प्रस, वीरगंज, १२ भदौ/
स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नं. २ मा हुन लागेको निर्वाचन अन्तिम चरणमा पुगेको छ ।
सोमवारदेखि सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेर निर्वाचनको काम अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यलय पर्साले जनाएको छ ।
आगामी असोज २ गते प्रदेश नं. २ को ८ जिल्ला अन्तर्गत एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । १३६ स्थानीय तह रहेको प्रदेश नं. २ मा एक हजार २ सय ७१ वडा रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख र अध्यक्षदेखि वडा तहसम्म गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । दुई नम्बर प्रदेशमा २६ लाख ६५ हजार ७९२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सोही क्रममा पर्सामा १ महानगरपालिका, ३ नगरपालिका तथा १० गाउँपालिकामा सोमवारदेखि निर्वाचन कार्यालय सञ्चालनमा आएको छ । आज पर्सा जिल्लाभरिमा सुरक्ष्Fासहित निर्वाचन अधिकृतहरू पुगी गाउँपालिकाको कार्यालयमा कार्यालय सञ्चालन गरेको स्थानीयहरूले जानकारी गराएका छन् । निर्वाचन कार्यालयका अनुसार छिपहरमाई गाउँपालिकामा नगेन्द्रराज पौडेल, जगरनाथपुर गापामा मुकुन्दहरि पौडेल, धोबिनीमा गेहेन्द्रराज पन्त, पकाहा मैनपुरमा दुर्गाप्रसाद खनाल र पटेर्वा सुगौलीमा रामचन्द्र शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसैगरी, पर्सागढी नगरपालिकामा कृष्णराज पन्त, पोखरिया नपामा रुद्रप्रसाद सुवेदी, बहुदरामाई नपामा बुद्धिलाल श्रेष्ठ, विन्ध्यवासिनी गाउँपालिकामा ईश्वरीप्रसाद ढकाल, जीराभवानी गापामा गोविन्दप्रसाद पोखरेल, सखुवा प्रसौनी गापामा कमलराज पन्थी, ठोरी गापामा प्रकाश कोइराला, कालिकामाई गापामा क्षेत्रबहादुर भण्डारीलाई तथा महानगरपालिकामा माननीय न्यायाधीश विष्णु सुवेदीलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।