अनन्तकुमार लाल दास
अनुभवी र दूरदर्शी मानिस छिट्टै निराश हुँदैनन् । उनीहरू सधैं सङ्घर्षका लागि तयार भई बस्छन् । उनीहरूले जहिले पनि आप्mनो सम्पर्कमा आउने दुःखी मानिसलाई दुःखी हुने कारण सोधी हौसला प्रदान गर्छन् । जीवन दुर्घटना होइन । यो एक प्रकारको सङ्घर्ष हो । यस प्रकारको सङ्घर्षले हामीलाई अझ सशक्त ढङ्गले जीवन निर्वाह गर्ने प्रेरणा प्रदान गर्दछ । जुन बेला तपाईं हिंडदाहिंडदै लड्नुभएको थियो र पुनः एक छिनमैं उठेर हिंडनुभएको थियो, त्यस बेला के तपाईं निराश हुनुभएको थियो ? पक्कै हुनुभएको थिएन, किनभने त्यस बेला तपाईंलाई दुःख र सुखबारे थाहा नै थिएन ।
जसरी बादलको स्वभाव धर्तीलाई पानी प्रदान गर्नु हो, सूर्यको स्वभाव गर्मी र ऊर्जा प्रदान गर्नु हो, चन्द्रमाको स्वभाव शीतलता प्रदान गर्नु हो, त्यस्तै मानिसको वास्तविक स्वभाव सधैं प्रसन्न हुनु हो । जुन बेला हामी निराश हुन्छौं, आप्mनो स्वभावविपरीत आचरण गरिराखेका हुन्छौं । त्यस बेला हामी तनावमा हुन्छौं । निराशा हाम्रो स्वभाव होइन । हामी कुनै कारणले निराश भए पनिे त्यसको नराम्रो प्रभाव हामीमाथि पर्छ तर अन्त्यमा गएर हामी प्रसन्न नै हुन्छौं । यसको अर्थ के हो भने यदि मनमाथि हाम्रो नियन्त्रण छ भने निराशा हामीभित्र प्रवेश नै गर्न सक्दैन ।
अब प्रश्न के उठदछ भने यसबाट बच्ने कसरी ? यसबारे बुझ्न मैले धेरै मानिससँग उनीहरूको अनुभव साटासाट गरें । धेरै मानिसको भनाइ के रहेको छ भने डिप्रेशन अर्थात् निराश हुँदा मन खिन्न हुन्छ, कारणबेगर रिस उठछ, मनमा एक प्रकारको भय उत्पन्न हुन्छ, कहिलेकाहीं स्वभाव हिंसक हुन्छ, गहिरो निद्रा लाग्दैन, कहिले त वान्ता होलाजस्तो लाग्छ, कहिलेकाहीं एकान्त कुनामा गएर बस्ने चाहना उत्पन्न हुन्छ भने कहिले मन असाध्यै बेचैन हुन्छ । यस्तो कुरा अनुभव हुना साथ के बुझ्नुपर्छ भने निराशाले आप्mनो प्रभाव देखाउन शुरु गरिसकेको छ । यस परिवेशमा सतर्क हुनु नितान्त आवश्यक हुन्छ ।
सम्पर्कमा आइरहने मानिस यस समस्याबाट जोगिने जुन उपाय बताउँछन् त्यो पनि काम लाग्न सक्छ । उनीहरूले बताए अनुसार यस्तो अनुभव भएपछि पानी बढी खानुपर्छ, एकान्तमा बस्नुभन्दा राम्रा मानिसबीच घुलमिल गर्नुपर्छ, राम्रो सङ्गीत सुन्नुपर्छ, रुचि अनुसारको काममा व्यस्त हुनुपर्छ तर मेरो अनुभव के छ भने मनमा निराशाको भाव उत्पन्न नहुन दिन समय–समयमा मनको कंडीशनिङ्ग गर्दै रहनुपर्छ । वास्तवमा भन्ने हो भने हाम्रो जीउमा रोग उत्पन्न गर्ने र जीउलाई स्वस्थ राख्ने दुवै प्रकारको कीटाणु हुन्छ र दुवैबीच लगातार सङ्घर्ष भइरहन्छ । जुन कीटाणु बलियो हुन्छ सोही अनुसार हाम्रो शरीर पनि स्वस्थ वा अस्वस्थ हुने गर्छ । उदाहरणका लागि हामीभित्र टिबीको कीटाणु हुन्छ तर सुषुप्तावस्थामा । जब स्वास्थ्यवद्र्धक कीटाणु कमजोर हुन्छ, टिबी कीटाणुको हिम्मत बढ्छ र हामी टिबीको शिकार हुन्छौं ।
