनाउँदै होला । मुमा कोठामा ढल्केर बस्नुभएको होला ।
जुना ः बिचरी, मुमालाई तीज आउँदा कस्तो लाग्दो होला है मेलिना ?
मेलिना ः त्यही त, बुबा (ससुरो) बित्नुभएको पनि यो भदौमा चार वर्ष पूरा हुन्छ । सधैं तीजमा रुनुहुन्छ । मलाई नराम्रो लाग्छ ।
जुना ः एकल महिला भएर बाँच्न पनि गा¥हो हुन्छ होला हगि मेलिना । भएन ? चाँडो गर् न । ढिलो पुगियो भने पछाडि परिन्छ के ।
मेलिना ः छिः यो के विघ्न आत्तिएकी ? भयो भन्या के । (अहिले भने मेलिना जुनातिर फर्केर हेर्दा उसले जुनाको घाँटीमा महँगो सुनको हार देख्छिन्) आम्मई १ यो मोरीले त गज्जबको हार लगाएकी रहिछे । कति प¥यो जुना ?
जुना ः (गजक्क भएर हार खेलाउँदै) तँलाई सुनको दाम त थाहा नै छ । प¥यो नि सवा लाख जति ।
मेलिना ः (कपाल कोर्दै) अनि तँ यति महँगो हार लगाएर त्यो हुलमुलमा जान लागेकी ?
जुना ः (उही भावभङ्गिमा) लगाउने र देखाउने बेला नै यही त हो नि, तीजमा नलगाएको हार गहना कहिल्यै लगाउनु ? दराजमा राखेको गहना कसले देख्छ र ।
मेलिना ः अँ मैले त मङ्गलसूत्र र यो झुम्का मात्र लगाएँ । अँ हिंड् जाऊ ।
एकल महिला ः (प्रस्थान गर्न तरखर गरिरहेकै बेला मेलिनाकी सासू कोठामा आउँछिन् र दुवैलाई सरसर्ती हेर्दै) बुहारी, अभैm घरैमा छौ ? अबेर भएन भन्या ? ल हेर त, यो जुनाले त हार पो लगाएर आएकी रहिछे । होशियार रहनु है जुना । काल जमाना राम्रो छैन ।
जुना ः भैहाल्छ नि मुमा । हजुरलाई सञ्चै छ ?
एकल महिला ः के सञ्चो के बिसञ्चो । सधैं उस्तै त हो नानी ।
मेलिना ः ममी, कृष होमवर्क नसिध्याइ बाहिर खेल्न निस्केला, कराइ दिनोस् है । ल हामी गयौं । फ्रीजमा बिहानको खीरपुरी, हलुवा होला हजुर पनि खानुहोस् र कृषलाई पनि दिनोस् है । ल हिंड् जुना । (मेलिना र जुना घरबाट प्रस्थान गर्छन् ।)
एकल महिला ः ल ल जाओ । तीज आउन अभैm हप्ता/दश दिन बाँकी नै होला । अहिलेबाटै तीजको रमझम शुरू भइसक्यो ।
एकल महिला ः एई कृष १
कृष ः म होमवर्क गर्दैछु, हजुरआमा । (नेपथ्यबाट)
एकल महिला ः यो केटो यसरी चकमन्न बस्ने केटो त पक्कै होइन । हेरौं है के गर्दै रहेछ । (एकल महिलाले कोठा खोलेर हेर्दा कृष ओछ्यानमा पल्टेर मोबाइलमा गेम खेलिरहेको हुन्छ) ए तँ मलाई ढाटेर मोबाइलमा गेम खेलेर बस्ने ? उठ् उठ् खाजा खाएर होमवर्क गर्न बस् ।
कृष ः अब पाँच मिनेट मात्र हजुरआमा ।
एकल महिला ः बाबु, यसरी घण्टौं मोबाइलमा गेम खेल्नुहुँदैन के । अस्ति मात्र आँखा जचाएर चश्मा लिएको होइन ? यो केटोले सानै उमेरमा आँखा बिगार्ने भयो । यो स्कूल पढ्ने विद्यार्थीलाई मोबाइल किन दिनुपरेको होला । शरीरको ऊर्जा जति सबै गेम खेलेर सकेपछि पढाइतिर मन के जाओस् । (भान्सामा प्रवेश गर्दै) अलिकता नास्ता गरेर औषधि खानुप¥यो । (ढोका ढकढक गरेको आवाज आउँछ । एकल महिलाले ढोका खोल्दा दुइटी केटीहरू ढोकामा उभिएका हुन्छन्) कसलाई खोजेको होला नानीहरूले ?
