प्रस, वीरगंज, ११ भदौ/
राजपा नेपाल, पर्सा र बारामा उम्मेदवारीको विषयलाई लिएर आकाङ्क्षीहरूबीच चर्को विवाद भइरहेको छ ।
वीरगंज महानगरको मेयरको लागि विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताबीच पर्यवेक्षक विजय गुप्ता राय सुझाव लिन आएको बेला रस्साकस्सी भएपछि आज पर्यवेक्षक समितिमा ६ जना सदस्य थप भएका छन् । गुप्ता मात्रको संयोजकत्वमा गठित उम्मेदवार छनोट समितिमा आजदेखि सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण, महासचिव शिव पटेल, महम्मद कदम रसुल, केन्द्रीय सदस्यहरू पुरुषोत्तम झा, शम्भु चौरसिया र राजेश पटेल थपिएका छन् ।
अब यो समितिले वीरगंज महानगरको मेयर, उपमेयरलगायत वडाअध्यक्षहरूको चयन गर्नेछ । समितिका सदस्य पुरुषोत्तम झाले वीरगंज महानगरको मेयर, उपमेयरको उम्मेदवारको भदौ १३ गते मङ्गलवारसम्म घोषणा गर्ने गरी काम भइरहेको बताएका छन् ।
यता पोखरिया नगरपालिकाको मेयरका लागि राजपाको दुई स्थानमा भेला सम्पन्न भई तीनजनाको नाम सिफारिस भएको छ । पोखरियास्थित हनुमान मन्दिरमा सम्पन्न भेलाले निजामुद्दीन समानी र राजु साहको नाम सिफारिस गरेको छ भने सिंचाइ कार्यालयमा सम्पन्न भेलाले जोगानन्द चौहानलाई मेयरमा सिफारिस गरेको छ ।
६ पार्टीबीच एकता भएर बनेको राजपा नेपाल हालका दिनमा सबै पार्टीबाट पदका लागि आकाङ्क्षीहरू देखिएपछि पुरानै दलगत रूपमा भेला हुने र निर्णय गर्ने परिपाटी शुरु भएको छ । पोखरियामा पुरानो पार्टीको रूपमा दुईथरीले भेला गरेका थिए ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष्Fमा पनि राजपाको आकाङ्क्षीबीच विवाद भएको छ । आफताब आलम, रामचन्द्र पडित दुवै राजपामा नवप्रवेशी हुन् र उनीहरूको गाउँपालिका अध्यक्षमा दाबेदारी भएपछि विवाद भएको बताइएको छ ।
यसैगरी बाराको सिम्रौनगढ नगरपालिकामा पनि मेयर पदको उम्मेदवारको विषयलाई लिएर आकाङ्क्षीहरूबीच विवाद भएको बताइएको छ ।
अमृतगंज टोलमा सम्पन्न भेलामा ८ जना मेयर, ७ जना उपमेयरका आकाङ्क्षी देखिएका थिए । भर्खरै प्रवेश गरेका किशोरी साह कलवारको नाम सिफारिसमा परेको र सहभागीमध्येले ताली बजाएर स्वागत गरेपछि अन्य आकाङ्क्षीहरूका समर्थकबीच विवाद चुलिएको थियो । पर्यवेक्षक हरेन्द्रप्रसाद यादव र सत्येन्द्र ठाकुरले भेलाबाट आएका नाम जिल्लामा अनुमोदनको लागि पठाउने बताएर विवाद तत्कालको लागि साम्य पारेका थिए ।
त्यसैगरी धोबिनी गाउँपालिकाको लागि राजपाबाट प्रमुखमा अम्बिकाप्रसाद कुर्मी, उपप्रमुखमा राजकुमारीदेवी कुर्मी र वडा नं. १ देखि ५ सम्म क्रमशः उमेश हजरा, देवेन्द्रप्रसाद कुर्मी, बुनीलालराउत कुर्मी, सन्जीतराउत कुर्मी, महम्मद सोबदिन मियाँ अन्सारीलाई चयन गरेको पर्यवेक्षक बद्रीप्रसाद चौरसियाले बताए।