$type=ticker$count=12$cols=4$cate=0

परमात्मासँग हाम्रो नित्य सम्बन्ध

SHARE:

    हाम्रो सम्बन्ध दुई प्रकारका हुन्छन्– लौकिक र अलौकिक । लौकिक सम्बन्ध त्यो हो, जुन हाम्रो परिवार र संसारसँग जोडिएका हुन्छन् र अलौकिक सम्बन्ध केवल ईश्वरसँग मात्र हुन्छ । जहाँ हाम्रFे सबै लौकिक सम्बन्ध अस्थायी र अनित्य हुन्छ, भने त्यहीं अलौकिक सम्बन्ध स्थायी र नित्य हुन्छ । जबसम्म सबै प्रकारका सुख एवं सुविधा हामीलाई प्राप्त छ, हामीसँग धनसम्पत्ति छ, मानसम्मान छ, हाम्रFे सम्बन्धबाट व्यक्तिको स्वार्थपूर्ति हुन्छ, तबसम्म हामीसँग सम्बन्ध राख्नेहरूको कमी हुँदैन । मानिसले हाम्रFे सम्बन्धको हवाला दिएर गौरवको अनुभव मात्र गर्दैन वरन् त्यसबाट लाभ उठाउने प्रयास पनि गर्छ, तर स्थिति जब यसको विपरीत हुन्छ अर्थात् आपत्विपत्ले हामीलाई चारैतिरबाट घेर्न थाल्छ, हाम्रो वैभव नष्ट हुन्छ, पाइला–पाइलामा हाम्रो अपमान र तिरस्कार हुन्छ, हाम्रो सम्बन्धको माध्यमबाट काम बन्नुको सट्टा हाम्रो सम्पर्कमा आउनाले मिथ्या कलङ्क लाग्ने सम्भावना हुन थाल्छ, तब अधिकांश व्यक्तिले हामीसँग सम्बन्ध तोड्छन् । कुनै बेला हामीसँग सम्बन्ध थियो, यो प्रकट हुनमा पनि लज्जाको अनुभव गर्छ र सम्बन्ध लुकाउने चेष्टा गर्छ ।
    महापुरुषको कथन छ कि सृष्टिको रचयिता एकमात्र भगवान् नै हुन्, उनले जीवलाई कुनै पनि अवस्थामा साथ छोड्दैनन् । उनी हामीसँग एकक्षणको लागि पनि अलग–थलग हुँदैनन् । उनी आत्मरूपबाट, अन्तर्यामीरूपबाट सदैव हाम्रो साथ रहन्छन् । उनको अनन्त सौहार्द हामीले पाइरहन्छौं, चाहे हामी कति नै पतित किन नहोऔं, किनभने उनी पतितपावन पनि हुन् । हाम्रो र उनको सम्बन्ध सदाभैंm बनिरहनेछ । हाम्रो आत्मा परमात्माको अंश हो र उनी कहिल्यै आप्mनो अंशीसँग टाढा हुन सक्दैनन् । श्रीरामचरितमानसमा गोस्वामी तुलसीदासले भनेका छन्–
    ईश्वर अंश जीव अविनाशी । चेतन अमल सहज सुखराशि ।।
    गीतामा भगवान् श्रीकृष्णले भनेका छन्– ‘ममैवांशो जीवलोके जीवभूतः सनातनः ।’ (१५।७) अर्थात् यस देहमा यो जीवात्मा मेरो नै सनातन अंश हो । परमात्मा हाम्रो नित्य साथी हो । कदाचित हामी आप्mनो यस्ता नित्य साथीलाई चिन्न भूल गर्छौं । काश १ प्रभुको साथ आप्mनो नित्य सम्बन्धको हामीलाई स्मृति हुन्थ्यो, त्यो स्मृति सदा बनिरहन्थ्यो त परिस्थिति भलै जस्तोसुकै किन नहोस्, हाम्रFे जीवन दुःखी हुँदैनथ्यो, यति अस्तव्यस्त हुँदैनथ्यो, जति अहिले देखिएको छ । हामीलाई जुन निराशा हुन्छ, त्यो हुँदैनथ्यो, जुन नीरसताको बोध हुन्छ, त्यो हुँदैनथ्यो र जुन असन्तोषको अनुभव हुन्छ, त्यो पनि हुँदैनथ्यो ।
    सर्वविदित छ कि हामीमध्ये प्रत्येकको रुचि भिन्दाभिन्दै छ । रुचिअनुरूप नै हाम्रो उद्देश्य र कार्यक्षेत्र निर्मित र निर्धारित हुन्छ । कसैको कार्यक्षेत्र स्वदेश–सेवाको छ भने कसैको समाज सुधारको, कसैको कार्यक्षेत्र उद्योगको छ भने कसैको व्यापार–व्यवसायको । कार्य गर्दै जो व्यक्ति हाम्रो सम्पर्कमा आउँछन्, उनीहरूको साथ एक सम्बन्धजस्तो स्थापित हुन्छ । त्यसपछि परस्पर आदानप्रदान हुन्छ, लेनदेन हुन्छ । प्रायः यही देखिएको छ कि यस्ता सम्बन्ध स्थायी हुँदैनन् । यो सम्बन्ध त्यति