वैद्यनाथ ठाकुर
यो हप्ता प्रत्येक नेपालीको थाप्लोमा चौबीस हजार रूपैयाँ ऋण रहेको समाचारले निकै चर्चा पायो । चर्चा पाउनु स्वाभाविक पनि हो । ६ खर्ब ९२ अर्ब रूपैयाँ विदेशी ऋण आखिर नेपाल सरकारले केमा खर्च गरेको छ त ? नेपालीहरूको जीवनस्तरमा कतै पनि अपेक्षित सुधार देखिंदैन । जनजीविका उकास्ने, रोजगार प्रदान गर्ने, साना, मझौला वा ठूला कुनै पनि स्तरका उद्योग, कारखानाहरू सरकारको स्वामित्वमा खोलेको देखिंदैन । देशभरिमा कहीं पनि सडकको अवस्था राम्रो छैन । राजधानी जस्तो ठाउँमा स्कूले बालिका सडकमैं वर्षाको पानीमा गायब हुन्छिन् र मर्छिन् । गर्मीभरि धुलाम्मे रहने तथा वर्षात्भरि हिलाम्मे नरहने हाम्रो सडकको अपवाद देशभरिमा कुनै पनि ठाउँ, गाउँ वा शहर छैन । दादुरा भएर अनुहारभरि छ्याके दाग भएकोभन्दा बढी खाल्डाखुल्डी भएका हाम्रा सडकहरू छन् ।
विद्युत्मा अपेक्षाकृत हिजोका दिनहरूभन्दा अलि सुधार भएको देखिए पनि अभैm कतिखेर लाइन कट्ने हो ठेगान नै हुँदैन । दिनभरिमा बत्ती कतिपटक जाने त्यसको कुनै विश्वसनीय केन्द्र छैन, जहाँबाट जानकारी पाइयोस् । तपाईं इन्डक्सन चुल्होमा खाना पकाइराख्नुभएको छ र जागीरमा पनि जानु छ भने भोकै जानुपर्ने सम्भावना नै बढी रहन्छ भन्दा कुनै अन्यथा नहोला ।
खानेपानीको दुरवस्थाबारे झन् चर्चा गर्नै बेकार छ । धाराबाट ढलसमेत भान्सामा आएपछि बाँकी के नै रह्यो र । एक सर्वेक्षण अनुसार नेपालीहरूमा लाग्ने गरेको ४० देखि ६० प्रतिशत रोगको मुख्य कारण खानेपानी नै हो । हालै काठमाडौंमा जारको पानीमा समेत कोलीफर्म (मलमूत्र) पाइएको थियो । हाम्रFे धारा, इनार, चापाकल, मूललगायतका पानीमा आर्सेनिकको मात्रा के कति छ, त्यसको बारेमा जनचेतनाको अभाव तथा सरोकारवाला सरकारी निकायको उदासीनताको कारणले गर्दा झन् भन्न गा¥हो छ ।
वायुमण्डलीय प्रदूषणको मात्रा यति धेरै छ कि हावामापन गर्न राखिएको मेसिनसमेत चाँडै बिग्रिरहेको अवस्था छ । यस्तोमा कसरी भन्न सकिन्छ कि हामीले साँस फेरेको हावा ठीक छ । दम, खोकी तथा फोक्सोसम्बन्धी विभिन्न रोगका कारण नै यति बेला हाम्रो वायुमण्डल प्रदूषित भएर हो । हाम्रा गाडीहरूले छोड्ने गरेको धुवाँ र धूलोलगायत अन्य रासायनिक पदार्थको अत्यधिक बहावले गर्दा वायुमण्डल साँस फेर्न लायकको छैन ।
सञ्चारको झन् के कुरा । हातमा मोबाइल हुन्छ तर सँगैको साथीले फोन गर्दा स्वीच अफ गरिएको छ वा उपलब्ध हुन सकेन जस्ता कुरा कम्प्युटरले भट्याइरहेको हाम्रो दैनिकी नै भइसक्यो । जति धेरै पैसा खर्च गरेर नेट जोडे पनि त्यसको गुणस्तरमाथि आजसम्म औंला उठ्ने काम बन्द हुन सकेको छैन । जडान गर्नुभन्दा पूर्व सेवाप्रदायकले यति धेरै स्पीड छ भन्ने कुरा गर्छ तर पछि जाम भएको होला भनेर जवाफ फर्काउँछ ।
