प्रस, पोखरिया, १३ साउन/
पर्साको ग्रामीण क्षेत्रमा बाल श्रमिकहरूको सङ्ख्या दिनानुदिन बढदैछ । घर परिवारको अवस्था कमजोर भएको र आमाबुबा नभएका बेवारिसे नाबालकहरूलाई श्रममा लगाउने काम भइरहेको छ । यसमा सरोकारवालाहरूले खासै रुचि देखाएका छैनन् ।
विभिन्न कारणले श्रम गर्न बाध्य बाल श्रमिकहरूलाई उनीहरूको क्षमताभन्दा बढी काम गराउने र सो अनुसारको पारिश्रमिक र सेवा नदिने गरेको पाइएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका, विन्दवासिनी, बहुअर्वाभाठा, लङ्गडी, जानकीटोला, भिस्वा, महुवन, रङ्गपुर, सुवर्णपुर, महुवनलगायत स्थानमा होटल, पसलहरूमा बालश्रमिकहरूको सङ्ख्या प्रशस्त छ । उनीहरूको क्षमताभन्दा बढी मालिकहरूले काम गराउने गरेका छन् । करिब १० देखि १५ वर्ष उमेरका यी बालबालिकाहरूलाई ८ घण्टाभन्दा बढी जोखिमपूर्ण काम गराउने गरेको पाइएको छ ।
पर्सा जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको सङ्ख्या २९ जति छ तर कसैले पनि बालश्रमविरुद्ध आवाज उठाएका छैनन् । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म मालिकले न्यूनतम पारिश्रमिक रु २ हजारदेखि ५ हजारमा काम गराउने गरेको होटल, पसलमा कार्यरत बालश्रमिकहरूले बताएका छन् ।
यस्ता बालश्रमिकहरू होटल, पसलबाहेक बस र जीपमा पनि खटाइएको पाइएको छ । सवारीका साधनहरूमा खलासीको रूपमा नाबालकहरूलाई खटाउँदा जोखिम भए पनि यसतर्पm कसैले आवाज उठाएको छैन । नेपालको संविधान २०७२ मा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुहुँदैन र क्षमताभन्दा बढी जोखिम काममा खटाइनुहुँदैन भन्ने स्पष्ट उल्लेख छ । तर पर्सा जिल्लाका यी बालश्रमिकहरूलाई न संविधान थाहा छ, न सोबारे जानकारी गराउन कसैले प्रयत्न नै गरेको छ । जिल्ला बाल कल्याण समिति, पर्साकी अधिकृत सावित्री भण्डारीले बालश्रमिकको सन्दर्भमा आप्mनो संस्थाले नहेर्ने गरेको बताइन् । उनी यो श्रम कार्यालयको जिम्मेवारी भएको जानकारी गराएर पन्छिइन् ।
श्रम कार्यालय पर्साका प्रमुख राधेश्याम झाले भने बालबालिकासम्बन्धी ऐनमा व्यवस्था भएको कुरा हेर्ने जिम्मेवारी आप्mनो कार्यालयलाई भएको स्विकारे । तर उनले यस सम्बन्धमा उजुरी नपरेसम्म केही गर्न नसक्ने बाध्यता पनि तेर्साए ।
प्रमुख झाका अनुसार पर्सा जिल्लामा अनुमानित ३ सयभन्दा बढी बालश्रमिकहरू विभिन्न काममा खटेका छन् । उनीहरूसँग क्षमताभन्दा बढी काम गराए, नगराएको र पारिश्रमिक सम्बन्धमा कसैको उजुरी नपरेकोले कारबाई भएको छैन । उजुरी परेको खण्डमा कारबाई प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।