बेलासम्म निर्वाह हुन्छ, जबसम्म हामी आप्mनो प्रयासमा सफल रहन्छौं, जगत्को दृष्टिमा सफल देखिन्छौं । जसरी असफलता हात लाग्यो अथवा व्यक्तिलाई लाग्यो कि हामीबाट उनीहरूलाई इच्छित वस्तु प्राप्ति हुन सक्दैन, त्यसपछि सम्बन्धमा चिरा लाग्न थाल्छ र मानिस सम्बन्ध–विच्छेद गर्न उत्ताउलो हुन्छ । पहिले–जस्तो उत्साह र प्रगाढता रहँदैन । उनीहरू त बस यही देख्छन् कि सफलताले हाम्रो साथ दिइरहेको छ कि छैन । हाम्रो सफलता र असफलतामा नै सम्बन्ध बन्ने र टुट्ने निर्भर रहन्छ । जबसम्म हामी सफल छौं, तबसम्म सबैको सम्बन्ध र सहयोग पाइन्छ । असफल हुने बित्तिकै सम्बन्धमा पनि विचलन आउन थाल्छ । यस सम्बन्धबारे दुर्गा–सप्तशतीमा एउटा कथा छ– चक्रवर्ती सम्राट राजा सुरथको समस्त भूमण्डलमाथि अधिकार थियो, उनी आप्mनो प्रजाको औरस पुत्रसरह धर्मपूर्वक पालन गर्दथे, तर यस्तो धर्मप्राण सम्राट पनि जब दुर्भाग्यवश कोलाविध्वंसियाबाट पराजित भए, तब उनको दुरात्मा मन्त्रीहरूले उनको सेना र कोषको हस्तगत गरे र राजा सुरथलाई शिकार खेल्ने बहानामा एक्लै घोडामा सवार भएर घना जङ्गलमा स्थित मुनि सुमेधाको आश्रममा जानुप¥यो । यस प्रकार असफलताको समयमा उनको आफन्तले पनि साथ छाडिदिएका थिए ।
    असफलताको कारण जब सम्बन्ध समाप्त हुन्छ, तब त्यस समय हामी एक विचित्र स्थितिको सामना गर्न विवश हुन्छौं, अनौठो परिस्थितिमा पर्छौं, के गर्ने के नगर्ने ? तब हामीलाई निराशा र हताशाले घेर्छ र हामी किंकर्तव्यविमूढ हुन्छौं । यस्तो यस कारण हुन्छ, किनभने हामीले यस्तो गरेका थिएनौं, तर वास्तविकता यही हो कि यस्तो हुनु नै थियो, किनभने हाम्रो सम्बन्धको आधार नै अस्थायी र अनित्य थियो । त्यो एक यस्तो आधार थियो, जुन कि कुनै स्वार्थ वा हेतुलाई लिएर स्थापित थियो र त्यसको पूर्ति नभएपछि त्यो टुट्यो ।
संसारको सबै सम्बन्ध यसै प्रकार बन्ने–बिग्रिने गर्दछ । त्यसमा स्थायित्वको अभाव सदा बनिरहन्छ । कसम–बाचा सबै धराशयी हुन्छ र हामी हेरिरहन्छौं । अरूलाई के भन्ने ? परिवारको निकट सम्बन्धीसँगको सम्बन्ध पनि पलभरमैं छरिन्छ ।
    ज्ञानीजनले भनेका छन्– प्रभुको साथ हाम्रो जुन अहैतुक नित्य सम्बन्ध छ, यदि त्यसलाई हामीले बुभ्mयौं, भरोसा ग¥यौं भने हामीलाई निराशा हात लाग्दैन । संसारको सम्बन्ध–सहैतुक हो, यसै कारण त्यसमा सौहार्द पनि छैन । विशुद्ध प्रेममा कुनै पनि हेतु हुँदैन र जहाँ विशुद्ध प्रेम छैन, त्यहाँ हाम्रोलागि कसैले आप्mनो सर्वस्व सुम्पिदेओस्, यो सम्भव छैन । अर्को कुरा यो हो कि हाम्रो जतिसँग सम्बन्ध हुन्छ, त्यसको शक्ति–सामथ्र्यको एक सीमा हुन्छ । त्यस सीमाभित्र नै उनीहरूले हाम्रो सहायता गर्छन् । तेस्रो कुरा यो हो कि उनीहरूको ज्ञान–कौशल पनि देश–कालमा सीमित छ । यो उनीहरूले जान्दैनन् कि भोलि के हुनेछ ? उनीहरूसँग जुन सीमित ज्ञान छ, त्यसैको आधारमा नै हामीसँग सम्बन्ध राखेर कार्य गर्छन् । यसै कारण उनीहरूले जतिपटक भूल गरे पनि परमात्माको साथ हाम्रो जुन सम्बन्ध छ, त्यो अनादि छ, सनातन र पुरातन छ, सदा स्थिर एकरस छ । उनको सम्बन्धमा कुनै हेतु छैन । त्यो सम्बन्ध अत्यन्त निर्मल, असीम, प्रेमबाट परिपूर्ण र नित्य छ । ईश्वरको शक्ति–सामथ्र्यको पनि कुनै सीमा छैन । उनी सर्वसमर्थ र सर्वज्ञ छन् । यसै कारण उनीसँग कहिल्यै कुनै सानो भूल पनि हुँदैन ।
