प्रस, वीरगंज, १२ भदौ/
वीरगंज महानगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली काङ्ग्रेस पर्साभित्र किचलो शुरू भएको छ ।
पार्टी नेतृत्वले वीरगंज महानगरको मेयरमा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई चुनाव लडाउने निर्णय गरिसकेको भएपनि उपमेयरका उम्मेदवारको विषयलाई लिएर काङ्ग्रेसभित्र किचलो भएको हो ।
केन्द्रीय सदस्य रमेश रिजालले प्रियङ्का केशरीलाई वीरगंज महानगरको उपमेयरमा चुनाव लडाउने अडान लिएपछि पार्टी सभापति एवं मेयरका उम्मेदवार द्विवेदीसहितका अधिकांश नेताहरूले विवाद जनाएका छन् ।
उपमेयरको लागि उत्तमा प्याकुरेल, शान्ति कार्की, रूपा श्रेष्ठलगायतका नाम चर्चामा रहेका बेला केन्द्रीय सदस्य रिजालले केशरीलाई उपमेयरको उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि काङ्ग्रेसभित्र उम्मेदवार छनोटको विषयलाई लिएर विवाद भएको हो ।
नेता रिजालले अडान लिएको केशरी पार्टीको साधारण सदस्यसमेत नरहेको भन्दै पर्सा काङ्ग्रेसका केही नेताहरूले विरोध जनाएका हुन् ।
पार्टी नेतृत्वले उपमेयरमा केशरीलाई नै उम्मेदवार बनाएको खण्डमा पार्टी सभापति द्विवेदीले आपूm मेयरमा नलड्ने अडान लिएको काङ्ग्रेस स्रोतले जनाएको छ ।
उपमेयरको उम्मेदवार छनोटमा देखिएको विवाद सुल्झाउनका लागि पर्साका काङ्ग्रेसी नेताहरू काठमाडौं गएका छन् ।
वीरगंज महानगरको उम्मेदवार छनोटका विषयमा देखिएको विवाद केन्द्रीय नेताहरूले आज वा भोलिसम्ममा टुङ्ग्याउने गरी केन्द्रीय कार्यालयमा छलफल जारी रहेको काङ्ग्रेसको वीरगंज नगर कार्यसमितिका सचिव सन्तोष सिंहले जानकारी गराएका छन् ।