पहिलो केटी ः हजुर, हामी ‘महिला मेलमिलाप सङ्घ’बाट आएका हौं । हजुरलाई एउटा निम्तो दिनुथियो ।
(हातको निम्तो पत्र थमाउँदै) लिनोस् ।
एकल महिला ः किन ढोकामा उभिएकी त ? भित्रै आऊ न । (युवतीद्वय प्रवेश गर्छन् र बस्छन्) निम्तो त दियौ अब निम्तोसम्बन्धी पनि केही जानकारी पाए अझ सजिलो हुनेथ्यो कि ?
पहिलो केटी ः आन्टी कुरा चाहिं के भने नि, हाम्रो संस्कृति, चाडबाडमा विकृति बढ्दै गइरहेको छ । हामी यसै पनि परनिर्भर देशका नागरिक । अहिले आएर आधुनिकीकरणको नाममा संस्कृति र चाडबाडमा देखिने तडकभडक, देखासिखीले हाम्रो संस्कृति बिस्तारै कुरूप बन्दै गइरहेको छ । हामी यसै त गरीब मुलुकको गरीब नागरिक । त्यहीमाथि चाडपर्वले थोपरेकोे खर्चको बोझका कारण हामी आर्थिकरूपले दिनदिनै खोक्रो हुँदै गइरहेका छौं । यसले धार्मिक मान्यतामा समेत खलल पुगेको धेरैको गुनासो छ । यसैले हाम्रो संस्कृति र चाडबाडको धार्मिक, पारम्परिक मूल्य मान्यताहरूलाई कसरी जोगाउने, रक्षा गर्ने र चाडबाडमा कसरी मितव्ययिता अपनाउन सकिन्छ भन्ने विषयमा छलफल र अन्तत्र्रिmया गर्न एउटा भेला आयोजन गरेका छौं । कृपया पाल्नुहोला ।
एकल महिला ः हाम्रो घरमा पनि अस्तिदेखि तीज लागिसक्यो नानी । कहिले घरकी बुहारी जान्छिन् दर खान त कहिले को/को आएका हुन्छन् दर खान भन्दै । खै कस्तो चलन आयो । आजभोलि त टिभी च्यानलहरूमा पनि खाली तीज गीत बजेको मात्र सुन्छु । हाम्रो पालामा कि त दर खाने दिनको अगाडि । नभए दर खाने दिनमा मात्र माइत पुग्न पाइन्थ्यो । खोई अहिले त एक महिनाअघिदेखि शृङ्गारपटार गरेर तीजको निहुँमा परपुरुषहरूसित दाँजिएर नाच्ने, गाउने, थरीथरीका परिकार बनाएर खाने, खुवाउने गरेको देखिन्छ । संस्कृति र चाडबाडमा यसरी नै परिवर्तन आउँदै जाने हो भने यसको महŒव के रहला र खोई ?
दोस्रो केटी ः हजुर यही विषयहरूमा छलफल र अन्तत्र्रिmया गर्न आन्टीलाई भेलामा उपस्थित हुन निम्तो दिएका हौं । पाल्नुहोला । हस् त आन्टी हामीलाई अन्त पनि पुग्नु छ । (उठेर हात जोड्दै) बिदा लिएँ ।
एकल महिला ः खोई मैले त चिसो तातो केही पनि सोध्नै भ्याइन् त नानी ?
पहिलो केटीः होइन, ठीकै छ आन्टी । हामी हतारमा छौं । (प्रस्थान गर्छन्)
एकल महिला ः हो, यो चाडबाड र संस्कृतिको नाममा भित्रिएका विकृतिलाई त रोक्नै पर्छ । साँझ झमक्क परिसक्यो । बुहारीहरू त अभैm आउँदैनन् त ।
(बाहिरतिर नियालिरहेको बेलामा नै जुनालाई अँगालो हालेर मेलिना घरभित्र प्रवेश गर्छिन् । जुना रोएर अधमरो भएकी छन् । उसको मुखबाट अभैm पनि घु घु गरेको आवाज आइरहेको छ) बुहारी जुनानानीलाई के भयो ? किन रोएकी ?
मेलिना ः ममी, जुनाको हार हरायो ।
एकल महिला ः कसरी ?
मेलिना ः सबैजना छम्छम् नाचिरहेको बेला एक्कासि झ्याप्प बत्ती गयो । केही क्षणमा बत्ती आउँदा जुनाको गलामा हार थिएन ।
जुना ः बत्ती जाना साथै मलाई कसैले अँगालो हालेको जस्तो लाग्यो । मैले मेलिना होली भनेर वास्ता गरिनँ तर बत्ती आउँदा मेरो गला रित्तै थियो ममी ।
एकल महिला ः हरे शिव १ अब कसको हात प¥यो होला त त्यति महँगो हार ?
