प्रस, निजगढ, १६ साउन/
निजगढमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको सोमवार भीड लागेको छ । निजगढ नगरपालिकाको कार्यालयमा आजदेखि शुरु भएको सो कार्यमा स्थानीयको भीड लागेको हो ।
निर्वाचन कार्यालय, बाराले स्थानीय नगरपालिकामा नैं टोली खटाई काम गर्न थालेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साही हुनेहरू भीड देखिएको हो ।
असोज २ गते हुने स्थानीय निर्वाचनमा मत खसाल्न पाइन्छ भनेर मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनीहरूले बताए ।
“नाम त दर्ता गरौ । भोट जसरी भए नि हालिन्छ”–नाम दर्ता गर्न लाइनमा बसेका केहीले भने । भोट खसाल्ने उमेर भर्खरै पुगेकादेखि वृद्ध/वृद्धा पनि हातमा नागरिकता लिई मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन् । “चुनाव आउँदैछ । भोट हाल्नुपर्छ भन्छन् । त्यही भएर यो उमेरमा नाम दर्ता गर्न आएका हौं”—लाइनमा बसेका एकजना वृद्धले भने ।
निजगढ नगरपालिकाले छुट भएका सबै वडाहरूका मतदाताहरू नाम यसै कार्यालयबाट दर्ता गरिने जनाउँदै प्रदेश नं. २ को २०७४ असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा हालको मतदाता दर्ता नामावली प्रयोग नहुने सूचना टाँस गरेको छ ।
आज ४२ जनाको मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न भ्याएको निजगढ नगरपालिका स्रोतले बताएको छ । बिहानैदेखि २ सयभन्दा बढी मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन लाइन बसेका थिए । निजगढ नगरपालिकाको वडा नं. ४ देखि ९ सम्मका लागि टोलीले ५ दिन काम गर्नेछ ।
त्यसैगरी वडा नं. १ देखि ३ सम्म भरतगंजसिगौंल र वडा नं. १० देखि १३ सम्म रतनपुरीका लागि संयुक्त वडा कार्यालयहरूमा तीन/तीन दिन टोलीले काम गर्ने जनाएको छ ।