प्रस, रौतहट, १३ साउन/
नेपालको शैक्षिक सूचाङ्क अनुसार रौतहट जिल्ला सबैभन्दा कम साक्षर जिल्लामा पर्छ ।
जिल्लालाई पूर्ण साक्षर बनाउने उद्देश्यका साथ विश्व शिक्षाको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा परियोजना सञ्चालन गरिएको छ ।
परियोजना अन्तर्गत यस वर्ष निरक्षर बालिकालाई साक्षर बनाउने उद्देश्यका साथ जिल्लाभरि करिब ३० जनाको दरले ११३ गेट कक्षा र सोही गेट कक्षाका किशोरीहरूको आमाहरूको लागि ५५ आमा कक्षा सञ्चालन हुन लागेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताए । गेट र आमा कक्षामा पढाउने सहजकर्ताहरूको जिल्लाको चन्द्रनिगाहपुरमा सञ्चालित तालिम अन्तिम चरणमा रहेकोले आगFमी साउन १७ गतेदेखि कक्षाहरू सञ्चालन हुने अध्यक्ष हुसैनले जानकारी गराए । जिल्लाको प्रायः सबै गाउँपालिकामा परियोजना अन्तर्गत सञ्चालित किशोरी शिक्षा कार्यक्रममा करिब २५ सय बालिका तथा त्यस किशोरीका करिब ८५० जना आमा २०७३ सालमा साक्षर भइसकेका छन् । पछिल्लो वर्ष सञ्चालन भएको करिब ६२ गेट कक्षाका करिब १७६० किशोरीमध्ये करिब १३५० जना किशोरीको नजिकका विद्यालयमा नामाङ्कन गराइ नियमित शिक्षासँग जोड्न सफल भएको कार्यक्रम संयोजक ममताज राय भाटले बताए ।
कार्यक्रमले जिल्लालाई पूर्ण साक्षर बनाउन अहम् योगदान दिइरहेको जिशिकाका स्रोतव्यक्ति सुशीलकुमार झाले बताए ।