प्रस, वीरगंज, ११ भदौ/
तराईमा केही दिन पहिले आएको बाढीको कारण बालीनाली तथा सिंचाइका लागि बनाएको नहरमा १ अरव ५ करोढ बराबरको क्षति भएको समाचार प्राप्त भएको छ । जिल्ला कृषि कार्यालय पर्साले दिएको जानकारी अनुसार पर्सामा ३५ करोड बराबरको बालीनाली क्षति भएको छ ।
कृषि कार्यालयबाट गाउँपालिका स्तरीय टोलीले गरेको सर्वेक्षण तथा बाढी पीडितले दिएको निवेदनको अधारमा पूर्ण रूपले धान बाली १६ सय हेक्टर, तरकारी बाली ४० हेक्टर, माछा पोखरी ३५० हेक्टर नष्ट भएको जिल्ला कृषि कार्यालय, पर्साका प्रमुख वीरेन्द्र सिन्हाले जानकारी दिएका छन् । पर्साको एउटा महानगरपालिका, ३ नगरपालिका, १० गाउँपालिकामध्ये साबिक झौवागुठी, लहावरथकरी, पकहामैनपुर, सबैठवा, भेडीहारी, मिर्जापुर, धोबिनी, सम्भौता, भिस्वा, धोबिनी, जगरनाथपुरमा बालीनालीको बढी क्षति भएको सिन्हाले बताए । त्यसैगरी बाढीको कारण गण्डक नहरमा झन्डै रु ७० करोड बराबरको क्षति पुगेको सो कार्यालयले जनाएको छ ।
मूल नहर, सहायक नहर, ब्लक नहरमा गरी ७० करोड ४५ लाख ३३ हजार १ सय बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालय बहुअरी वीरगंजले जनाएको छ ।
मूल नहरमा रु ५० करोड २० लाख ७८ हजार १ सय तथा १५ ब्लकमध्ये १० ब्लक तथा ट्युबवेलमा समेत गरी रु २० करोड २४ लाख ५५ हजारको क्षति भएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जनाएका छन् । साहले दिएको जानकारी अनुसार गण्डक नहरको पर्सादेखि रौतहटसम्मको ८१ किलोमिटर खण्ड पर्दछ । जसमध्ये पर्सा, बारा र रौतहटको मूल नहर तथा बारा र रौतहटको ब्लक नहरमा ३५ स्थानमा क्षति मूल्याङ्कन गरिएको छ ।
नहर भएर बग्ने ओरिया, सिक्टा, गङ्गोल, सिक्टा, बङ्गरी, लालबकैया लगायत नदीले नहरमा बढी क्षति गरेका छन् । ५ वटा ब्लकमा क्षतिको विवरण अझै तयार हुन नसकेको साहले बताए ।
नहर र सर्भिस सडकको मरम्मतका लागि कार्यालयसँग साधन र स्रोतको अभाव रहेकोले तत्काल सो सडक सुचारु गर्न समस्या रहेको साहले बताए ।