सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै गए पनि अहिलेसम्म दूरदराजका गाउँका मानिसहरू गैरचिकित्सकसँग सेवा लिएर समस्यामा पर्ने र कतिपय घटनामा ज्यानसमेत गुमाउँदै आएको पाइएको छ । पर्सा जिल्लामा अहिले प्रत्येक गाविसमा स्वास्थ्य चौकी छ । सदरमुकाम वीरगंजमा एक दर्जनको हाराहारीमा अस्पतालहरू छन् भने एउटा मेडिकल कलेज पनि छ । नर्सिङ होम र क्लिनिकहरूको कुरै नगरौं, सयौंका सङ्ख्यामा हुन सक्छ । गाउँको कुरा गर्ने हो भने पनि पोखरियामा जिल्ला अस्पताल छ । गाउँबाट बिरामी बोकेर ल्याउने एम्बुलेन्ससहित सवारीका अन्य साधनहरू पनि विद्यमान छन् ।
अहिले सञ्चारको युगमा मोबाइल, नेटबाट सबैको सम्पर्क सबै ठाउँमा बनिसकेको छ । गाउँका थुप्रै युवाशक्ति वैदेशिक रोजगारको लागि विदेशिएका छन् र उनीहरूले त्यहाँ उपलब्ध सेवाहरूको बारेमा पनि घरमा चर्चा परिचर्चा गरेकै हुनुपर्छ । कुनै जमाना थियो, गाउँलेहरू झोले चिकित्सकहरूको ठगीको शिकार हुन बाध्य थिए । सानोभन्दा सानो उपचारको लागि पनि छिमेकी भारत अथवा वीरगंज वा छिमेकी जिल्ला चितवन जाने गरिन्थ्यो । गाउँमा उपलब्ध सेवा सुविधाहरूभन्दा पृथक खाले समस्या भएको खण्डमा मात्र अहिले सदरमुकाम वा छिमेकी भारत जानुपर्ने हुन्छ । नेपाल सरकारले आममानिसको स्वास्थ्यको सवालमा पुरानो गाविसमा हुने स्वास्थ्य चौकी, अस्थायी स्वास्थ्य चौकीलाई परिवर्तन गरेर प्राथमिक स्वास्थ्य केन्द्र, इलाका हेल्थपोस्टलगायतबाट सेवा प्रवाह गर्दैछ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको व्यवस्था गरेको छ । सुत्केरी महिलाहरूको हकमा बर्थिङ सेन्टर पनि सञ्चालनमा छ । पहिले सुत्केरी हुनका लागि पनि सदरमुकामैं आउनुपर्ने अथवा छिमेकी भारतको विभिन्न अस्पतालमा जानुपर्ने बाध्यता थियो । स्वास्थ्य क्षेत्रमा आएको यो परिवर्तनका बारेमा जानकार भएर पनि मानिसहरू छिमेकी भारतको विभिन्न स्थानमा गएर जोखिमपूर्ण उपचार गराउने गरेको पाइएको छ । भारतमा नेपालको तुलनामा राम्रा चिकित्सकहरू छन् । तर सस्तो उपचार खोज्दै मानिसहरू ठग, फटाहाहरूको चङ्गुलमा परेर जोखिमपूर्ण उपचार गराउने र ज्यानसम्म गुमाउने गरेको पछिल्ला घटनाहरूबाट उजागर भएको छ ।
पर्सामा हालै एक महिनाको अवधिमा तीनजना महिलाले छिमेकी भारतका झोले चिकित्सकको चङ्गुलमा परेर ज्यान गुमाएका छन् । खासगरी महिलाहरू पाठेघरको समस्यामा छिमेकी भारतका चिकित्सकको चङ्गुलमा परेर ज्यान गुमाउने गरिरहेको पाइएको छ । जबकि पाठेघरको उपचार सदरमुकामको सरकारी अस्पताल नारायणी उपक्षेत्रीयमा निश्शुल्क गरिन्छ भने वीरगंजकै अन्यत्र अस्पतालमा सशुल्क हुने गरेको छ । पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएका गाउँलेहरू सदरमुकामसम्म आउने झन्झटले नजिकको सीमापारि भारतीय बजारमा उपचार गराउन जाने र त्यहाँका ठग चिकित्सकले पैmलाएको जालोमा परेर यस्तो घटनाको शिकार हुने गरेका छन् ।
जिल्लामैं उपलब्ध सेवाको बारेमा अनभिज्ञ भएर भारत जानेहरूलाई रोक्न नसक्नुको दोष जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि जान्छ । गाउँमा दिइने स्वास्थ्य सेवाहरूको बारेमा उसले गर्दै आएको कामकारबाई फितलो भएको परिणामस्वरूप यस्ता घटना दोहरिंदै गएको भन्नुपर्छ । एउटा घटनापछि जनस्वास्थ्य कार्यालय सचेत नभएपछि अर्काे घटना दोहरिएको हो । यस मानेमा जनस्वास्थ्य कार्यालयले प्रभावकारी कदम चाल्न जरुरी पनि भएको छ ।