यसैगरी हाम्रो मनमा प्रसन्नता र निराशा दुवै भाव हुन्छ । मानिसको स्वभाव प्रसन्नता हो तर प्रसन्नता र आशाको भाव क्षीण हुनासाथ निराशाको भावले चारैतिरबाट आक्रमण गर्न शुरु गर्छ । यस कारण निराशाको भावलाई बलियो हुन नदिनका लागि हामीले सधैं आप्mनो मनमा प्रसन्नताको भाव बलियो बनाइराख्नुपर्छ । यो त्यस बेला मात्र सम्भव हुन्छ, जब हामी निरन्तर यस कुराको स्मरण आप्mनो मस्तिष्कमा गरिराख्छौं ।
सबैभन्दा पहिले निराशाको कारण खोज्नुपर्छ । यदि तपाईं समस्यासँग डराउनुहुन्छ भने तनाव हुनु स्वाभाविक हो । तनावबाट जोगिन पहिले उपस्थित समस्याले तपाईंलाई के सन्देश वा शिक्षा दिन खोजेको छ भन्ने कुरा पत्ता लगाउनुपर्छ । दोस्रो के खोज्ने प्रयास गर्नुस् भने हालसम्म तपाईं आप्mनो जीवनमा कतिपटक समस्या उत्पन्न हुने भयले तनावग्रस्त हुनुभएको छ तर अन्ततोगत्वा ढिलो वा चाँडो त्यसको समाधान गर्न सफल नै हुनुभएको छ ? हाल जुन समस्याको सामना गर्नुपरिरहेको छ त्यो पनि त्यसैगरी टरेर जानेछ किनभने कुनै पनि समस्या स्थायी हुँदैन । ढिलोचाँडो त्यसको समाधान हुन्छ नै ।
साहित्यकार जेम्स ऐलनले लेखेका छन्–“मानिसले समस्याको स्वागत गर्नुपर्छ किनभने यी केही हदसम्म हाम्रो लापरवाही र मूर्खताको परिणाम हो । यस कारण त्यसबाट छुटकारा पाउन मानिसहरू राम्रो बाटो रोज्ने प्रयास गर्छन्, आप्mनो बुद्धिको अधिकतम प्रयोग गर्छन् र यसबाट उनीहरूभित्र लुकेको शक्ति जागृत हुन्छ ।” त्यहीं कथाकार मुंशी प्रेमचन्द भन्छन्– “विपत्तिभन्दा राम्रो अनुभवको पाठ सिकाउने अर्को कुनै विद्यालय हुँदैन ।” यस कारण के भन्न सकिन्छ भने कठिन परिस्थितिले मानिसलाई दुर्बल नबनाई ‘हामी के हौं’ भन्ने भावना मात्र प्रकट गर्दछ ।
यदि तपाई मनको लड्डू घ्यूसँग खानुहुन्छ वा तपाईंलाई वनको बाघले खाओस् वा नखाओस्, मनको बाघले खाइरहेको छ भने तपाईं्रलाई नियमित आप्mनो मनको कंडिशनिङ्ग गर्ने आवश्यकता छ । पटकपटक आप्mनो मनलाई के बुझाउने प्रयास गर्नुपर्छ भने व्यर्थको कुरा सोचेर केही हासिल हुँदैँैन । तपाईं हालसम्म जति काल्पनिक समस्यासँग लड्नु भयो त्यसबाट आखिर तपाईलाई निराशाबाहेक केही फाइदा भएन तर तपाईंको बहुमूल्य समय अवश्य खेर गयो । यदि तपाईंले यस समयको सकारात्मक प्रयोग गरेको भए केही न केही अवश्य हासिल हुन्थ्यो । वास्तविक विपत्ति त्यत्ति भयावह हुँदैन, जति त्यसको कल्पना हुन्छ । भययुक्त मानिसले सानो छेपारोलाई पनि गोही ठान्ट । इंजेक्शन लगाउन खोज्दा केटाकेटीहरू कराउने गरेको यसैको अर्को रूप हो । सुईबाट हुने पीडाभन्दा कैयौं गुणा बढी पीडा त्यसको कल्पनाले उत्पन्न गर्दछ ।
यदि तपाईं आप्mनो असफलताबाट निराश हुनुहुन्छ भने आप्mनो मनलाई असफलताभित्रै सफलता लुकेको कुरा सम्झाउने प्रयत्न गर्नुपर्छ । भाग्यलाई दोष दिनु उचित होइन, किनभने भाग्यले पनि सफलता नै रोज्छ । यस कारण भाग्यले हामीलाई सानो समस्या दिएर बढी मिहिनेत गर्न प्रेरित गर्दछ । सत्य त के हो भने यदि हामी रिसाएको जस्तो गरेर बस्छौं भने छिट्टै हामीलाई रिस उठ्न थाल्छ र यदि हामी प्रसन्न बस्छौं भने सानोभन्दा सानो कुरामा पनि आनन्दको अनुभव गर्न थाल्छौं ।
