$type=ticker$count=12$cols=4$cate=0

रामथलीमा दुई दर्जन घर विस्थापित, ५ दर्जनभन्दा बढी घर जोखिममा

SHARE:

प्रस, निजगढ, १० भदौ/
    आकाशमा कालो बादल मडारिन थाल्यो कि बाढीपीडित घरपरिवारलाई पिरलोमा पर्छन् ।
    बारा निजगढ नगरपालिका रतनपुरीका रामथली, कोलगाँउ, चिसापानी, घैया खोरियाका बाढीपीडित स्थानीयहरूको सानै फुसफुसे आकाशे पानी देख्ने बित्तिकै होशहवास नै उड्न थाल्छ ।
    रामथली, कोलगाँउ, चिसापानी, घैया खोरियाका गरी तीन दर्जनभन्दा बढी घरधुरी अहिलेसम्म पनि विद्यालय, आफन्त, छिमेकीका घर, गाईगोठहरूमा शरण लिएर बसिरहेका छन् । निजगढ नगरपालिका–१२ रामथलीका १३ घरपरिवार दुई सातादेखि स्थानीय मञ्जुश्री प्राथमिक विद्यालयमा बस्दै आएका छन् । उनीहरू विद्यालयमा बसेपछि विद्यालय सञ्चालन हुन सकेको छैन् । अधिकांशको चुल्हो कक्षा कोठाभित्रै  छ । अन्य एक दर्जन घरपरिवार आफन्त र छिमेकीका घर, गोठमा बसिरहेका छन् । उनीहरूलाई नजिकैको हिले खोल्सीले यस्तो विपत्मा पारिदिएको हो । खोल्सी सानो छ । तर विपत् भने ठूलो परेको छ । बस्तीदेखि चुरे बढीमा ७० देखि १ सय मिटर सिरानमा छ । सो खोल्सीको पानी नजिकै भएर बग्ने बुङ्गजोर खोलामा नबगी सीधै बस्तीतर्पm सोझिदै बगेपछि बस्तीका सबै घरपरिवारले मध्य रात घर छोड्नुपरेको पीडित ५२ वर्षीय जयबहादुर गोलेले भने । घरमा भएका सबै सामान बाढीले बगाएर लग्यो । बालबच्चालाई बल्लतल्ल जोगाउन सकियो । अहिले बस्दै आइरहेको विद्यालय बढीमा १ किलोमिटर मात्र पर छ । रातको करिब १२ बजे सबै गाउँले एकसाथ घरबाट निस्किएका हौं, गोलेले भने ।
    “बाटोभरि पानी नै पानी निक्कै कष्टसाथ विद्यालयसम्म पुग्यौं,र्” लालसिंह थिङले भने ।
    “यहाँ बस्दै आएको २० वर्ष भयो । यसरी आपत् आइलागेको भने थिएन । यसपालि त भगवान् पनि नराम्ररी रिसाएछन्,” अर्की पीडित ५५ वर्षीया देवमाया बलले भनिन्– “आकाशबाट पानी छिट्याउन मात्रै थाल्यो भने पनि बालबच्चाहरू अहिले तर्सिन्छन्,” उनले थपिन् ।
    आकाशे वर्षा अभैm रोकिन छाडेको छैन । बिहीवार दिउँसो परेको पानीले उनीहरूलाई झनै पीडा थपिदिएको छ । आँगन र खेतबारीमा नयाँ खोला बगेको छ । बगर बनेको छ ।
    अधिकांशको खेतबारीमा लगाएको धानबाली बालुवाले पुरिदिएको छ । कैयौंको खेतबारी कटानसँगै बगाएको छ । चुरेफेद आसपासका यस बस्तीमा डुबान र कटान दुवै प्रकृतिको दैवी प्रकोप एकैपटक जाइलागेको छ । सो क्रम अभैm रोकिएको छैन ।
    चुरे स्खलन हँुदा सतह ह्वात्तै अग्लिएको छ । गत वर्ष ७/८ फिट अग्लो खोला, खोल्सीका किनार अहिले समान सतह बनेको छ ।
बाढीपीडित सुत्केरीलाई सहयोग
    बाढीबाट ज्यान जोगाउन सबै जहान परिवार विद्यालयमा आश्रय लिइरहेका बेला १८ वर्षीया सुत्केरी सुनमाया मोक्तान भने बाढी पहिरोको उच्च जोखिमयुक्त घरमा प्रसव पीडामा थिइन् ।
    प्रसव पीडाले निक्कै च्यापेपछि सुरक्षितरूपमा सुत्केरी गराउन उनलाई घरपरिवारले विद्यालयबाट बिहीवार बिहान घर लगेको हो ।
    गत साउन २८ गते राति बाढी र पहिरो घरनजिकै आएपछि ज्यान जोगाउन सबै घरपरिवार नजिकैको  विद्यालयमा गए पनि त्यहाँ सुत्केरी गराउन ठाउँ अभाव भएकोले चुरे फेदैमा रहेको घरमा बुहारीलाई लिएर गएको सासू सुन्तलीमाया मोक्तानले भनिन् ।
    पानी परिरहँदा बुहारीलाई प्लास्टिकले ओढाएर खेतबारीमा नै रातभरि राख्नुप¥यो । पानीले भिजेको कारण ५/७ दिनसम्म सुनमाया बिरामी परिन्, सासू सुन्तलीले भनिन् ।
    विद्यालयमा कोचम कोच छ । कसरी त्यहाँ सुत्केरी गराउनु भनेर घरै लगेको सासू सुन्तलीले भनिन् । घरमा उनलाई भुइँमा राखिएको थियो । शुक्रवार प्रसव पीडा भएपछि तत्कालीन उद्धारस्वरूप उनलाई केही स्थानीयको सहयोगमा एम्बुलेन्सको सहायताबाट निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । दिउँसो करिब ४ बजे सुरक्षितरूपमा प्रसूति भयो । उनले छोरी जन्माइन् ।
    सुत्केरी सुनमायालाई युथ अफ निजगढले खाना, खाजा खर्च उपलब्ध गराएको छ । आउनजानका लागि एम्बुलेन्स भाडा छुट गराउने निजगढ नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले बताए ।
    त्यसैगरी सुरक्षित सुत्केरी गराउँदा लाग्ने सम्पूर्ण खर्च प्राथमिक स्वास्थ्य केन्द्रले छुट गर्ने स्वास्थ्यकर्मी लीलाबहादुर लामाले जानकारी दिए । सुनमायाका पति रोजगारका लागि काठमाडौं छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रामथलीमा दुई दर्जन घर विस्थापित, ५ दर्जनभन्दा बढी घर जोखिममा
रामथलीमा दुई दर्जन घर विस्थापित, ५ दर्जनभन्दा बढी घर जोखिममा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7s0Ae1L7gVQGkqprOITmkIP4DzoMh1BeqzD46dg_Nsh8LLpfC6nILFCrM_NbYAzIMp-Hx4ZXDVQyFPNV0kYMGiKd2mHe7qtnqUcq7ZnwxmUtf2ZesgChuI8bI-RShTHrSmWbXEeR8ZCsh/s640/sutkeri.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg7s0Ae1L7gVQGkqprOITmkIP4DzoMh1BeqzD46dg_Nsh8LLpfC6nILFCrM_NbYAzIMp-Hx4ZXDVQyFPNV0kYMGiKd2mHe7qtnqUcq7ZnwxmUtf2ZesgChuI8bI-RShTHrSmWbXEeR8ZCsh/s72-c/sutkeri.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_185.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_185.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy