Posts

Showing posts from July, 2017

२०७४ साउन १७ गते मङ्गलवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

निजगढमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड

Image
प्रस, निजगढ, १६ साउन/     निजगढमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको सोमवार भीड लागेको छ । निजगढ नगरपालिकाको कार्यालयमा आजदेखि शुरु भएको सो कार्यमा स्थानीयको भीड लागेको हो ।     निर्वाचन कार्यालय, बाराले स्थानीय नगरपालिकामा नैं टोली खटाई काम गर्न थालेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साही हुनेहरू भीड देखिएको हो ।     असोज २ गते हुने स्थानीय निर्वाचनमा मत खसाल्न पाइन्छ भनेर मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनीहरूले बताए ।     “नाम त दर्ता गरौ । भोट जसरी भए नि हालिन्छ”–नाम दर्ता गर्न लाइनमा बसेका केहीले भने । भोट खसाल्ने उमेर भर्खरै पुगेकादेखि वृद्ध/वृद्धा पनि हातमा नागरिकता लिई मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन् । “चुनाव आउँदैछ । भोट हाल्नुपर्छ भन्छन् । त्यही भएर यो उमेरमा नाम दर्ता गर्न आएका हौं”—लाइनमा बसेका एकजना वृद्धले भने ।  निजगढ नगरपालिकाले छुट भएका सबै वडाहरूका मतदाताहरू नाम यसै कार्यालयबाट दर्ता गरिने जनाउँदै प्रदेश नं. २ को २०७४ असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा हालको मतदाता दर्ता नामावली प्रयोग नहुने सूचना टाँस गरेको छ ।     आज ४२ जनाको मात्र मतदाता

वीरगंजमा बढदो विद्युत् ट्रिपिङले औद्योगिक उत्पादनमा व्यापक ¥हास

प्रस, वीरगज, १५ साउन/     वीरगंजलगायत आसपासका क्षेत्रमा एक महिना यता विद्युत् प्रवाहमा व्यापक अनियमितताले जनजीवन प्रभावित भएको छ । विद्युत् ट्रिपिड्ढा कारण उद्योग कलकारखानामा पनि असर परेको छ ।     एकै दिनमा १० पटकभन्दा बढी लाइन ट्रिपिङ गरेको कारण घरमा रहेका टिभी,  फ्रिज, पंखा, बल्वलगायत विद्युतीय उपकरणहरूमा समेत क्षति पुग्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।      सरकारको पहिलो प्राथमिकतामा वीरगंज–पथलैया औद्योगिक करिडोरलाई लोडसेडिग मुक्त गर्ने भनेर वीरगंजमा आएका तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले आश्वासन दिएपछि वीरगंजका सर्वसाधारणसँगै यहाँका उद्योगी व्यवसायीहरू खुशी भएका थिए । तर लोडसेडिङमुक्त हुनु त कता हो कता, विद्युत् ट्रिपिङले सर्वसाधारण तथा उद्योगीहरू मर्कामा परेका छन् । यस बिषयमा विद्युत् प्राधिकरण वीरगज शाखा प्रमुख चुटुन श्रीवास्तवसँग बुझ्दा आज साँझसम्म समस्या समाधान हुने बताए ।     भारतबाट आएको ढल्केबर विद्युत् प्रसारण लाइनको मरम्मत भइरहेको कारण वीरगंज मात्र नभई त्यस प्रसारण लाइनबाट विद्युत् सप्लाई भएको सबै क्षेत्रमा यस्तो समस्या देखिएको प्रमुख श्रीवास्तवले बताए । पर्साको ग्रामी

स्थानीय सरकारलाई कानुन र तालिमको खाँचो

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     लगभग बीस वर्षसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय निकाय अब पूर्ण अधिकारसहित गठन हुँदैछ । ६ प्रदेशमा निर्वाचन भइसकेको छ भने २ न. प्रदेशको २ असोजमा हुँदैछ । निर्वाचन भएर स्थानीय सरकार गठन भइसकेको क्षेत्रको लागि यो अवसर हो भने निर्वाचन हुन बाँकी एउटा चुनौती नै छ । किनभने मिति तय गरिए पनि जुन कारणले पहिले चुनाव रोकियो त्यो अद्यापि ज्यूँका त्यूँ छ । यसर्थ २ असोजमा चुनाव हुन्छ कि हुन्न भन्ने कुरा निश्चित छैन । जे होस् ढिलोचाँडो सबै स्थानीय सरकार गठन हुन्छ । अहिलेको स्थानीय सरकार विगतभन्दा निकै पृथक र शक्तिशाली छ । जसको सही सदुपयोग गर्न सक्नुपर्छ । होइन भने पछि ठूलो चुनौती सिर्जना हुन सक्छ । पहिलेका स्थानीय निकाय स्वायत्त भए पनि माथिको आदेश र कानुनबाट निर्देशित थियो भने अहिलेको स्थानीय तहले व्यवस्थापकीय, कार्यपालिकीय र न्यायपालिकीय प्रमुख अधिकार संवैधानिकरूपले पाएको छ । यो भनेको मिनी सिंहदरबार नै हो । अर्थार्जन गर्ने, बजेट विनियोजन गर्ने, कानुन बनाउने र विकास गर्ने अधिकार जनप्रतिनिधिमा निहित बनाइएको छ । केही विवादमा न्यायिक अधिकार पनि जनप्रतिनिधिमा छ । केन्द

सडक नाटक कि यौन शिक्षा

    जनसङ्ख्या वृद्धि अहिलेको विश्वको जटिल समस्या बनेको छ । आरोग्य–सामग्रीको प्रचुरता र दिनानुदिन परिष्कृत उपचार पद्धतिले गर्दा मानिसको आयु बढिरहेको छ भने महामारी फैलाउने ठूला–ठूला रोगहरूमाथि मानिस नियन्त्रण गर्न सक्ष्Fम भइसकेको छ । अर्थात् मृत्युलाई परपर सार्र्दै गरेको मानिसले त्यसभन्दा द्रुत गतिमा जन्मदर बढाइरहेको छ । मृत्युलाई पर सार्नु पुरुषार्थ हो भने जन्मदरमा नियन्त्रण हुन नसक्नु चाहिं मानिसको लाचारी हो । विडम्बनाको कुरा के छ भने आज ज्ञान–विज्ञानले चरम प्रगति गरेको बेला यौनाचार स्वच्छन्द हुन पुगेको छ । नैतिक र कानुनी सीमा बाहिर गएर यौनाचार गर्नुहुँदैन भन्ने सन्देशको साटो सुरक्षित यौनाचारको प्रचार भइरहेको छ । सुरक्षित यौनाचारको प्रचारले नै जनसङ्ख्या नियन्त्रणमा छेको लगाएको पनि भन्न सकिन्छ ।  आजको मानिस कुनै पनि कुरामा बुझ पचाएर आपूmखुशी तर्क खोज्न र गर्न सिपालु भएको छ । त्यसैले यौन सन्तान उत्पत्तिको लागि होइन, शारीरिक आवश्यकताका लागि हो भन्दै परिवार नियोजनको साधन प्रयोग गर्दै स्वच्छन्द यौनाचारलाई जायज ठानिरहेको छ ।     धार्मिक शास्त्रले भनेको छ– आहार, निद्रा, भय, मैथुनम् च/सामान्यम

