सरकारले राजधानी शहर र पोखरामा पहिलो चरणमा र चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । भर्खरै हर्न निषेधित क्षेत्र घोषणा भएको भरतपुर महानगरपालिकामा पहिलो चरणमा हर्न नबजाउन परामर्श, सचेतना कार्यक्रम र पछिल्लो चरणमा जरिवाना गर्न थालिएको छ । हर्न निषेधित गर्नुको अर्थ जथाभावी असह्य ध्वनि नियन्त्रण गर्नु हो । सामान्य अवस्थामा मानिसले निर्धारित डेसिबलभन्दा बढी शोर सुन्यो भने तनाव उत्पन्न हुन्छ । चर्को ध्वनिले गर्दा मानिसको ज्यानसमेत जान सक्छ । पहिलेको जमानामा क्रूर शासकहरूले कसैलाई दण्डित गर्नुप¥यो भने ठूलो नगाडामा मानिसलाई थुनेर नगाडामा ठूलो आवाज हुनेगरी बजाउन लगाउँथे । यसले मानिसमा पागलपनसम्मको तनाव भएर आखिरमा प्राण त्याग जान्थ्यो । अचेल पनि हामीले देखे वा सुनेका छौं अति तीव्रगामी कन्कर्ड विमान कुनै शहरको नजिक उड्यो भने घरका शीशाका झ्यालहरू फुट्छन् । अचेल त यसै पनि चारैतिर शोर हुन्छ, त्यसमाथि सवारीसाधन, कलकारखाना, भजनकीर्तन, यज्ञहोमादिदेखि सामान्य पूजा गर्दा पनि चर्को स्वरमा लाउडस्पिकर बजाउने फेसन नै चलेको छ ।
ध्वनिको तरङ्ग एउटा सीमासम्म भयो भने सह्य हुन्छ । मधुरो स्वरमा हुने बोलीचाली, सङ्गीत जति आल्हादकारी हुन्छ, त्यतिकै पीडादायी चर्को स्वर हुन्छ र त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्दछ, त्यो आधुनिक जाज र रक सङ्गीत नै किन नहोस् । मानिसको स्वभाव चर्को शोर सुन्न सक्दैन । चर्को स्वरको प्रथम प्रतिक्रिया मानिसको मस्तिष्कमा हुन्छ । शोर चर्को छ भने मानिस अतालिन्छ, त्यसपछि तनावग्रस्त हुन्छ । रगतको गति तीव्र हुन्छ, मुटुको ढुकढुकी बढछ । धेरै अध्ययनहरूले बढी शोर उत्पन्न हुने कालकारखानामा काम गर्ने मानिसहरूको आयु छोटो हुने, उनीहरू तनावग्रस्त रहने, मानसिक बिरामीको शिकार हुने देखाएको छ । त्यसैले सभ्य समाजमा शोर निषेध गरिएको हुन्छ । निषेध गर्न नसकिने ठाउँमा साइलेन्सर प्रयोग गरिन्छ । प्रायः विकसित मुलुकहरूमा सवारीसाधनहरूले हर्न बजाउँदै बजाउँदैनन् । अहिले नेपालमा पनि खासगरी ठूला महानगर, पर्यटकीय स्थलहरूमा हर्न बजाउन निषेध गर्न थालिएको छ । तर हामीकहाँ त सवारीसाधन र कलकारखानाजन्य कर्कश ध्वनिभन्दा आपूmलाई धर्मपरायण ठान्ने मानिसहरूले शोर उत्पन्न गरेर अमानवीय काम गर्ने गर्दछन् ।
समाजका धनीमानी र अगुवाहरू घरमा अष्टयाम लगाउँछन् र जो जति धनी छ उसले त्यति नै बढी दिन अहोरात्र लाउडस्पिकर बजाएर मानवताको अपमान गर्दछ । कसैले मन पराओस् वा नपराओस् कुनै ठूलो धार्मिक अनुष्ठान भइरहेको छ भने शहरभरि लाउडस्पिकर झुन्ड्याएर कर्कश ध्वनिका साथ मन्त्रोच्चारण गरिन्छ । मानौं जो अुनष्ठानमा जाँदैनन्, जसको खास धर्मप्रति आस्था हुँदैन, उसलाई पनि जबरजस्ती सुनाउनै पर्छ । हुँदाहुँदा अब श्राद्धकर्ममा पनि लाउडस्पिकर लगाएर टोल थर्काउने चलन आउन थालेको छ । झन् वीरगंजजस्ता बस्तीगत मानसिकता भएको शहरमा त समाचारपत्र, रेडियो एफएम, स्थानीय टेलिभिजनहरूमा विज्ञापन दिनुको साटो रिक्सामा लाउडस्पिकर लगाएर चर्को आवाजका साथ कुनै खास सिनेमाको प्रचार गरिन्छ । लाग्दछ मानिस अब रोगले होइन, शोरले मृत्युको मुखमा जान्छ ।