शिक्ष्Fा त झन् चौपट्ट नै भइसकेको छ । कक्षा १० मा समेत नेपाली पाठ्यपुस्तक राम्ररी खर्खर्ती वाचन गर्न सक्ने विद्यार्थीको सङ्ख्या कक्षागतरूपमा १५ देखि २० प्रतिशत मात्र देखिन्छ । शैक्षिक गुणस्तर सम्पूर्णरूपले ह्रासोन्मुख अवस्थामा रहेको कुरा शिक्ष्Fा मन्त्रालय स्वयम् पटकपटक स्वीकारेको सबैले बुझेकै विषय हो । शिक्ष्Fा, स्वास्थ्य जस्ता सेवाप्रदायक संस्थाहरूसमेत माफियाहरूको हातमा पुगिसकेको छ । माफियाकरणले गर्दा नानीबाबुहरूले कहिले पनि अर्धवार्षिक परीक्ष्Fासम्ममा पुस्तक पाएका हुँदैनन् । शिक्ष्Fामा चरम भ्रष्टाचार व्याप्त छ ।
संस्कृतिसमेत भ्रष्टाचारमुखी हुँदै गइरहेको छ । भ्रष्टहरूको बहिष्करण गर्नुभन्दा पनि उनीहरूको घरमा सोफामा बसेर चिया खान पाए हुन्थ्यो, सँगै एउटा सेल्फी फोटो खिचाउन पाए हुन्थ्यो जस्तो सामाजिक मनोविज्ञान विकास हुनु आपैंmमा दुःखदायी र चिन्ताको विषय भएको छ ।
राजनीति फेर्ने नाममा २००७ सालयता देशमा थुप्रै शान्तिपूर्ण र सशस्त्र आन्दोलन भए । सत्ता र शासक दुवै फेरिए । तर कुनै पनि परिवर्तनपछि भ्रष्टाचारमा परिवर्तन आउन सकेन । राजनीतिले हालसम्म पनि स्थिरता पाउन सकेन । राजनीतिमा लागेकाहरू सबैलाई प्रधानमन्त्री बन्न तथा मन्त्री बन्ने रोग लागेको छ, जसले गर्दा संविधानमा तोकेभन्दा पनि जम्बो मन्त्रिमण्डल बन्ने र वर्ष दिनभित्रैमा प्रधानमन्त्री फेरिने रोगले संस्थागत रूप लिन खोज्दैछ । अदालतबाट भ्रष्टाचार ठहर भई जेल काटेको व्यक्ति रिहा भएपछि सय किलोको पूmलको माला लगाउने र पुनः राजनीतिमा सक्रिय हुने अवस्थाले मुलुकको दुरवस्था उजागर गरेको छ । शैक्षिक माफियागिरी रोक्न एकजना डा. गोविन्द केसीले एघारचोटि अनशन बस्दा पनि उनको माग पूरा नहुनुले मुलुकको अपराधीकरणलाई प्रस्ट्याउँछ । किन हाम्रो समाजको सबैभन्दा कुहिएका मानिसहरू राजनीतितर्पm आकर्षित भइरहेका छन् ? किन यहाँ चरी र घैंटे जस्ता गुण्डा नाइके मर्दा राष्ट्रिय पार्टीहरू संसद् अवरुद्ध गर्छन्, प्रहरीको विरोधमा ? चरी र घैंटे पर्दाअगाडिका सानो भूमिकामा रहेका पात्र हुन् । वास्तवमा असली सरदार पार्टीको ब्यानरमुनि तिनका मुखियाहरू नै हुन्, जसले त्यस्ता गुण्डा पालेर राखेका छन् र मुलुकलाई गुण्डा राज्यमा रूपान्तरण गरेका छन् । फेरि हामी जनता पनि के कम ? उस्तै पार्टीहरूलाई देशको नम्बर एक र दुई राष्ट्रिय पार्टी बन्न मतदान पनि गर्ने गर्छौं । वास्तवमा हाम्रो देश प्राकृतिक हिसाबले गरीब होइन । हामी सम्पन्न देशको नागरिक हौं तर हाम्रा अगुवाहरू देश बेचुवाहरू परे । कुर्सीको लागि र पैसाको लागि जे पनि गर्न अगाडि सर्ने यिनीहरूको प्रवृत्तिले गर्दा हाम्रो विकास निर्माणको लागि आउने सम्पूर्ण रकम कमिसनखोरहरूको गोजीमा पुग्छ र ऋण गरेर ल्याएको खर्बौ रुपैयाँ बालुवामा पानी खन्याए सरह नै आजसम्म हुँदै आएको छ ।