$type=ticker$count=12$cols=4$cate=0

चुनावी तापमानमा अचानक भएको वृद्धि

SHARE:

सञ्जय साह मित्र
    चुनावको मिति नजिकिंदै जाँदा चुनावी तापमान समाजमा बढेको छ । राजपा नेपाल औपचारिकरूपमा चुनावमा आउने भएपछि समाज चुनावतिर उन्मुख भएको हो । अहिले सबैतिर चुनावको चर्चा छ । बाढीको तनाव र बाढीले पु¥याएको क्षतिलाई चुनावको रन्कोले बिस्तारै छोप्दै गएको छ । एकातिर बाढीले निकै क्षति पु¥याएको छ भने अर्कोतिर चुनाव प्रचारको बाढी आएको छ । बाढीले पु¥याएको क्षतिको सम्पूर्ण विवरण नआउँदै समाजमा माहोल नै बदलिएको छ । राम्ररी हेर्ने हो भने एकपछि अर्को बाढीले समाजको आप्mनो पुरानो स्वाभाविक गतिलाई नै बगाएको देखिन्छ । चुनावको माहोल बन्दै गएको देखिएको छ । हिजो अलिकति पनि विश्वास नगर्ने अहिले आपूmलाई उम्मेदवारको रूपमा एकचोटि सामाजिक हैसियत र प्रतिष्ठाको आँखाले नियालिरहेको छ ।
    बाढी आपूm गएपछि राहतको बाढी लिएर आयो । बाढीले चुनावलाई केही नजिक ल्याइदियो । कुन अर्थमा भने दलहरूले उम्मेदवार तय गर्नुअघि आपूmलाई उम्मेदवार भन्ठानेर बाढीपीडितलाई धेरैले धेरै किसिमका राहत बाँडे । राहत बाँड्नमा शुरूमा प्रतिस्पर्धा नै भयो । प्रतिस्पर्धामा पछाडि परेका राहत बाँड्नेहरूले अरूको आलोचना शुरू गरे । आलोचना त कम राहत, कामै नलाग्ने राहत, आप्mनो मान्छेलाई राहत, आप्mनो जातिलाई राहतलगायतका कुराहरू निस्किन थाले । पीडितले राहत नै नपाउने र पीडित नहुनेले राहत पाउन थाले । राहतको बिजोग देखियो । अहिलेसम्म राहत बाँड्ने काम भइरहेको छ । बरु टिकट नपाउनेहरू बेकारमा राहत बाँडियो भनेर पछुताउन थालेका छन् । राहत बाँड्नमा कुनै तरिका अपनाउनेहरूले भने आप्mनो यात्रालाई अहिलेसम्म अविराम बढाइरहेका छन् । आखिर पीडितलाई राहत बाँड्दा दुई/चार जना पीडित नभए पनि आइहाल्छ नि । राहत बाँड्ने काम केन्द्रीय नेतादेखि लिएर गायक, लेखक, कलाकारसम्म बाढीपीडितको घरदैलोसम्म पुग्ने काम गरे । पीडामा मल्हम लगाउने काममा कोही पनि पछाडि परेनन् । राहत लिनमा कोही पछि नपरेजस्तै । केहीले कस्तोसम्म टिप्पणी गरे भने राहत सङ्कलन गर्नुभन्दा बाँड्नु निकै गाह्रो काम हो । बरु चुनाव जित्न सजिलो होला तर राहत बाँडेर सबैलाई चित्त बुझाउन सकिन्न ।
