प्रस, वीरगज, १५ साउन/
वीरगंजलगायत आसपासका क्षेत्रमा एक महिना यता विद्युत् प्रवाहमा व्यापक अनियमितताले जनजीवन प्रभावित भएको छ । विद्युत् ट्रिपिड्ढा कारण उद्योग कलकारखानामा पनि असर परेको छ ।
एकै दिनमा १० पटकभन्दा बढी लाइन ट्रिपिङ गरेको कारण घरमा रहेका टिभी, फ्रिज, पंखा, बल्वलगायत विद्युतीय उपकरणहरूमा समेत क्षति पुग्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।
सरकारको पहिलो प्राथमिकतामा वीरगंज–पथलैया औद्योगिक करिडोरलाई लोडसेडिग मुक्त गर्ने भनेर वीरगंजमा आएका तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले आश्वासन दिएपछि वीरगंजका सर्वसाधारणसँगै यहाँका उद्योगी व्यवसायीहरू खुशी भएका थिए । तर लोडसेडिङमुक्त हुनु त कता हो कता, विद्युत् ट्रिपिङले सर्वसाधारण तथा उद्योगीहरू मर्कामा परेका छन् । यस बिषयमा विद्युत् प्राधिकरण वीरगज शाखा प्रमुख चुटुन श्रीवास्तवसँग बुझ्दा आज साँझसम्म समस्या समाधान हुने बताए ।
भारतबाट आएको ढल्केबर विद्युत् प्रसारण लाइनको मरम्मत भइरहेको कारण वीरगंज मात्र नभई त्यस प्रसारण लाइनबाट विद्युत् सप्लाई भएको सबै क्षेत्रमा यस्तो समस्या देखिएको प्रमुख श्रीवास्तवले बताए । पर्साको ग्रामीण भेगमा पनि देखिएको समस्या आजभोलि समाप्त हुने श्रीवास्तवले दाबी गरेका छन् ।
गर्मीको बेला विद्युत् प्रवाहमा निरन्तर आइरहेको अवरोधले सर्वसाधारणको दैनिकीमा असर परेकै छ, औद्योगिक उत्पादनमा पनि निकै ¥हास आएको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सरकारले देशभरि लोडसेडिग मुक्त गर्ने उद्देश्यले ‘उज्यालो नेपाल’ अभियान चलाइरहेको दाबी गरे पनि वीरगंजवासीले भने त्यसको अनुभूति गर्न पाएका छैनन् ।
काठमाडौंलगायत देशको प्रमख शहर चितवन, पोखरा, बुटवल लोडसेडिंग मुक्त भइसक्दा पनि नेपालको प्रमुख औद्योगिक करीडोर वीरगंज–पथलैया लोडसेडिंग मुक्त हुन नसकेको उद्योगीहरूको गुनासो छ ।
पटकपटक हुने ट्रिपिङले उद्योगको उत्पादन घटेको समस्या एकातिर छँदैछ, मसिनरी पाटपुर्जामा समेत असर परेको वीरंगज उधोग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा गुनासो गर्छन् ।
नेपाल विद्युत् प्राधिकरणको नियमित लोडसेडिङबाहेक पनि ट्रिपिङले गर्दा विद्युत् आपूर्तिमा कटौती हुँदा उद्योग कलकारखानाहरूले आप्mनो क्षमता अनुसार उत्पादन गर्न नसकेको कारण उत्पादनमा लागत बढन गई उद्योगधन्दामा प्रत्यक्ष असर परेको शर्माले बताए ।