२०७४ साउन १६ गते सोमवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

नाउक्षेका डाक्टरसहित कर्मचारी कुटिएपछि अस्पतालमा दिनभरि तनाव

Image
प्रस, वीरगंज, १५ साउन/     नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान नागवाबाट आएको युवकहरूको समूहले अस्पताल गाइनो वार्डमा कार्यरत डाक्टरलगायत अन्य कर्मचारीहरूलाई कुटपिट गरेको समाचार प्राप्त भएको छ ।     युवाहरूको कुटाइबाट प्रहरी हवल्दारसहित तीनजना कर्मचारी घाइते भएका छन् ।     नगवाबाट आज बिहान आएको युवा समूहले ड्युटीमा रहेकी गाइनो वार्डकी डाक्टर चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई हातपात गरी घाइते बनाएका हुन् ।                 घटनाको विषयलाई लिएर आज ११ बजेसम्म अस्प्तालबाट बिरामीलाई दिंदै आएको सबै सेवा कर्मचारीहरूले अवरुद्ध पारेका थिए ।     वीरगंज नगवाकी गर्भवती महिला सायरा खातुनलाई ब्यथा लागेपछि राति नारायाणी उपक्षेत्रीय अस्पताल ल्याइएको थियो ।     अस्पतालमा प्रसूति गराउन ल्याउँदा  अस्पतालको गाइनो वार्डमा रहेका स्वास्थ्यकर्मीहरूले डेलिभरीको कुनै लक्षण नदेखिएकोले घर लगे हन्छ, लक्षण देखिएपछि तत्काल अस्पताल ल्याउन भनेपछि खातुनलाई घर फर्काइएको थियो ।     खातुनलाई फिर्ता गरेपछि घर पुगेर उनी प्रसूत भइन् र नवजात श

एडिबीको आयोजना ढिला भएको भन्दै संसदीय विकास कोषद्वारा कारबाईको निर्देशन

Image
फेरि म्याद थप     एडिबीद्वारा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काम ढिला भइरहेको अवस्थामा म्याद पनि थप्ने काम भइरहेको छ ।     अगस्त ८ तारिखमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम पुनः थप म्याद थप भई नोभेम्बर २६ को डेटलाइन दिइएको छ ।     एडिबीको टोलीले हालै वीरगंजमा कालिका कन्टसट्रक्सनले गरिरहेको कामको निरीक्षण गरी नोभेम्बर २६ तारिखसम्म म्याद थप गरेको हो ।     यस अघि एडिबीले दुईपटक म्याद थप गरिसकेको थियो । प्रस, वीरगंज, १५ साउन/     मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाको काममा ढिलाइ भएको ठहर गर्दै व्यवस्थापिका–संसद् अन्तर्गतको विकास समितिले १५ दिन भित्र दोषीलाई कारबाई गर्न सरकारलाई निर्देश गरेको छ ।     आज बसेको समितिको बैठकले शहरी विकास मन्त्रालयलाई २० दिनभित्र रिपोर्ट पेश गर्न निर्देश गरेको हो । समितिले सो आयोजनाको काम सुस्त र गुणस्तरहीन तथा लापरवाहीपूर्ण तरिकाबाट भइरहेको भन्दै पाँच सदस्यीय टोली गठन निर्देशन दिएको छ ।     एडिबी अन्तर्गतको यो आयोजना वीरगंज, जनकपुर, विराटनगर, नेपालगंजलगायत देशका केही नगरपालिकाहरूमा सञ्चालित छ ।     वीरगंजमा सञ्चालित यो आयोजनाको काम ८०

प्रहरी नियन्त्रणमा रहेका ६ जनालाई म्याद थप, चाँडै दोषी सार्वजनिक गर्न स्थानीयको माग, राजमार्ग बन्द

Image
प्रस, निजगढ, १५ साउन/     निशान्त सापकोटा घटनामा प्रहरी नियन्त्रणमा रहेका ६ जनाको आइतवार म्याद थप भएको छ । बारा जिल्ला अदालतले १० दिनको म्याद थप गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।     यही साउन १३ गते बेलुकी करिब ५ बजे निजगढ नगरपालिका–५ गैरीगाउँमा १६ वर्षीय निशान्त सापकोटाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा छिमेकीको घरको माथिल्लो कोठामा शव फेला परेको थियो ।     सोही ठाउँका बिचारी भनिने चिमबहादुर थापाको काठेघरको माथिल्लो कोठामा घाँटी रेटिएको अवस्थामा निशान्तको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि चिमबहादुर थापा, निजकी पत्नी भवानी थापा, छोरी बिविका र छोरा विवेकलाई नियन्त्रणमा लिएको छ । थापाको खेतबारीमा मजदुरी गर्न गएका सोही ठाउँका मजदुर विजय फुयाल र कमल भट्टराईलाई पनि प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।     शनिवार फुयाल र भट्टराईलाई इप्रका परिसरमा बोलाएर गाउँलेले सोधपुछ गर्दा शङ्का लागेर निजगढ प्रहरीमा बुझाएका हुन् ।     निजगढस्थित रेडियो मध्य तराईले निशान्त घटनाको त्रुटिपूर्ण समाचार प्रसारण गरेको भन्दै केही स्थानीय रेडियो मध्य तराईमा बुझ्न गएका थिए । तर

