भरत सहनी
शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले सामुदायिक विद्यालयलाई प्राथमिकता दिंदै आएको छ । विद्यालयबाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, राम्रो शैक्षिक वातावरणको मदतबाट विद्यालयमा टिकाउने र गुणस्तरीय शिक्षाको माध्यमबाट बिकाउने सामुदायिक विद्यालयको मुख्य लक्ष्य रहेको हुन्छ । यस लक्ष्यको परिपूर्तिमा विगतमा उल्लेखनीय योग्दान पु¥याइ समुदायबाट प्रशंसा बटुल्न सफल भएका सामुदायिक विद्यालयहरूले हाल गुणस्तरीय शिक्षाको अभावमा आप्mनो लोकप्रियता गुमाउँदै गएका छन् । सामुदायिक विद्यालयले शिक्षाको क्षेत्रमा नवीन अन्वेक्षण गर्न नसकेका कारण शैक्षिक स्तर घट्न गई निजी विद्यालयको आगमन भएको हो । एकातिर निजी विद्यालयले गुणस्तरीय तथा अङ्ग्रेजी शिक्षाको माध्यमबाट आप्mनो बजार विस्तार गर्न सफल भइरहेका छन् भने अर्कोतिर सामुदायिक विद्यालयहरू परम्परागत शिक्षण
तौरतरिकाका कारण अलोकप्रिय बन्दै गई सीमित क्षेत्रमा खुम्चिनुपरेको अवस्था छ । सामुदायिक विद्यालयका प्राथमिक र निम्न माध्यमिक तहमा विद्यार्थीको चाप घट्न गई कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगिसकेका छन् । उच्च शिक्षाप्राप्तिमा छात्रवृत्ति हात पार्ने लोभले अधिकांश अभिभावकहरूले आप्mना छोराछोरीलाई कक्षा ८ र १० को शैक्षिक योग्यताको प्रमाणपत्र हासिल गर्न सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेका पाइन्छन् । जसले गर्दा मावि तहमा विद्यार्थीको बाक्लो र आधारभूत तहमा पातलो उपस्थिति देखिन्छ । आजभोलि सामुदायिक विद्यालय केवल अति विपन्न तथा पछाडि पारिएका बालबालिकाहरूको थलो बन्न पुगेको छ । समाजका उच्च तथा मध्यम वर्गीय परिवारका बालबालिकाहरू निजी विद्यालयमा गएकै छन्, शिक्षाको महŒव बुझेका गरीब परिवारले समेत जेनतेन आप्mना छोराछोरीलाई निजी विद्यालयमैं पठाउन बाध्य छन् । यसको बावजुद पनि हाल ८५ प्रतिशतभन्दा बढी बालबालिकाहरू सामुदायिक विद्यालयमा अध्ययन गर्नु सकारात्मक पक्ष हो । तर यसै तथ्याङ्कलाई आधार बनाएर रमाउनुको सट्टा सरोकारवालाहरूले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नेतर्पm समयमैं ध्यान पु¥याउन जरुरी छ ।
हाम्रो विद्यालय राम्रो विद्यालय बनाउन शैक्षिक निकाय, शिक्षक र सरोकारवालाहरूले विद्यालयको बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौती ९क्तचभलनतज, ध्भबपलभकक, इउउयचतगलष्तथ बलम त्जचभबत(क्ध्इत्०को बारेमा विश्लेषण गरी सोही आधारमा विद्यालय सुधार योजना बनाइ गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नु जरुरी छ । नत्रभने धेरै ढिलो भइसकेको हुनेछ । विश्लेषण गर्ने अन्य औजारहरू जस्तै क्ध्इत् पनि एउटा औजार हो । यस औजारको प्रयोगबाट संस्थाको हरेक पक्षको बारेमा जानकारी प्राप्त हुने र भावी योजना बनाउन सजिलो हुने हुँदा यो औजार जो कोहीका लागि पनि फाइदाजनक छ । यस औजारको व्यक्तिगत र संस्थागतरूपमा प्रयोग गर्न सकिन्छ । हाल नेपालका धेरैजसो सरकारी तथा गैरसरकारी सङ्घसंस्था र निजी क्षेत्रले समेत यस औजारको प्रयोग गर्ने गरेका पाइन्छन् । तसर्थ सामुदायिक विद्यालयले पनि यस औजारको प्रयोग गर्नु आवश्यक छ । विद्यालयमा प्रदान गरिंदै आएको शिक्षाको अवस्था हेर्दा उच्च, मध्यम र न्यून गरी तीन प्रकारका सामुदायिक विद्यालयहरू रहेका छन् । तसर्थ मध्यम तथा न्यून स्तरका विद्यालयहरू उच्चस्तरमा पुग्न आप्mना कमीकमजोरीलाई सुधार गरी उपलब्ध अवसरहरूको सही सदुपयोग गर्नु जरुरी छ । सामुदायिक विद्यालयको बलियो पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण गर्दा समग्रमा यस प्रकारको अवस्था रहेको देखिन्छ ।
