प्रस, वीरगंज, १४ साउन/
तिलावे पुलदेखि सबैठवा–भिस्वासम्मको आत्मारामपथ ठेकेदारको लापर्बाहीको कारण आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न नभएको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।
ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडकको स्तरोन्नति हुन नसकेको जिससले जनाएको छ ।
सो सडकखण्डमध्ये १३ किलोमिटर सडक कालोपत्रे गर्न रु. ९ करोडमा गौरी पार्वतीले ठेक्का सकार गरेको थियो ।
गौरीपार्वतीका सञ्चालक रामकुमार थापाले वीरगंजको मोना कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियालाई पेटी कन्ट्राक्टमा ठेक्का दिएको कारण काममा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय पर्साका इन्जिनियर दीपक मिश्राले बताए । ६ जुलाई २०१६ सम्म काम सम्पन्न गर्ने मिति नेपाल सरकारले दिएकोमा पटकपटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न नगरेको ई. मिश्राले बताए ।
ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि अटेर गरिरहेकोले सो ठेक्का रद्द गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेपछि मुख्य ठेकेदार थापा कार्यालय आई सम्झौता गरे अहिलेसम्म पनि काम नगरेको उनले बताए ।
सो सडकखण्ड कालोपत्रे नहँुदा सबैठवा तथा भिस्वाको बीचमा रहेको सिक्टा नदीको पुल निर्माण सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसकेको ई. मिश्राले बताए ।
गत आवमा सो सडकखण्ड कालोपत्रे भएको भए नेपाल सरकारले सबैठवा–भिस्वा सडकखण्डको विस्तार कार्य अघि बढाउने थियो, उनले भने । कालोपत्रे नभएकैले सो सडकखण्डको विस्तार योजना रोकिएको उनले
बताए ।