आशावादी सोच – उपलब्धि र उन्नतिको स्रोत

Image
अनन्तकुमार लाल दास     अनुभवी र दूरदर्शी मानिस छिट्टै निराश हुँदैनन् । उनीहरू सधैं सङ्घर्षका लागि तयार भई बस्छन् । उनीहरूले जहिले पनि आप्mनो सम्पर्कमा आउने दुःखी मानिसलाई दुःखी हुने कारण सोधी हौसला प्रदान गर्छन् । जीवन दुर्घटना होइन । यो एक प्रकारको सङ्घर्ष हो । यस प्रकारको सङ्घर्षले हामीलाई अझ सशक्त ढङ्गले जीवन निर्वाह गर्ने प्रेरणा प्रदान गर्दछ । जुन बेला तपाईं हिंडदाहिंडदै लड्नुभएको थियो र पुनः एक छिनमैं उठेर हिंडनुभएको थियो, त्यस बेला के तपाईं निराश हुनुभएको थियो ? पक्कै हुनुभएको थिएन, किनभने त्यस बेला तपाईंलाई दुःख र सुखबारे थाहा नै थिएन ।     जसरी बादलको स्वभाव धर्तीलाई पानी प्रदान गर्नु हो, सूर्यको स्वभाव गर्मी र ऊर्जा प्रदान गर्नु हो, चन्द्रमाको स्वभाव शीतलता प्रदान गर्नु हो, त्यस्तै मानिसको वास्तविक स्वभाव सधैं प्रसन्न हुनु हो ।  जुन बेला हामी निराश हुन्छौं, आप्mनो स्वभावविपरीत आचरण गरिराखेका हुन्छौं । त्यस बेला हामी तनावमा हुन्छौं । निराशा हाम्रो स्वभाव होइन । हामी कुनै कारणले निराश भए पनिे त्यसको नराम्रो प्रभाव हामीमाथि पर्छ तर अन्त्यमा गएर हामी प्रसन्न नै हुन्छौं । यसको अ

कसको जिम्मेवारी

    पर्सामा बाल श्रमिकहरूको सङ्ख्या बढदो छ । अनुमानित सङ्ख्या तीन सयको हाराहारीमा देखिन्छ । बालश्रमिकको हकमा काम गर्ने संस्थाहरू पनि पर्सामा प्रशस्तै छन् । हालै यसबारे गरिएको एक कार्यक्रममा वीरगंजमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरू २९ वटा देखिएको थियो । कार्यक्रममा सहभागिता जनाउने संस्थाहरूले बालबालिकाको हकमा कुनै उल्लेख्य काम गर्न सकेको देखिएको छैन । यदि उनीहरूले यो क्षेत्रमा गतिलो काम गरेको भए अहिले वीरगंज शहरमा बालश्रमिकहरूको अवस्था यस्तो हुने थिएन । विभिन्न कारणले बालबालिकाहरू श्रम गर्न बाध्यकारी अवस्थामा पुगेका हुन्छन् । उनीहरूलाई श्रमिकको रूपमा काम गराउनेहरूको पनि बाध्यकारी अवस्था हुन सक्छ । तर यसो भन्दैमा बालबालिकाहरूलाई उनीहरूको क्षमताभन्दा बढी काम गराउनु, शिक्षाबाट वञ्चित पार्न भने कदाचित पाइन्न । तथ्याङ्कमा ३०० बालबालिका रहेको देखाइपनि अझ लुकेको बालश्रम कति होला १     वीरगंज शहर र पर्साको ग्रामीण क्षेत्रमा अहिले बालश्रमिकहरूको कहालीलाग्दो अवस्था सार्वजनिक भएको छ । उनीहरूलाई क्षमताभन्दा बढी काम गराउने, जोखिमपूर्ण काममा लगाउने, अनि कामको उचित दाम पनि नदिने । बालबालिकाह

२०७४ साउन १५ गते आइतवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

हत्या घटनाले दिनभर इप्रका घेराउ, आक्रोशित भीडद्वारा दुई घण्टा राजमार्ग बन्द

Image
प्रस, निजगढ, १४ साउन/     निजगढमा निशान्त सापकोटाको छिमेकीकहाँ हत्या भएपछि निजगढवासी आतङ्कित देखिएका छन् ।     निजगढ–५ गैरीगाउँका १६ वर्षीय निशान्त सापकोटाको शुक्रवार बेलुकी करिब ५ बजे निजकै घरबाट १५/२० दूरीमा रहेको छिमेकी साथी बिविका थापाको घरैभित्र घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो ।     निशान्तको विभत्स हत्या भएपछि गाउँटोल नै शोकमा डुबेको छ । छोराको हत्या खबरपछि आमा मनिता पटकपटक मूर्छित भइरहेकी छन् । सोच्नै नसकिने गरी निशान्तको हत्या भएको गाउँलेहरूको भनाइ छ । निशान्तका बुबा मनोज सापकोटा वैदेशिक रोजगारमा छन् ।     बिचारी भनिने चिमबहादुर थापाको काठेघरको माथिल्लो कोठामा घटना भएको हो । घरधनी बिचारी, निजकी श्रीमती भवानी थापा, छोरी बिविका र छोरालाई प्रहरीले अनुसन्धानका लागि हिजै नियन्त्रणमा लिइसकेको छ ।     प्रहरीले घटनाबारे गहिरो अनुसन्धान थालेको प्रतिक्रिया दिएको छ । तर दोषीको पहिचानको बारे अहिले प्रहरीले केही तथ्य बाहिर सार्वजनिक गरेको छैन । “घरै नजिकको छिमेकी घरको माथिल्लो कोठामा दिउँसै घटना घटेको छ । घाँटी रेटिएको अवस्थामा आलै रगतमा डुबेको शरीर फेला परेको छ । अनुसन्धान गरिर

वीरगंजमा वृहत् रक्तदान, २८२ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १४ साउन/     वीरगंज युवा समाजको चौथो वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ६६ महिलासहित २८२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।     संस्थाका अध्यक्ष कमल चौगाईंको अध्यक्षता र पर्साका प्रजिअ केशवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शारदा देवी, चनरमति देवी, प्रमोद परियार, सुनील तिमिल्सिना, सुनील राय,  सुरेश पहाडी, योगेन्द्र सिलवाल, ओमप्रकाश सर्राफ, राम राई, देवराज अर्याल, विक्की सर्राफ, सन्नी पासवान, गोपी सुवेदी, सुशीलकुमार राई, प्रेम राउत, राजु पटेल, अलीअसगर आलम, हरिकिशोर साह, सचिन गुरुङ, विशाल प्रधान, हरिन्द्र पटेल, चन्दन श्रीवास्तव, युवराज अर्याल, अनिल चौरसियालगायतले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।     कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए ।

मापसेको कारण दुर्घटनामा वृद्धि, ७३५ जनाको मृत्यु

प्रस, वीरगंज, १४ साउन/     गत आव २०७३/२०७४ मा मध्यमाञ्चल क्षेत्रभित्रमा सवारी दुर्घटनामा परी ७३५ जनाले ज्यान गुमाएको मध्य क्ष्Fेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।     गत आवमा भएकोे १०६९ वटा सवारी दुर्घटनामा मानिसहरूको ज्यान गएको सो कार्यालयले जनाएको छ ।     दुर्घटनामा सबैभन्दा बढी ५२९ जना पुरुष, ११६ जना महिला, ६३ जना बालक र २७ जना बालिकाको ज्यान गएको हो । सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन रहेको सो कार्यालयले जनाएको छ ।     मदिरा सेवन गरी गाडी चलाउँदा चालकले आप्mनै गाडी लडाएको, अरू सवारी साधनमा गएर ठोकेको प्रहरीले जनाएको छ ।     सोमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटनाबाट बढी ज्यानको क्षति भएको तथ्याङ्कले देखाएको छ ।     दुर्घटनामा मोटरसाइकल ५७७, ट्रक–ट्याङ्कर ३१६, कार–जीप–भ्यान १९८, बस १९४, ट्याक्टर १३०, टेम्पो १४ र अन्य सवारी साधन ३५ वटा संलग्न रहेको तथ्याङ्कमा उल्लेख छ ।

ठेकेदारको लापर्बाहीले आत्मारामपथ कालोपत्रे भएन

Image
प्रस, वीरगंज, १४ साउन/     तिलावे पुलदेखि सबैठवा–भिस्वासम्मको आत्मारामपथ ठेकेदारको लापर्बाहीको कारण आर्थिक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न नभएको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।     ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडकको स्तरोन्नति हुन नसकेको जिससले जनाएको छ ।     सो सडकखण्डमध्ये १३ किलोमिटर सडक कालोपत्रे गर्न रु. ९ करोडमा गौरी पार्वतीले ठेक्का सकार गरेको थियो ।     गौरीपार्वतीका सञ्चालक रामकुमार थापाले वीरगंजको मोना कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियालाई पेटी कन्ट्राक्टमा ठेक्का दिएको कारण काममा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय पर्साका इन्जिनियर दीपक मिश्राले बताए । ६ जुलाई २०१६ सम्म काम सम्पन्न गर्ने मिति नेपाल सरकारले दिएकोमा पटकपटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न नगरेको ई. मिश्राले बताए ।     ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि अटेर गरिरहेकोले सो ठेक्का रद्द गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेपछि मुख्य ठेकेदार थापा कार्यालय आई सम्झौता गरे अहिलेसम्म पनि काम नगरेको उनले बताए ।     सो सडकखण्ड कालोपत्रे नहँुदा सबैठवा तथा भिस्वाको बीचमा

नयाँ औद्योगिक क्षेत्र ः आलाप र औचित्य

Image
ओमप्रकाश खनाल     सरकारले विभिन्न स्थानमा १० वटा नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन शुरू गरेका समाचारहरू सञ्चारमाध्यममा आएका छन् । यसअघि नै १० वटा औद्योगिक क्षेत्र अस्तित्वमा रहेको सन्दर्भमा अहिले प्रत्येक प्रदेशमा एउटा पर्ने गरी नयाँ औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । मुलुकको औद्योगिक र आर्थिक विकासका निम्ति औद्योगिक क्षेत्रको सापेक्ष उपयोगलाई अस्वीकार गरिनुपर्ने कारण छैन । तर यसमा अहिलेसम्मको अभ्यास, उपलब्धि र यसका आधारमा लक्षित उद्देश्यको औचित्यलाई केलाउनु उपादेयताका सन्दर्भमा लाभदायी हुनेछ ।     औद्योगिकीकरण, उत्पादन र रोजगारका अवसरको विस्तार, निर्यात अभिवृद्धि र आयात प्रतिस्थापनमार्पmत् अर्थतन्त्रलाई माथि उठाउने सपनाको तानबाना बुन्न थालिएको दशकौं बितिसकेको छ । यसबीच निर्यात प्रवद्र्धनको अभिप्रायले निर्यात प्रवद्र्धन क्षेत्र र त्यसपछि विशेष आर्थिक क्षेत्रका देखावटी प्रयत्न सतहमा आएकै हुन् । सरकारले विशेष आर्थिक क्षेत्र ऐन पनि बनाइसकेको छ । तर यसको प्रभावकारिता कसैबाट लुकेको छैन । बल्लतल्ल भैरहवामा निर्माण भएर पनि यो संरचना लगानीकर्ताका लागि उ

दुःख के हो ?