    को उम्मेदवार हुने भन्ने तुँवालोपूर्ण आकाशमा बादल बिस्तारै छाटिंदै छन् । अब राहत बाँड्न पनि बिस्तारै कम हुँदै गएको छ । पीडितहरूको खेतको धान पलाएको छैन । पलाउने सम्भावना पनि छैन । पोखरीको बगेको माछा फर्केर आउनेछैन । भत्केको घर जस्ताको त्यस्तै छ तर चुनावको चर्चाले घर र आँगनलाई बिस्तारै छोप्दै लगेको छ । अहिले सामाजिक सञ्जालहरूमा राहतको चर्चा बिस्तारै कम हुँदै गइरहेको छ र चुनावको चर्चा बढ्दै गइरहेको छ । हिजो राहतमा अनेक कलुषितता देख्नेहरूले भने अब चुनावको लागि कसरी उपयोग गर्ने भन्ने उपाय सोच्न थालेका छन् । कसलाई के भनेर वा कसलाई के दिएर चुनावमा आपूmतिर तान्न सकिन्छ भन्ने उपायको खोजी भइरहेको छ सर्वत्र । चोक, बजार, होटल, चियापसललगायत सम्पूर्ण सार्वजनिक स्थानसम्म को उम्मेदवार राम्रो र को उम्मेदवार बलियो भनेर आआप्mनो आधार, तथ्य र तर्क दिइरहेका छन् । चुनावको पक्षमा आप्mनो विश्लेषण गर्न कोही पनि पछाडि परेका छैनन् । वास्तवमा यी तथ्यहरूमा एक हप्तापहिले चुनाव हुन्छ कि हुँदैन भन्ने चिन्ता र चासो छुमन्तर भएको छ । राजपा चुनावमा नआउँदा चुनाव होला कि नहोला भन्ने चिन्ता र चासोको अहिले अवशेषसम्म छैन । एक हप्तामा समाजमा भएको परिवर्तनले चुनावको निश्चितताको जरो अत्यन्त बलियो भएको स्पष्ट भएको छ ।
    केही समय दम्भ पनि देखिएको थियो सम्भावित उम्मेदवारहरूमा । दम्भ अभैm पूर्णरूपमा सेलाइसकेको छैन । दलभित्र मेरो पहुँच बढी छ, दलमा मेरो लगानी सबैभन्दा धेरै रहेको छ, समाजमा मेरो प्रतिष्ठा उच्च छ, सबैभन्दा धेरै मतदाताले मलाई मन पराएका छन्, चुनावमा म जति पनि खर्च गर्न सक्छुलगायतका कुराहरू समाजमा जताततै छरिएको भेटिन्थे । दलबाट आधिकारिक उम्मेदवार बनाउने क्रमले तीव्रता पाएसँगै घमण्डका आकाशहरू साँघुरा हुँदै गएका छन् । कतिपयले घमण्डलाई विद्रोहको रूपमा विस्फोट पनि गरेका छन् । उम्मेदवारले नाम दर्ता गराउने दिनसम्म यो विद्रोहको विस्फोटको आवाज सुनिन्छ । विद्रोहको प्रतिफल अन्तर्घातसम्म पनि नपुग्ला भन्न सकिन्न । पार्टीभित्रै रहेर पार्टीभन्दा अरू दल वा उम्मेदवारलाई सहयोग गर्ने क्रम चल्न सक्छ । अरूलाई हराएर दलभित्र आप्mनो अस्तित्वले विस्तार पाउने र आप्mनो घमण्ड साबित हुने दाउमा रहेका छन् । आगामी दिनमा आप्mनो हैसियतअनुकूलको पदमा दलले पु¥याउने अभिलाषा घमण्डमा रहेकाहरूलाई हुन सक्छ ।
    कोही निराशाको सागरमा पनि डुबेका छन् । निराश भएकालाई समयको मल्हमले निको बनाउँदै लैजाने कुरामा विश्वास गर्न सकिन्छ । पार्टीप्रति निष्ठावान्ले आपूmलाई उपयुक्त समयमा उपयुक्त अवसर प्रदान गर्ने विश्वासमा पनि रहन सक्छन् तर यस प्रकारका आत्मसन्तोषी युगको नै अन्त्य भइसकेको  छ । आत्मसन्तोषले वर्तमान राजनीतिक परिवेशमा कसैले प्रगति देख्न सक्दैन । यस कारण दल परिवर्तनको ठूलै बाढी आएको छ । अहिले एकचोटि उम्मेदवार बन्ने