सञ्जय मित्र
भारत विहारको वैशाली जिल्ला पौराणिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै महŒवपूर्ण छ । राजा जनकले गरेको धनुषयज्ञमा गुरु विश्वामित्रका साथ लक्ष्मण र राम जनकपुर जाँदा गङ्गा नदी पार गरेर एक रात यहीं बसेका थिए । त्यति बेला विशालागढ (वैशाली)का राजा सुमति थिए । सुमति विशालागढका संस्थापक राजा विशालका तेह्रौं पुस्ताका राजा मानिन्छन् । राजा विशालको दरबारको भग्नावशेषलाई त्यहाँ सुरक्षित गरिएको छ । त्यहाँ रहेको अशोकस्तम्भभन्दा केही दक्षिणतिर राजा विशालको दरबारको भग्नावशेष छ ।
वैशाली प्राचीन विश्वसुन्दरी आम्रपालीको ठाउँ पनि हो । आम्रपाली भगवान् गौतम बुद्धका समकालीन हुन् । भगवान् बुद्ध र आम्रपालीको भेटघाट भएको थियो, दुवैको भौतिक जीवनको करिब अन्तिम दशकतिर।
सम्राट अशोकले निर्माण गराएको अशोकस्तम्भ भएको ठाउँ इतिहासमा चानचुने हुन सक्दैन । बौद्ध धर्मसँग निकै सन्निकट रहेको यो ठाउँ शैव धर्मको पनि उत्तिकै सन्निकट छ । अति प्राचीन शिवलिङ्ग रहेको छ । चतुर्मुखी शिवको मन्दिर दर्शनीय छ । विश्वको पहिलो गणतन्त्रात्मक व्यवस्थाको लागि प्रसिद्ध वैशाली गणराज्यको केन्द्रमा सर्वप्रतिष्ठित पुष्कणी पोखरी रहेको छ । केही वर्ष पहिले विहारका मुख्यमन्त्री नीतीश कुमारले पुनरुद्धार गरेका थिए । अहिले फेरि भत्किन थालेको र संरक्षण खोजिरहेको छ । त्यही विश्वशान्ति स्तुप छ । यो निकै अग्लो र विशाल छ । दर्जनौं देशहरूले बौद्ध गुम्बाहरूको निर्माण आप्mनो शैली अनुसार गराएका छन् ।
बज्जिका भाषाको जन्मभूमि यही स्थल मानिएको छ, जहाँबाट लिच्छवीहरू नेपाल पसेका थिए । बज्जीहरू नै लिच्छवी हुन् भन्ने प्रमाणित भइसकेको छ ।
बज्जिका भाषा र साहित्यको लागि समर्पित बज्जिका साहित्य सङ्गम रौतहटको आयोजनामा नियमितरूपमा साहित्य गोष्ठी हुने गरेको छ । तर असार महिनामा हुने मासिक कार्यक्रम स्थगित गरी साउनको पहिलो हप्ता बज्जिका भाषाको जन्मभूमिमा गर्ने आयोजकको निर्णय भयो । त्यही अनुरूप बज्जिका अभियन्ताहरूको आठजनाको टोली शुक्रवार ६ साउन २०७४ (२१ जुलाई २०१७) का दिन बज्जिका साहित्य सन्ध्याको १८औं संस्करणका लागि प्रस्थान ग¥यो । साहित्य सन्ध्या हो, यस कारण सन्ध्या हुनु आवश्यक थियो । त्यसैले हामी करिब ६ बजे अशोक स्तम्भको अगाडि पश्चिमपट्टि बस्यौं । आठजनाको समूह अद्र्धचन्द्राकार समूहमा बसेर काव्यवाचन गर्न आरम्भ ग¥यौं । बज्जिका खण्डकाव्यकार सञ्जय सुदामाले कविता सुनाए कण्ठस्थ । गायक तथा कवि सञ्जय राजले मार्मिक कवितावाचन गरेर मुग्ध पारे । बज्जिका लेखक तथा प्रधानाध्यापक रामआधार पासवानले कविता सुनाएपछि किशुन यादव कृष्णले लोककथा सुनाए । कृष्ण बज्जिका लोकसंस्कृतिमा कलम चलाउँछन् । मैले त्यहाँ एउटा कविता लेखेर सुनाएँ । सङ्गम अध्यक्ष एवं कवि श्याम सहनी चन्द्रांशु र कवि भोला पासवानले आप्mनो पुरानै कविताले सबैलाई मोहित बनाए । बज्जिका पत्रकार सङ्घ नेपालका अध्यक्ष राजेश्वर पाण्डेले चुटकिलाहरू सुनाएर सबैको मनलाई हलुङ्गो बनाए । अधिकांश कवितामाथि थोरै छलफल भयो । ऐतिहासिक, पुराताŒिवक र पौराणिक स्थानमा काव्यगोष्ठी गर्न सफल भएकोमा सबैले एकअर्कालाई बधाइ दिए । बज्जिका भाषालाई जन्म दिने धर्ती अर्थात् बज्जिकाकी जननीलाई उनकै भाषामा अशोकस्तम्भलाई साक्षी राखेर कविता सुनाउन पाएकोमा हामी सबै धन्य छौं र एक किसिमले भाषाको जन्मभूमिलाई उनकै भाषाको साहित्य सुनाएर हामीले केही मात्रामा भएपनि ऋण तिर्ने काम गरेका छौं भनेर मैले आयोजकलाई धन्यवाद दिएँ ।
भाषा र साहित्यको सेवामा लागेकाहरू भाषाकै जन्मभूमिमा पुगेर त्यहींको धर्तीलाई कविता सुनाउनुजस्तो महŒवपूर्ण काम त्यो पनि अशोकस्तम्भलाई साक्षी मानेर । ऐतिहासिक र पौराणिक ढिस्कोहरूको बीचमा बसेर । भारतमा पचास वर्षभन्दा बढी समयदेखि बज्जिकामाथि अनेक कार्यहरू भइरहेका छन् तर जन्मधर्तीलाई काव्य सुनाउने कदम हाम्रो नै पहिलो हुन सक्छ । यस कारण यसको ऐतिहासिक महŒव
रहेको छ ।