    वास्तवमा कामनाहरूको अपूर्ति नै दुःख हो र कामनाहरूको पूर्ति सुख हो । सुख–दुःख परिस्थिति मात्र हो– अनुकूल परिस्थिति सुख हो र प्रतिकूल परिस्थिति दुःख हो । यहाँ चर्चा केवल दुःखको गरिंदैछ ।     हामी सबैको जीवनमा कुनै न कुनै अंशमा कुनै पनि बेला दुःख अनिवार्यरूपले आइ नै रहन्छ, यस कारण यो प्रश्न उठ्छ कि आखिर दुःख के हो ? जब त्यो हाम्रो जीवनमा आउँछ, तब हामी विह्वल हुन्छौं, अधीर हुन्छौं र आपूmलाई अभागी भन्छौं, भाग्यलाई दुत्कार्छौं वा ईश्वरको निन्दा गरी उनलाई निष्ठुर र हृदयहीन भन्छौं ।     तर भाग्य स्वयम्मा त केही होइन । हाम्रो कर्मबाट प्रारब्ध भनौं वा भाग्य भनौं, बन्दछ । यसै कारण भाग्यको के दोष छ ? दोष त हाम्रो र हाम्रो कर्मको नै हो ।     कहिलेकाहीं मानिस यस्तो पनि भन्छ– हामीले जानी–नजानीकन कुनै गलत कार्य गरेका थिएनौं, कसैलाई पनि सताएनौं, तर हामीसँगै किन यस्तो भयो ? यहाँ हामीसँग भूल हुन्छ भने हाम्रो प्रारब्ध केवल यसै जन्मको कर्मको फल होइन, बरु पूर्व जन्म–जन्मान्तरको सञ्चित कर्मको फल हो । त्यसै अनुसार अनुकूल वा प्रतिकूल परिस्थिति हाम्रो जीवनमा आउने नै छ ।     यदि हामी दुःखलाई ईश्वरप्रदत्त सजा

२०७४ साउन १४ गते शनिवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

शहरीमन्त्री प्रभु साहद्वारा वीरगंजको स्थलगत अनुगमन

Image
प्रस, वीरगंज, १२ साउन/     शहरी विकास मन्त्री प्रभु साहले विकासको काममा लापर्बाही र ढिलासुस्ती गर्नेलाई कुनै पनि हालतमा छुट नदिने बताएका छन् । वीरगंज आसपासमा भइरहेका विकास योजनाको अनुगमन गर्न वीरगंज आएका मन्त्री साहले सबै योजना सम्पन्न गरी जनतालाई दुःख दिने काम बन्द गर्न विभिन्न निकायलाई निर्देशन दिएका छन् । बिहान ९ देखि शुरू भएको अनुगमन ११ बजेसम्म चलेको थियो । मन्त्रीसहित सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरूको टोलीले वीरगंजमा निर्माणाधीन भूमिगत नाला, सडक, दोस्रो बाईपास सडक, फोहरमैला व्यवस्थापन केन्द्र, फोहर पानी प्रशोधन केन्द्र, एकीकृत जाँच चौकी (आइसीपी), प्रस्तावित कृषि बजार र वीरगंज बसपार्क साइटको स्थलगत अनुगमन गरेको थियो ।     अनुगमनको क्रममा मन्त्री साह वीरगंजको बसपार्क पुग्दा निर्माण कार्यबारे जानकारी दिने आधिकारिक व्यक्ति कोही थिएनन् । १७ करोड ७३ लाखको लागतमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण योजना २०७२ चैतदेखि सञ्चालित रहेकोमा ठेकेदारको लापर्बाहीको कारण हालसम्म पूरा भएको छैन । मन्त्रीको टोली ठूल्ठूला खाल्डाखुल्डी परेको, हिलो र पानी जमेको बसपार्कमा पुग्दा यात्रुह