लोभमा वा आप्mनो तागतको परीक्षण गराएर देखाउने दिशामा जान चाहेका छन् । पार्टीहरूले पनि उम्मेदवार बनाउन अरूको पार्टीबाट मान्छे बोलाउने वा जित्ने आशा भएकालाई टिकट दिने काम भएको छ । आप्mनो पार्टीको जीतलाई निश्चित बनाउन अनेक अभियान चलाउँछन् । अरूको पार्टीलाई तोड्ने र आप्mनो पार्टीलाई बलियो बनाउने प्रजातान्त्रिक प्रक्रिया पनि हो रे । प्रजातन्त्रमा उही बलियो मानिन्छ, जसले जनताको मतबाट विजय प्राप्त गरेको छ । आप्mनो पार्टीलाई विजयी बनाउनु र अर्को पार्टीलाई कमजोर बनाउनु पनि लोकतन्त्रमा कूटनीतिक प्रक्रियाको रूपमा रहेको देखिन्छ । कसरी विपक्षीलाई कमजोर बनाउन सकिन्छ र कसरी आप्mनो दललाई बलियो बनाउन सकिन्छ भनेर अनेक उपाय अपनाउने क्रममा यो पनि चलिरहेको छ । प्रदेशको राजनीति अब यति तरल भइसकेको छ कि टिकट पाएकाहरूबाहेक अरू जतिसुकै ठूलो निष्ठावान् भएपनि धेरैको शङ्काको घेरामा रहेका छन् ।
    अब राजनीतिको तापमानमा अचानक वृद्धिले धेरैलाई तताएको छ । तापमानले धेरैलाई ज्वरो आएको छ । धेरै चाहिं अन्य किसिमले बिरामी परेका छन् । धेरै वर्षपछि स्थानीय तहमा निर्वाचन हुन लागेको जनसङ्ख्याको दृष्टिले झन्डै सबैभन्दा ठूलो प्रदेशमा सर्वसाधारण मतदातामा उत्साह हुनु स्वाभाविकै हो । उत्साहलाई अनेक किसिमले अभिव्यक्त गरिरहेका छन् । अभिव्यक्ति स्वतन्त्रता भएको देशमा यसलाई कसैले रोक्ने कुरै होइन तर आप्mनो अभिव्यक्तिलाई मर्यादित बनाउनुपर्छ । निर्वाचनलाई मर्यादित बनाउन बुद्धिजीवीहरूको ठूलो भूमिका हुन्छ । बुद्धिजीवी र स्वतन्त्र नागरिकले वर्तमान संवेदनशील समयलाई आपूmले सकेको योगदान दिनु अहिलेको राष्ट्रियता पनि हो । यथार्थमा बुद्धिजीवीहरूले अहिलेको कर्तव्यलाई बुभ्mनु जरुरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चुनावी तापमानमा अचानक भएको वृद्धि
चुनावी तापमानमा अचानक भएको वृद्धि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg47576J6Wm1TmlTCVpqhtKHZibQYWTY3OI2iOdmoh-3lFZpDyrFsHKHjK61vlSvkBAlDb8u-N9b4dRNJDGRW4cVyi_eOxDqKam8Uix9lowL_KLSF4P2i7RSD63mkCtcueCqOD2BqFjo4Y4/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg47576J6Wm1TmlTCVpqhtKHZibQYWTY3OI2iOdmoh-3lFZpDyrFsHKHjK61vlSvkBAlDb8u-N9b4dRNJDGRW4cVyi_eOxDqKam8Uix9lowL_KLSF4P2i7RSD63mkCtcueCqOD2BqFjo4Y4/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_611.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_611.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy