प्रस, वीरगंज, ९ भदौ/
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पर्सा प्रहरीको सहयोगमा चिकित्साशास्त्रको एमडी अध्ययनको लागि छात्रवृत्तिमा मिलाइदिन्छु भन्दै लाखौं ठगी गर्ने एकजना युवकलाई वीरगंजबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज, मुर्लीका ४५ वर्षीय जवाद अन्सारी रहेका छन् । उनले तनहुँ घर भई काठमाडौं बस्दै आएका श्रेष्ठ थरका एकजना एमडीका विद्यार्थीसँग छात्रवृत्तिको लागि मोटो रकम ठगी गरेको आरोप छ । सिआइबीमा उजुरी गर्ने विद्यार्थी स्वयम् सिआईबीको टोलीसँगै वीरगंज आएर पानीट्याङ्कीबाट दिउँसो सवा २ बजे जवादलाई हिरासतमा लिन सहयोग गरेका थिए ।
पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले ठगी मुद्दामा जवाद पक्राउ परेको पुष्टि गरेका छन् ।
प्रहरीको अनुसन्धानमा जवादका बुबा पूर्वराजदूत हुन् । जवादका बुबा वीरगंज, श्रीपुरका हामिद अन्सारी हुन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका जवादका बुबा हामिदले साउदी अरबको राजदूत छँदा त्यहाँ मरेका नेपालीहरूको नाउँमा निकासा भएको बिमाको रकम हिनामिना गरेको कसूरमा अख्तियारले दोषीसमेत ठह¥याएको थियो ।