    प्रश्न उठ्छ जब हाम्रो यस्तो महामहिम प्रेममय परमात्मासँग नित्य सम्बन्ध छ भने हामीले उनीमाथि भरोसा किन गर्दैनौं ? उत्तर स्पष्ट छ कि हाम्रा इन्द्रिय स्वभावले बहिर्मुखी छन्, बाहिरतर्पm हेर्छ, भित्र हेर्दैन । हाम्रो मन र बुद्धि पनि प्राकृत छ, मायिक छ, यसै कारण परमात्मालाई जान्दैनौं । जबसम्म प्रभुलाई जान्दैनौं, तबसम्म कुरा बन्दैन । यसै कारण सन्त मनीषीले भनेका छन्– हामी अन्तर्मुखी बन्नुपर्छ । अहिले त अन्तर्मुख हुने कुरा टाढाको हो, हाम्रा इन्द्रियको प्रवाह सŒवमुखी नै भएको छैन । हाम्रो इन्द्रिय प्रगाढ तमोगुणतर्पm दौडिरहेको छ । यसलाई रोक्नुपर्छ र मन एवं बुद्धिलाई भगवान्मा लगाउनुपर्छ । तब गएर ईश्वरको कृपा हामीमाथि बर्सिन्छ ।
ईश्वर कृपासाध्य छन् । त्यो आग्रहले होइन, अनुग्रहले पाइन्छ । हामीले त्यसलाई तब मात्र जान्न सक्छौं, जब उनले त्यो जनाउन चाहन्छन्, नत्र प्रभुलाई जान्न सम्भव छैन । हाम्रो प्रभु नै हाम्रो सर्वस्व हो, सम्पूर्ण सृष्टिको नियन्ता हो, नियमाक हो, पालक हो, सञ्चालक हो
यानी वासुदेव नै सबै कुरा हो– ‘वासुदेवः सर्वम् ।’
    गीतामा स्वयम् भगवान् श्रीकृष्णले भनेका छन्–
अहं सर्वस्व प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ।। (१०।८)
    अर्थात् म वासुदेव नै सम्पूर्ण जगत्को उत्पत्तिको कारण हुँ र मबाट नै सबै जगत् चेष्टा गर्छ, यस प्रकार बुझेर श्रद्धा र भक्तिबाट युक्त बुद्धिमान् भक्तजनले म परमेश्वरलाई नै निरन्तर भजाउँछन् । महापुरुषको कथन छ कि अज्ञानी मनुष्य नै पति, पत्नी, पुत्र, मित्र, नाता, सम्बन्धलाई आप्mनो आत्माको एक भाग मानेर यसको वृद्धि हुँदा प्रसन्न तथा हानि भएपछि दुःखी हुन्छन् । यी सब नातागोता त हामीलाई ईश्वरले सेवा गर्न दिएका हुन् । यसलाई आप्mनो मान्नेहरू त पतनको मार्गको अनुगामी बन्छन् यानी चौरासीको चक्करमा घुम्न विवश हुन्छन् । जीवको एकमात्र सम्बन्धी त केवल ईश्वर हो, जसको साथ जीवको नित्य सम्बन्ध छ । स्वामी रामसुखदासले भनेका थिए– हामीले यस सम्बन्धलाई यो भनेर नित्य स्मरण गर्नुपर्छ । ‘म भगवान्को हुँ र भगवान् मेरो हो ।’ परमात्माको अंश भएको कारण हामी उनको सर्वाधिक प्रिय हौं । उनी आप्mनो वस्तुलाई सदैव एकटकले हेरिरहन्छन् । उनले हामीलाई कहिल्यै आप्mनो आँखाबाट ओझेल गर्दैनन् । हामीले भलै उनलाई बिर्सिन्छौं तर उनले कहिल्यै हामीलाई बिर्सिन्दैनन् । उनी सदैव हाम्रो साथ रहन्छन् । जसको जुन वस्तु हो, त्यसलाई उनले हेर्छन्, सम्हाल्छन् । आप्mनो रचनाबाट रचयिता कहिल्यै अलग वा टाढा हुन सक्छ ? कदापि हुन सक्दैन । हामी पनि परमात्मालाई आप्mनो पिता मानेर हृदयबाट उनको नित्य स्मरण ग¥यौं, सेवन ग¥यौं भने हाम्रो कल्याण हुनु निश्चित छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : परमात्मासँग हाम्रो नित्य सम्बन्ध
परमात्मासँग हाम्रो नित्य सम्बन्ध
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_555.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_555.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy