$type=ticker$count=12$cols=4$cate=0

शहरीमन्त्री प्रभु साहद्वारा वीरगंजको स्थलगत अनुगमन

SHARE:

प्रस, वीरगंज, १२ साउन/
    शहरी विकास मन्त्री प्रभु साहले विकासको काममा लापर्बाही र ढिलासुस्ती गर्नेलाई कुनै पनि हालतमा छुट नदिने बताएका छन् । वीरगंज आसपासमा भइरहेका विकास योजनाको अनुगमन गर्न वीरगंज आएका मन्त्री साहले सबै योजना सम्पन्न गरी जनतालाई दुःख दिने काम बन्द गर्न विभिन्न निकायलाई निर्देशन दिएका छन् । बिहान ९ देखि शुरू भएको अनुगमन ११ बजेसम्म चलेको थियो । मन्त्रीसहित सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरूको टोलीले वीरगंजमा निर्माणाधीन भूमिगत नाला, सडक, दोस्रो बाईपास सडक, फोहरमैला व्यवस्थापन केन्द्र, फोहर पानी प्रशोधन केन्द्र, एकीकृत जाँच चौकी (आइसीपी), प्रस्तावित कृषि बजार र वीरगंज बसपार्क साइटको स्थलगत अनुगमन गरेको थियो ।
    अनुगमनको क्रममा मन्त्री साह वीरगंजको बसपार्क पुग्दा निर्माण कार्यबारे जानकारी दिने आधिकारिक व्यक्ति कोही थिएनन् । १७ करोड ७३ लाखको लागतमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण योजना २०७२ चैतदेखि सञ्चालित रहेकोमा ठेकेदारको लापर्बाहीको कारण हालसम्म पूरा भएको छैन । मन्त्रीको टोली ठूल्ठूला खाल्डाखुल्डी परेको, हिलो र पानी जमेको बसपार्कमा पुग्दा यात्रुहरूको दुर्दशा राम्ररी देख्न सकिन्थ्यो । सो ठेक्का जनकपुरको आशीष तथा वीरगंजको पप्पु कन्स्ट्रक्सन र रोशन निर्माण सेवाले पाएका छन् ।
    ठेकेदार कम्पनीले विद्युत्को पोल  नसारिएकाले काममा ढिलाइ भएको बताएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख चुटुनकुमार श्रीवास्तवले विद्युत् पोल सार्ने काम भइरहेको तर ठेकेदार कम्पनीले अरू काम नगरी विद्युत् पोललाई बहाना मात्र बनाएको आरोप लगाए । बसपार्क निर्माणको काम हालसम्म २५ प्रतिशतभन्दा पनि कम भएको बस व्यवसायी सङ्घ वीरगंजका उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी गराए । काम सम्पन्न गर्न ५ महिना समय मात्र बाँकी रहँदा निर्धारित समयमा काम नसकिने उनले बताए ।
    एसियाली विकास बैंक, नगर विकास कोष र वीरगंज महानगरपालिकाको संयुक्त अनुदानमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार योजना अन्तर्गतका निर्माण कार्यको ८२ प्रतिशत काम सम्पन्न भएको छ । २ अर्ब ४८ करोडको लागतमा निर्माण हुने भूमिगत नालाको ८० प्रतिशत र फोहर पानी प्रशोधन केन्द्रको ४० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । आगामी नोभेम्बरसम्ममा सम्पूर्ण काम सिद्धिने ठेकेदार कम्पनीले दाबी गरेको छ । यी दुवै कामको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको हो । तीनपटक म्याद थप्दा पनि समयमा काम सिद्धिने आशा कम छ । वर्षात्को समयमा वीरगंजको आदर्शनगरसहित अन्य क्षेत्र नाला निर्माणको कामले गर्दा डुबानमा पर्ने गरेको छ । पाँचवटा भूमिगत नालामध्ये तीनवटाको पानी श्रीसिया नदी र दुईवटाको पानी बाराको सिङ्हा खोलामा झार्ने बताइएको छ ।
    यसैगरी दोस्रो बाइपास सडकको काम पनि अवरुद्ध भएको छ । गण्डकदेखि वीरगंज भन्सारसम्मको साढे ७ किलोमिटरको सडक नृसिंह विद्यालय र नगवा पोखरीको कारण अवरुद्ध भएको हो । विद्यालय व्यवस्थापन समितिले महानगरपालिकाले नयाँ विद्यालय भवन नबनाएसम्म विद्यालय भत्काउन नदिने बताएको छ भने पोखरीको सट्टामा अर्को पोखरी नबनाएसम्म पुर्न नदिने स्थानीयवासीको अडानले सो सडकको काम अवरुद्ध भएको छ ।
    फोहर पानी प्रशोधन केन्द्र वीरगंज भन्सारदेखि उत्तरपश्चिममा जग्गा खरिद गरी निर्माण कार्य थालिएको छ । सो केन्द्रले शहरका शौचालयबाट निस्केका पानी प्रशोधन गरी भूमिगत नालामार्पmत् नदीमा खसाल्छ । भूमिगत नाला, बाइपास सडक र केन्द्रको निर्माण काम ४० प्रतिशत सम्पन्न भएको र काम निर्धारित समयमा सिद्धिने ठेकेदार कम्पनी कालिकाले दाबी गरेको छ ।
    चीनको जेडटिसी कम्पनीले ठेक्का पाएको ४२ करोड रुपैयाँ लागतको फोहरमैला व्यवस्थापन केन्द्रको काम २०१८ अप्रिलसम्म सिद्धिनुपर्नेमा २२ प्रतिशत मात्र सिद्धिएको छ । बजेट अभावले बीचमा अवरुद्ध भएको निर्माण कार्य निर्धारित समयमैं सिद्धिने ठेकेदार कम्पनीका योजना प्रमुख अरबिन्द गुप्ताले जानकारी गराए । वीरगंजबाट दुई किलोमिटर पूर्व बाराको इटियाही र विश्रामपुर गाविसस्थित १५ बिघा १७ कट्ठा जग्गामा केन्द्रको निर्माण कार्य भइरहेको छ
    सुक्खा बन्दरगाहको पश्चिमपट्टि निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) आगामी ४ महिनापछि सञ्चालनमा आउने भारतीय कन्सल्टेन्ट कम्पनी राइट्स लिमिटेडका योजना प्रबन्धक मनोज शर्माले जानकारी गराएका छन् । अनुगमन टोलीलाई योजना प्रबन्धक शर्माले नेपाल सरकारको सहयोग रहेमा तीनदेखि चार महिनापछि आइसिपी सञ्चालनमा आउने बताए । करिब ८७ करोड भारतीय रुपैयाँको लागतमा सन् २०११ देखि ५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको आइसिपीको लगभग ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । बिजुलीको ट्रान्सफर्मर र टेलिफोन जडान कार्य बाँकी रहेकोले आइसिपी सञ्चालनमा ढिलाइ भइरहेको भारतीय ठेकेदार कम्पनी सप्mटनेट सोलुसन प्रालिले बताएको छ । आइसिपीको लागि भारतीय कम्पनीले ड्राइ ट्रान्सफर्मर ल्याएकोमा त्यस ट्रान्सफर्मर परीक्षण गर्ने ल्याब नेपालमा नरहेकोले जडान कार्य पूरा नभएको  सप्mटनेटले बतायो । नेपालमा तेलयुक्त ट्रान्सफर्मर मात्र परीक्षण गरिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शहरीमन्त्री प्रभु साहद्वारा वीरगंजको स्थलगत अनुगमन
शहरीमन्त्री प्रभु साहद्वारा वीरगंजको स्थलगत अनुगमन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimWF4lGBykbj6Kfk62twJPfogzYomRwSjVo11Tc29tIe5tW3fqVGTBYieD3SVlDhKPRoBb2xRPhBDkptN6XQnZXSbgxbgo7hpyYDSbfu9FzANtsHw2GbWP2oeFdIsBwsewEdQiJicOg14c/s640/minister+parabhu+sah.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimWF4lGBykbj6Kfk62twJPfogzYomRwSjVo11Tc29tIe5tW3fqVGTBYieD3SVlDhKPRoBb2xRPhBDkptN6XQnZXSbgxbgo7hpyYDSbfu9FzANtsHw2GbWP2oeFdIsBwsewEdQiJicOg14c/s72-c/minister+parabhu+sah.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/07/blog-post_696.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/07/blog-post_696.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy