प्रस, वीरगंज, ९ भदौ/
वीरगंज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी छनोटको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी नेपाल
पर्साका कार्यकर्ताहरूबीच शुक्रवार वीरगंजमा झडप भएको छ ।
झडपमा परी विमल श्रीवास्तव समूहका श्यामबाबू चौरसिया सामान्य घाइते भएका छन् ।
प्रहरीको बाक्लो उपस्थितिको कारण सो बेला कुनै अप्रिय घटना नभएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनिश कर्णले बताए ।
मेयर पदका आकाङ्क्षी उम्मेदवारको रूपमा रहेका विमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताबीच झडप भएको हो ।
उम्मेदवार छनोट तथा स्थानीय तहको चुनावी रणनीति बनाउने उद्देश्यले राजपाले होटेल कुमु प्यालेसमा बैठकको आयोजना गरेको थियो । बैठकमा श्रीवास्तव र सिंह समूहले आआप्mनो शक्ति प्रदर्शन गर्न थालेपछि बैठक तत्काल स्थगित भएको र पछि पुनः बैठक भएको बुझिएको छ ।
राजपा नेपालले पर्सा जिल्लामा उम्मेदवार छनोटको लागि केन्द्रीय पर्यवेक्षक विजय गुप्तालाई वीरगंज पठाएको छ ।
राजपाबाट वीरगंज महानगरको प्रमुख पदको आकाङ्क्षी उम्मेदवारहरू विमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताहरू बाजागाजासहित नगरपरिक्रमा गर्दै होटेलअगाडि पुगी नाराबाजी गर्दै बैठकमा प्रवेश गरेपछि बैठक स्थगित गरिएको राजपाका महासचिव शिव पटेलले बताए ।
विमल श्रीवास्तव समूहका कार्यकर्ता श्यामबाबू चौरसियाले श्रीवास्तवको पक्षमा नाराबाजी गरेपछि अर्को समूहका कार्यकर्ताले उनलाई धकेलेपछि झडप भएको थियो ।
बैठक बस्ने भनिएको हलभित्र दुवै समूहका कार्यकर्ताहरूले एकापसमा कुर्सी हानाहान पनि गरेका प्रत्यक्षदर्शीहरूले जानकारी गराएका छन् ।
बैठक शुरू नहँुदै दुवै समूहका कार्यकर्ताहरूले चर्को नाराबाजी गरेपछि बैठक स्थगित गरी केन्द्रीय पर्यवेक्षक गुप्ता र अन्य केन्द्रीयस्तरका नेताहरू होटेल मकालुमा पुगेका थिए ।
आज उम्मेदवारी छनोट र चुनावी रणनीतिका विषयमा छलफल गर्न केन्द्रीय पर्यवेक्षक, जिल्लामा रहेका केन्द्रीय सदस्य, केन्द्रीय पदाधिकारी
र पर्सा जिल्ला अध्यक्षमण्डलका सदस्यहरूको उपस्थितिमा बैठक बस्ने कार्यक्रम थियो ।