ई. गोपाल श्रेष्ठ
हाम्रो देश अचम्मको छ — पानी परेन भने खेतीबाली लगाउन पाइएन भनी हामी चित्कार गर्छौं — पानी प¥यो भने फेरि अव बाढी, पहिरो आउने भयो भनी भयभित हुन्छौं । वाढी, पहिरोबाहेक आजकल थप एकदुईवटा त्रासदी पनि थपिएको छ — ती हुन्, सडक जलमग्न हुनु र सडकको खुला ढलले दुर्घटना निम्त्याउनु । वर्षात्मा गाडी गुडने सडक जलमग्न हुन्छ । यो अवस्थामा सडकको ठाउँठाउँमा भएको ढलको ढक्कन छ, छैन थाहा हुँदैन र यही कारणले गर्दा साइकल, गाडी, मोटरसाइकल ती खुला ढलमा खसी दुर्घटना हुनु स्वाभाविक हुन गएको छ । यसपालिको वर्षामा त झन् काठमाडौं, नेपालटारकी १० वर्षीया विनिता फुयालको जलमग्न सडक ढलमा परी मृत्यु नै भयो । यो दुर्घटना सडकको दुर्दशाप्रति वालिकाको अज्ञानताको कारण भएको पक्कै हो, तर सडकको दुर्दशा प्रति जिम्मेवार नबन्ने सम्बन्धित निकाय ‘सडक विभाग’ र आफैंले प्रयोग गर्ने सडक मरम्मतका लागि सरकारको मात्र मुख ताक्ने बानी परेका र सडक तथा ढल मरम्मतजस्ता काम गर्नु/गराउनु तथा सम्बन्धित निकायमा दबाब दिनु आप्mनो जिम्मेवारीभन्दा टाढाको ठान्ने स्थानीय बासिन्दाको पनि उत्तिकै दोष छ ।
सम्बन्धित सरकारी पक्षको लापरवाहीपूर्ण ढल व्यवस्थापन र यस विषयमा सुधार तथा मरम्मत व्यवस्थापनका लागि सम्बन्धित निकायमा दबाबपूर्ण पहल नगर्ने स्थानीय बासिन्दाका कारण बालिका विनिताको मृत्यु भएको पनि आज श्रावण १३ गते १४ दिन भई सक्यो— तर अचम्मको कुरा स्थानीय बासिन्दादेखि सम्बन्धित सरकारी पक्ष कसैले पनि यो दुर्घटनाको जिम्मा लिएको छैन । आज सिंहदरबारको अधिकार गाउँ–गाउँ, वडा–वडा पुगेको भनिएको छ — तर खोइ त दोषीको पहिचान गरेको ? खोइ त दोषीलाई सजाय दिएको ? के ढल निर्माण कम्पनीले ढलको मुख खुला छोडन मिल्छ ? के निर्माण कामको रेखदेख गर्ने इन्जिनियरले ढलको मुखको ढक्कन लगाउन निर्माण कम्पनीलाई बाध्य गर्नुपर्दैन ? त्यस्ता स्थानमा साधारण एउटा खतराको चिन्ह ठड्याइदिएको भए पनि यस्तो ज्यानै जानेगरी दुर्घटना हुने थिएन होला ।
स्वर्गीय विनिता कसैकी छोरी हुन्, कसैकी नातिनी/पनातिनी पनि हुन् अनि कसैकी दिदी/बहिनी पनि हुन् । यो दुःखद घटना स्व. विनिता र उनको परिवार तथा आफन्तमाथि जानाजान भएको जघन्य अपराध हो र अपराधीलाई सरकारले कठोर सजाय दिनु नै पर्छ । दण्डहीनताले पराकाष्ठा नाघेको वर्तमानमा हाम्रो समाज यसरी नै निरीह हुँदै गयो भने कालान्तरमा हाम्रो राष्ट्र र राष्ट्रियताको अस्तित्व नै धरापमा पर्न सक्छ । अधिकारको लागि लगातार सङ्घर्ष गर्ने हामी सानो कर्तव्य पालना गर्न किन चुक्यौंं ?
दायित्वबोध नगर्ने/नलिने, दायित्वबोध गर्न/लिनबाट भाग्ने अनि अधिकार भने लडेरै भए पनि लिने हाम्रो राष्ट्रिय संस्कार भएको छ । कुनै गल्ती गरिसकेपछि र गल्ती भइसकेपछि त्यो गल्ती जान–अन्जानमा वा लापरवाहीको कारण मबाट भएको हो भनी कसैले पनि भनेको वा स्विकारेको हाम्रो समाजमा सुनिंदैन । तर अधिकार भएन, थप अधिकार चाहियो भन्ने हजारौं, लाखौं छन् । बालिका विनिताको मृत्यु यस्तै दायित्व नलिने, जिम्मेवारी महसुस नगर्ने हाम्रो संस्कारबाट भएको छ । वर्षायाममा काम देखाउने अनि काम गराउने हाम्रो राष्ट्रिय प्रवृत्ति छँदैछ । यो प्रवृत्ति गलत छ भनेर थाहा हुँदाहुँदै पनि हामीले त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न र हटाउन सकेनौं । कारण प्रस्ट छ — व्यक्तिगत स्वार्थका अगाडि राष्ट्रिय स्वार्थ छायामा पर्न जान्छ । राष्ट्र वोल्न सक्दैन, राष्ट्रले छलकपट गर्न सक्दैन तर व्यक्तिले अनेक परिपञ्च गर्न सक्छ ।
बालिका विनिताको मृत्युले उनको परिवारलाई एउटा गहिरो र दर्दनाक चोट पु¥याएको छ, परिवारले ममताको सम्पत्ति गुमाएको छ र एउटा सदस्य गुमाएको छ भने राष्ट्रले पनि भोलिका एक कर्णधार नागरिक गुमाएको छ । तसर्थ यो दुःखद दुर्घटनाबाट हामीले हाम्रो सोचमा परिवर्तन ल्याउन सक्नुपर्छ — दायित्व/जिम्मेवारी लिने हाम्रो संस्कारमा सुधार गर्न सक्नुपर्छ, काम गर्दा गराउँदा गुणस्तरलाई प्राथमिकता दिने संस्कार विकास गराउन सक्नुपर्छ । सरकारी पक्षबाट देश र नागरिकको पक्षमा काम गर्दा गराउँदा सचेत नागरिकले पनि गुणस्तरीय सेवा प्राप्तिको लागि सम्बन्धित पक्षलाई सचेतना र खबरदारी गराउनु आप्mनो कर्तव्य र दायित्व सम्झनुपर्छ । ‘हो जायगा, चल जायगा’ जस्तो मनस्थितिलाई त्याग्न बाध्य पार्न र निरुत्साहित गर्न सक्नुपर्छ । निर्माण काम गर्दा सबै पक्षसँग समन्वय मिलाई गर्न गराउन सक्नुपर्छ । मध्य वर्षामा काम गर्ने गराउने हालको चलन पूरै रोक्न सक्नुपर्छ । काम बिग्रँदा कसको गल्ती छ, अर्थात् कसको कारणले गल्ती हुन गयो वा सुधार भयो — पहिचान गरी उचित दण्ड तथा पुरस्कार दिइहाल्ने व्यवस्था हुनुपर्छ । उपरोक्त बमोजिम सुधार भए मात्र मृत्युवरण गरेकी बालिका विनिताको आत्माले शान्ति प्राप्त गर्ने कुरामा विश्वास गर्नुपर्छ ।