बलिया पक्ष ९क्तचभलनतज० स्
विद्यालयमा निश्शुल्क भर्ना, निश्शुल्क पाठ्यपुस्तक, दलित, अपाङ्ग तथा जेहेन्दार छात्रछात्राहरूले छात्रवृत्ति पाउनु सामुदायिक विद्यालयको बलिया पक्षहरू हुन् । यसका साथै चर्को वार्षिक शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, खेलकुद शुल्कलगायतका चाहिने नचाहिने विविध शुल्कहरू तिर्नुनपर्ने र सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरूले उच्च शिक्षाप्राप्तिमा विशेष छात्रवृत्ति पाउनु अर्को सकारात्मक पक्ष हुन् । तालिमप्राप्त योग्य शिक्षकबाट बालमैत्री वातावरणमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्नु सामुदायिक विद्यालयको विशेषता हो । सामुदायिक विद्यालयका शिक्षकको वृत्ति विकास, पदोन्नति र सन्तोषजनक तलब सुविधा पाउनु शिक्षाकर्मीहरूको लागि सुखद अवसर हुन्, जसले गर्दा यस पेशाले युवाहरूलाई आकर्षित गर्न सफल भएको छ । सामुदायिक विद्यालयबाट प्रदान गरिंदै आएको यी सेवाहरूलाई सही नीति र नियतबाट प्रवाह गर्दा विद्यार्थीलाई तान्न सहयोग पुग्ने देखिन्छ ।
कमजोर पक्ष ९ध्भबपलभकक० स्
सामुदायिक विद्यालयको मुख्य कमजोर पक्ष भनेको गुणस्तरीय तथा अङ्ग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न नसक्नु हो । यसको मुख्य कारणहरूमा विद्यालय समयमा नखुल्नु, शिक्षकले पूरा समय तथा राम्रोसँग पढाउन नसक्नु, अनावश्यकरूपमा विद्यालय बन्द हुनु, विद्यार्थीहरू नियमित तथा समयमा विद्यालय नआउनु, अभिभावकहरू आप्mना छोराछोरीको पढाइ तथा विद्यालयप्रति जवाफदेही नहुनु र अङ्ग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न नसक्नु हो । विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएका विद्यालय व्यवस्थापन समितिको गठन हुन नसक्नु र गठित व्यवस्थापन समितिले सक्रिय तथा प्रभावकारी काम गर्न नसक्नु हो । यसैगरी, शैक्षिक निकायबाट नियमितरूपमा विद्यालयको अनुगमन हुन नसक्दा विद्यालयका शिक्षकहरूमा लापर्बाही बढ्नुका साथै विद्यालय र समुदायबीचको दूरी बढ्दै गएको हो ।
अवसर ९इउउयचतगलष्तथ० स्
सामुदायिक विद्यालयको अवस्थामा सकारात्मक सुधार ल्याउन सरकारले विद्यालय क्षेत्र विकास योजनाको तर्जुमा तथा लागू गर्नु सुनौलो अवसर हो । यसअलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले विद्यालयको चौतर्फी विकासका लागि सरकार, विद्यालय तथा अभिभावकसँग हातेमालो गरी काम गर्नु अर्को ठूलो अवसर हो । यी अवसरहरूको सही सदुपयोगबाट सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सकिन्छ । तर सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगलाई समस्याको समाधानमा उपयोग गर्नुभन्दा पनि व्यक्तिगत स्वार्थलाई ध्यानमा राखी काम गर्ने प्रवृत्तिले सकारात्मक परिवर्तनमा खासै टेवा पुग्न नसकेको हो । तसर्थ उपलब्ध अवसरको सही सदुपयोग र थप अवसरको खोजी गरी विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक छ ।
