प्रस, वीरगंज, १४ भदौ/
नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंजले आन्दोलन एक साताको लागि स्थगित गरेको छ ।
सहायक प्रजिअ दुर्गादत्त पौडेल सम्मिलित सुरक्षा अधिकारीहरूको बैठकले डा. सञ्जय अग्रवालमाथि भदौ १० गते हातपात गरेका वीरगंज महानगर–१५ लक्ष्मनवा निवासी बैजु झा र सुभाष झाविरुद्ध भदौ १३ गते मङ्गलवार केही सार्वजनिक मुद्दा दर्ता भइसकेकोले सङ्घलाई आन्दोलन स्थगित गर्न आग्रह गरेअनुरूप सङ्घको बुधवार बसेको बैठकले एक साताको लागि आन्दोलन स्थगन गर्ने निर्णय गरेको छ ।
सङ्घको बैठकले कसूरवारमाथि मुद्दा दर्ता भएको र स्थानीय प्रशासनले कसूरवारलाई पक्राउ गर्ने प्रतिबद्धता जाहेर गरेकोले आजदेखि शुरू गरिएको आन्दोलन २४ घण्टापछि स्थगित हुने जनाएको छ ।
चिकित्सक सङ्घको आह्वानमा आज वीरगंजका सम्पूर्ण अस्पताल, नर्सिङ होम बन्द रहे । नाउक्षे अस्पतालको आकस्मिक कक्ष मात्र सुचारु थियो । स्वास्थ्य सेवा ठप्प भएपछि बिरामीहरूलाई मर्का परेको थियो ।
चिकित्सक सङ्घले एक साताभित्र अभियुक्तहरूलाई पक्राउ नगरे पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।