राधेश्याम पटेल, परवानीपुर, १४ भदौ/
उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशमा असोज दुई गते हुने स्थानीय निकायको निर्वाचनको लागि ८ जिल्लामध्ये ६ जिल्लामा करिब ९० प्रतिशत उम्मेदवार घोषणा गरेको छ । स्थानीय तहको नगरपालिका र गाउँपालिकाको लागि सो पार्टीले मङ्गलवार अबेर राति ६ जिल्लाका उम्मदेवारहरूको नामावली सार्वजनिक गरेको छ । काठमाडौंमा हिजो बसेको कार्यसम्पादन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
फोरम नेपालले सर्लाही, महोत्तरीबाहेक पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरी गरी ६ जिल्लाका उम्मेदवारहरू नामावली सार्वजनिक गरेको छ । फोरमले ६ जिल्लाको ६४ वटा नगरपालिका र गाउँपालिकाको चुनावमा ३६ जना महिला/पुरुष गरी यादव उम्मेदवारलाई टिकट दिएको देखिन्छ । जसमा सबैभन्दा बढी सिरहामा १२, सप्तरीमा १०, रौतहतमा ७, बारामा ३ तथा पर्सा र धनुषामा २/२ जना गरी कुल ३६ जना महिला/पुरुष यादवलाई टिकट दिइएको देखिन्छ । त्यसैगरी, ८ जना मुस्लिम उम्मेदवारलाई फोरमले टिकट दिएको छ ।
रौतहटमा प्रदेश नं. २ कै सबैभन्दा बढी नगरपालिका रहेको देखिन्छ । रौतहटमा ११ वटा नगरपालिका रहेको देखिन्छ । जसमा चन्द्रनिगाहपुर नगरपालिलकाको उम्मेदवार चयन गर्न बाँकी छ । फोरमले गौर नगरपालिकामा गौरीशङ्करप्रसाद यादवलाई मेयर बनाएको छ भने उपमेयरको नाम खाली राखेको छ । त्यस्तै, गरुडा नगरपालिकामा इन्दु यादवलाई मेयर बनाएको छ । त्यसैगरी, दुई नम्बर प्रदेशमा पर्ने जनकपुर उपमहानगरपालिकामा पनि फोरमले उम्मेदवारी तय गर्न बाँकी छ । सप्तरीको राजविराज नगरपालिकामा भीमराज यादवलाई मेयर र किरणकुमारी साहलाई उपमेयरको उम्मेदवार बनाइएको छ । सिराहाको लहान नगरपालिकामा बैद्यनाथ साहलाई मेयर र रीता यादवलाई उपमेयरको टिकट दिने निर्णय फोरमले गरेको छ ।
यस्तो छ नामावली ः