यस संसारमा प्रत्येक व्यक्ति समस्याग्रस्त छ । यस कारण आप्mनो समस्याको विज्ञापन नगर्ने सल्लाह दिन चाहन्छु । कसैको अगाडि आप्mनो समस्या बयान गर्नुपूर्व मनलाई सम्झाउने प्रयास गर्नुहोस् । आप्mनो समस्या अरूलाई भनेर के तपाईं उसको सहानुभूति लिन खोज्दै हुनुहुन्छ ? के तपाईं यति कमजोर हुनुहुन्छ ? “हैन, म आप्mनो समस्या आपैंm हल गर्न सक्छु” भन्ने विचार मनमा पटकपटक ल्याउनुहोस् । कवि रहीमले भनेकै छन्–“रहिमन निज मन की व्यथा, मन हि राखे गोय, सुनि अठिलैहें लोक सब, बाँटि न लैहें कोय” अर्थात् आप्mनो मनको पीडा मनमैं राख्नुपर्छ किनभने तपाईंको दुःख सुनेर कसैले पनि त्यसलाई साटदैन बरु तपाईंको कमजोरीबाट लाभ उठाउने प्रयत्न गर्छन् । मेरो अनुभव त के छ भने आप्mनो समस्याको हल आपैंm खोज्ने प्रयास गर्नुपर्छ किनभने आप्mनो समस्या सार्वजनिक गरेर समस्या झन् बढछ, घटदैन । तपाईंसँग समस्या हल गर्ने सामथ्र्य नभए पनि आप्mनो दुर्बलता कसैको अगाडि प्रकट गर्नुहुन्न । यसो गरेर केही हासिल हुँदैन तपाईंको समस्याबाट आप्mना लाभ लिने नै बढी भेटिन्छन् ।
चिन्ता कुनै पनि समस्याको हल होइन । चिन्तित व्यक्ति न आप्mनो काम राम्ररी गर्न सक्छ न कुनै कुरोबाट आनन्द नै उठाउन सक्छ । धेरै कुराको आश गर्नु नराम्रो हैन, तर त्यसलाई प्राप्त गर्न नसकेर चिन्तित हुनु राम्रो हैन । प्रसन्नताले प्रत्येक वस्तु सजिलै प्राप्त गर्न सकिन्छ । जसरी मानव शरीर पानीबेगर हिंडन सक्दैन तर खानाको लागि गरिएको श्रम भन्दा कम श्रममैं यो प्राप्त हुन्छ । यसैगरी पानीभन्दा पनि आवश्यक हाम्रो लागि हावा हो, किनभने हवाबेगर केही क्षण मात्र जीवित रहन सकिन्छ । यहाँ विचार गर्नुपर्ने कुरो के हो भने हावाको लागि हामी कति श्रम गर्छौं ? यदि यस्ता आवश्यक कुरोका लागि श्रम गर्नुपर्दैन भने अनावश्यक कुराका लागि चिन्तित हुने आवश्यकता किन ? यस कारण प्रसन्न रहनुहोस् ।
यहाँ ध्यान दिनुपर्ने अर्को कुरो के हो भने यस प्रकारको सोच त्यतिखेर मात्र चाहिन्छ जुन बेला तपाईं निराश हुनुहुन्छ । सबैथोक हावा र पानीजस्तै सजिलै प्राप्त भइहाल्छ भन्ने सोच यदि तपाईंको बानीमा परिणत भयो भने केही प्राप्त हुँदैन । यस कारण बढी महŒवाकाङ्क्षी हुनु पनि राम्रो हैन । अनुभवले के देखाएको छ भने निराशावादी सोचभन्दा बढी ताकतवर आशावादी सोच हुन्छ । बिनोवा भावेले भनेका छन्–“मानव जीवन अनुभवको शास्त्र हो ।” मनोचिकित्सकहरूका अनुसार निराशा एक प्रकारको रोग हो जुन दुई प्रकारको हुन्छ । पहिलो अस्थायी निराशा जो खुलेर हाँसेपछि, साथीहरूसँग भेट भएपछि, धेरै पानी खाएर वा सङ्गीत सुनेर खत्म हुन्छ । स्थायी निराशा कुनै एउटा सानो कारणले पनि हुन सक्छ । यस प्रकारको निराशा नकारात्मक सोच भएको मानिसमा बढी पाइन्छ ।
निराशाको विपरीत आशा एउटा यस्तो विश्वास हो जसले हामीलाई आत्मविश्वासतर्पm डो¥याउँछ । यो स्थितिले हाम्रो अनुभवलाई समृद्ध र परिपक्व बनाउँछ । परिपक्व व्यक्तित्वले नै उन्नतिका लागि कठोर साधना गर्न सक्छ । महात्मा गाँधीले आशालाई अमर र यसको अराधना कहिल्यै निष्फल हुँदैन, भनेका छन् । यस कारण निराशालाई आपूmभन्दा टाढा राख्नु र आशालाई मित्र बनाउनु व्यक्तिको चरम उपलब्धि हो ।