प्रदेश नं. २ का आठ जिल्लामा अहिले स्थानीय निकायको चुनावको चटारो छ । वैशाख ३१ गते पहिलो चरणमा तोकिएको यो प्रदेशसमेतको चुनाव बारम्बार सर्दै तेस्रो चरणमा असोज २ गते तोकिएको छ । चुनाव सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनमा सहभागी उम्मेदवारहरूका साथै आचारसंहिता सरकार, सरकारी कर्मचारी, सुुरक्षा निकाय, राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरू, पर्यवेक्षक, सार्वजनिक पदधारण गरेका जुनसुकै व्यक्ति, सबै खाले सञ्चार माध्यम र सञ्चारकर्मी, निजी र गैरसरकारी संस्था, सबैथरीका विश्वविद्यालय, विद्यालय र तिनमा कार्यरत शिक्षक, कर्मचारीलगायतलाई आचारसंहिताले बाँध्ने काम गरेको छ ।
आगामी स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, पारदर्शी, विश्वसनीयतवरबाट सञ्चालन गर्न, निर्वाचनलाई कम खर्चिलो र मर्यादित पार्न, अनुचित प्रतिस्पर्धा र साधनस्रोतको दुरुपयोगलाई रोकी स्वतन्त्ररूपले प्रतिनिधि छनोटको आधार तय गर्नका लागि आचारसंहिता लागू गरिएको हो । जारी आचारसंहितामा थुप्रै कुराहरूको वर्णन छ । के के गर्न हुने र के के गर्न नहुने । स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा कुनै पनि सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग वा समुदायको आधारमा घृणा, द्वेष उत्पन्न हुने गरी क्रियाकलाप गर्न गराउन निषेध छ । यसैगरी मतदाताहरूलाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वितरण गर्न गराउन निषेध छ । सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, ¥याली आदि चुनावका कार्यक्रममा पनि रोक छ भने निजी घरजग्गामा स्वीकृतिबेगर प्रचारप्रसारमा पनि रोक छ ।
चुनाव आचारसंहिता लागू भएपछि बिहान ८ देखि बेलुकी ७ बजेसम्म मात्र प्रचारप्रसारको समयसीमा तोकिएको छ । कुनै पनि दलले आयोजना गर्ने सभा, बैठक, आमसभा, ¥यालीलगायतका निर्वाचन कार्यक्रम अन्य कुनै दलले अवरोध गर्न वा विथोल्न निषेध गरिएको छ । जुलुस आमसभामा बालबालिकाको प्रयोग र धार्मिकस्थलमा पनि चुनाव प्रचारप्रसार गर्न रोक छ । आमसभा गरेको स्थल र समयबाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पीकरको प्रयोगमा पनि रोक छ । विकृतिजन्य निर्वाचनबाट उन्मुक्ति दिनका लागि जारी आचारसंहितामा पर्याप्त व्यवस्था गरिएको छ । तर प्रदेश नं. २ को निर्वाचनमा आचारसंहिताको धज्जी उडाउने काम भएको छ । स्वीकृति लिएर उम्मेदवारले सवारीका साधनमा पार्टीको चिह्न अङ्कित झन्डाको प्रयोग गर्नुको साटो जथाभावी प्रयोग गरिएको छ । सार्वजनिकस्थलहरूमा जथाभावी पार्टीको झन्डा झुन्ड्याउने काम भएको छ । पर्साका गाउँहरूमा खुलेयाम माइक, लाउडस्पीकरको प्रयोग भइरहेको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वीरगंजमा चुनावी प्रचारको क्रममा सूर्य अङ्कित टोपीको प्रयोग गर्दा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको कामकारबाही यसै प्रकारले हुनुपर्छ । गल्ती गर्ने जोसुकै किन नहोस् उसको कद नहेरी उसले गरेको गल्ती औंल्याइदिने हो भने विकृतिले प्रसय पाउँदैन । जे गर्दा नि केही हुँदैन भन्ने मानसिकताको विकास भएकोले विकृतिले नराम्रोसँग जरो गाडेको छ र यसलाई निमिट्यान्न पार्न अहिले समस्याहरूको सामना गर्नुपरिरहेको छ ।