मेलिना ः मैले त हिंड्नुअघि पनि यसलाई सतर्क गराएकै हो ।
जुना ः अब घरमा के मुख देखाउनु ? सुन्नु‘भो भने मलाई बूढोले काट्छ मेलिना । मेरै करकापमा परेर बिचराले सञ्चयकोषको पैसा झिकेर किनिदिनुभएको ।
एकल महिला ः प्रहरीमा जाहेरी लेखाएको हो त ?
मेलिना ः छैन ममी ।
एकल महिला ः अनि लेखाउनुपर्दैन त ? जाऊ जाऊ लेखाइ हाल । चुप लागेर बस्नुहुँदैन ।
जुना ः भेट्टाइएला र ममी ?
एकल महिला ः भेट्टाए पनि नभेट्टाए पनि जाहेरी लेखाउनु हामी नागरिकको कर्तव्य हो । ढिलो नगर जाऊ ।
मेलिना ः हो हो जुना उठ् । जाहेरी चाहिं लेखाइ हालौं । (जुना र मेलिना पुनः कोठाबाट प्रस्थान गर्छन्)
एकल महिला ः हेर, त्यति महँगो गहना कसको हात प¥यो होला । अहो ४ पनि बजिसकेछ । छतमा कपडा धोएर सुकाएकी छु भनेकी थिई उठाउनुप¥यो । (छतमा जान तरखर गर्दै गर्दा मेलिनाको प्रवेश)
मेलिना ः जाहेरी लेखाइदिएँ ममी । जुनाको भाइ–बुहारीले सुनेछन् । दौडिएर प्रहरी कार्यालय आइपुगेका थिए ।
एकल महिला ः कस्तो भयो त तीजमिलन कार्यक्रम बुहारी ?
मेलिना ः अँ यो जुनाले गर्दा बोर भैहाल्यो नि ममी । तीजको दिनसम्म पनि पाइएन भने त यसपालिको तीज खल्लो होला जस्तो छ । कृषले होमवर्क ग¥यो त ?
एकल महिला ः के को होमवर्क गर्नु मोबाइलमा गेम खेलेर बसिरहेको थियो । भनेको पटक्कै मान्दैन ।
मेलिना ः साँच्चै १ ममी कृषको बुबाले आमालाई तीज खर्च दिनु भनेर पाँच हजार रुपैयाँ पठाइदिनुभएको छ । लिनोस् । (हजारको पाँचवटा नोट दिंदै) आपूmलाई मन परेको सामान किन्नुहोला । अब हामीले हेरिदिएको हजुरलाई मन पर्दैन ।
एकल महिला ः मलाई पैसा किन चाहियो र बुहारी ? खान लगाउन पाइरहेकै छु । बिरामी हुँदा औषधि उपचार गरेकै छौ ।
मेलिना ः त्यसो भनेर कहाँ हुन्छ र ममी । महिलाहरूको चाडबाड हो । एक जोर भएपनि चोखो, नयाँ कपडा किनेर लगाउनु त परिहाल्छ नि । बरु यो पालि हजुर पनि हामीसँगै शिव मन्दिर हिंड्नोस् । तीजको बेला घरमा एक्लै झोक्राएर किन बस्नुप¥यो । हजुरलाई जहिले पनि तीजको बेला आँखाभरि आँसु पारेर बसेको देखेकी छु।
एकल महिला ः त्यसो भनेर कहाँ हुन्छ । समाजले कुरा काटिहाल्छन् नि बुहारी ।
मेलिना ः ममी समाजले के भन्ला भन्दा पनि सर्वत्र महिलाहरू तीज मनाइरहँदा हजुर जस्ता एकल महिलाहरू चाहिं कि त कुना पसेर रुने, कि त टुलुटुलु हेरेर आप्mनो भाग्यलाई धिक्कार्ने गर्छन् । तर आज समयले कोल्टे फेरिसकेको छ ममी । अब एकल महिलाहरूले पनि यो हिन्दू नारीहरूको महान् चाड तीजमा रमाइलो गर्नुप¥यो । दुःख–पीडा बिर्सिएर एकार्कासित खुशी र शुभकामना आदानप्रदान गर्नुप¥यो ममी ।
कृष ः (कोठाबाट निस्किएर) ममी, म एक क्षण अशोकको घरमा गएँ है ।
क्रमशः