चुनौती ९ऋजबििभलनभ० स्
आन्तरिक र बाह्य गरी चुनौती दुई किसिमका हुन्छन् । शिक्षा क्षेत्रको आन्तरिक चुनौती भनेको शिक्षा ऐन आठौं संशोधनको नियमावली नआउँदै नवौं संशोधनको प्रक्रिया अगाडि बढ्नु र अस्थायी शिक्षकको मुद्दा हालसम्म किनारा लाग्न नसक्नु हो । त्यसैगरी, बाह्य चुनौती भनेको दातृ निकायले दिंदै आएको अनुदान रकम बर्सेनि घटाउँदै जानु हो । शिक्षा नियमावली समयमा नआउनु अस्थिर सरकारको उपज हो भने दातृ निकायले अनुदान घटाउँदै जानुमा शिक्षा क्षेत्रमा भइरहेको व्यापक भ्रष्टाचार र समयमा काम सम्पन्न हुन नसक्नु हो । तसर्थ सरकारले सबैभन्दा पहिला शिक्षा नियमावली जारी गरी अस्थायी शिक्षकहरूको मुद्दा सदाको लागि समाधान गरी दातृ निकायको विश्वास हासिल गर्न इमानदार छवि देखाउन आवश्यक छ । भ्रष्टाचारका कारण दातृ निकायले शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई दिंदै आएको अनुदानमा आव २०७३/७४ बाट कटौती गर्दै आएको छ । विगतमा शिक्षा क्षेत्रमा सञ्चालन भएका परियोजनाको लागि शतप्रतिशत अनुदान दिंदै आएका दातृ निकायहरूले विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी)को लागि केवल ६.८ प्रतिशत मात्र अनुदान दिनुले यस आधारलाई थप बल प्रदान गर्दछ ।
देशका सबै सामुदायिक विद्यालय बेठीक र सबै निजी विद्यालय ठीक छन् भन्न खोजिएको होइन । कतिपय सामुदायिक विद्यालय यस्ता छन्, जसले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी उनीहरूसामु कडा चुनौती प्रस्तुत गर्न सफल भएका छन् । तसर्थ माथिका क्ध्इत् विश्लेषण सबै सामुदायिक विद्यालयसँग नमिल्न सक्छ । आप्mनो वास्तविक अवस्था थाहा पाउन विद्यालय स्वयम्ले आप्mनो अवस्था विश्लेषण गर्नुपर्छ । विद्यालयको अवस्था विश्लेषण गर्दा आप्mनो कमीकमजोरी लुकाउनुभन्दा पनि वास्तविकतामा आधारित हुनुपर्छ, नत्रभने यो केवल एउटा प्रक्रिया पूरा गर्नमा मात्र सीमित हुन जान्छ । सामुदायिक विद्यालयलाई सफल बनाउन आप्mना बलियो पक्षलाई बढाउँदै कमीकमजोरीलाई घटाउँदै लानुपर्छ र उपलब्ध अवसरको सही सदुपयोग गर्दै चुनौतीको सामना गर्न सदैव तयार हुनुपर्छ ।
सामुदायिक विद्यालयको अवस्थामा परिवर्तन ल्याउन सर्वप्रथम सरोकारवालाहरूले आआप्mनो कमीकमजोरी महसुस गर्न सक्नुपर्छ । तर सरोकारवालाले आप्mना कमीकमजोरी बुझेर पनि बुझ पचाइरहेकाले शिक्षा क्षेत्रमा दिन प्रतिदिन समस्या थपिंदै गएको हो । शिक्षाको गुणस्तर सुधारको जिम्मेवारी पाएका विद्यालय निरीक्षकले स्रोतव्यक्तिलाई, स्रोतव्यक्तिले प्रधानाध्यापकलाई, प्रधानाध्यापकले शिक्षक तथा समुदायलाई र समुदायले शिक्षकलाई दोष लगाउनुभन्दा पनि सबैले आआप्mनो दायित्व पूरा गर्दा मात्र शिक्षामा सुधार ल्याउन सकिन्छ । तसर्थ, एकले अर्कालाई दोष लगाउनुभन्दा पनि सबैले आप्mना कमीकमजोरीलाई मनन गरी सबैको हातेमालो र सक्रियताबाट मात्र गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ । विद्यालयका लागि अरूले के योगदान गरे ? भनी प्रश्न गर्नुभन्दा पनि मैले विद्यालयका लागि के योगदान गरे ? यसबारे सबै सरोकारले चिन्तन गरी आवश्यक पहल गर्नु आवश्यक छ ।
दजबचबत।कबजबलष्ण्ढ२नmबष्।िअयm