रौतहटमा तीन हजार बालिकालाई साक्षर बनाउने अभियान शुरू

प्रस, रौतहट, १३ साउन/     नेपालको शैक्षिक सूचाङ्क अनुसार रौतहट जिल्ला सबैभन्दा कम साक्षर जिल्लामा पर्छ ।     जिल्लालाई पूर्ण साक्षर बनाउने उद्देश्यका साथ विश्व शिक्षाको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा परियोजना सञ्चालन गरिएको छ ।     परियोजना अन्तर्गत यस वर्ष निरक्षर बालिकालाई साक्षर बनाउने उद्देश्यका साथ जिल्लाभरि करिब ३० जनाको दरले ११३ गेट कक्षा र सोही गेट कक्षाका किशोरीहरूको आमाहरूको लागि ५५ आमा कक्षा सञ्चालन हुन लागेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले बताए । गेट र आमा कक्षामा पढाउने सहजकर्ताहरूको जिल्लाको चन्द्रनिगाहपुरमा सञ्चालित तालिम अन्तिम चरणमा रहेकोले आगFमी साउन १७ गतेदेखि कक्षाहरू सञ्चालन हुने अध्यक्ष हुसैनले जानकारी गराए । जिल्लाको प्रायः सबै गाउँपालिकामा परियोजना अन्तर्गत सञ्चालित किशोरी शिक्षा कार्यक्रममा करिब २५ सय बालिका तथा त्यस किशोरीका करिब ८५० जना आमा २०७३ सालमा साक्षर भइसकेका छन् । पछिल्लो वर्ष सञ्चालन भएको करिब ६२ गेट कक्षाका करिब १७६० किशोरीमध्ये करिब १३५० जना किशोरीको नजिकका विद्यालयमा नामाङ्कन गराइ नियमित शिक्षासँग जोड्न सफल भएको कार्यक्रम स

पर्सामा ३०० बालश्रमिक, सम्बन्धित निकाय झारा टार्दै

Image
प्रस, पोखरिया, १३ साउन/     पर्साको ग्रामीण क्षेत्रमा बाल श्रमिकहरूको सङ्ख्या दिनानुदिन बढदैछ । घर परिवारको अवस्था कमजोर भएको र आमाबुबा नभएका बेवारिसे नाबालकहरूलाई श्रममा लगाउने काम भइरहेको छ । यसमा सरोकारवालाहरूले खासै रुचि देखाएका छैनन् ।     विभिन्न कारणले श्रम गर्न बाध्य बाल श्रमिकहरूलाई उनीहरूको क्षमताभन्दा बढी काम गराउने र सो अनुसारको पारिश्रमिक र सेवा नदिने गरेको पाइएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका, विन्दवासिनी, बहुअर्वाभाठा, लङ्गडी, जानकीटोला, भिस्वा, महुवन, रङ्गपुर, सुवर्णपुर, महुवनलगायत स्थानमा होटल, पसलहरूमा बालश्रमिकहरूको सङ्ख्या प्रशस्त छ । उनीहरूको क्षमताभन्दा बढी मालिकहरूले काम गराउने गरेका छन् । करिब १० देखि १५ वर्ष उमेरका यी बालबालिकाहरूलाई ८ घण्टाभन्दा बढी जोखिमपूर्ण काम गराउने गरेको पाइएको छ ।     पर्सा जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको सङ्ख्या २९ जति छ तर कसैले पनि बालश्रमविरुद्ध आवाज उठाएका छैनन् । बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म मालिकले न्यूनतम पारिश्रमिक रु २ हजारदेखि ५ हजारमा काम गराउने गरेको होटल, पसलमा कार्यरत बालश्रमिक

वैशालीमा अवस्थित अशोकस्तम्भनिर गरिएको बज्जिका गोष्ठीको महŒव

Image
सञ्जय मित्र     भारत विहारको वैशाली जिल्ला पौराणिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै महŒवपूर्ण छ । राजा जनकले गरेको धनुषयज्ञमा गुरु विश्वामित्रका साथ लक्ष्मण र राम जनकपुर जाँदा गङ्गा नदी पार गरेर एक रात यहीं बसेका थिए । त्यति बेला विशालागढ (वैशाली)का राजा सुमति थिए । सुमति विशालागढका संस्थापक राजा विशालका तेह्रौं पुस्ताका राजा मानिन्छन् । राजा विशालको दरबारको भग्नावशेषलाई त्यहाँ सुरक्षित गरिएको छ । त्यहाँ रहेको अशोकस्तम्भभन्दा केही दक्षिणतिर राजा विशालको दरबारको भग्नावशेष छ ।     वैशाली प्राचीन विश्वसुन्दरी आम्रपालीको ठाउँ पनि हो । आम्रपाली भगवान् गौतम बुद्धका समकालीन हुन् । भगवान् बुद्ध र आम्रपालीको भेटघाट भएको थियो, दुवैको भौतिक जीवनको करिब अन्तिम दशकतिर।     सम्राट अशोकले निर्माण गराएको अशोकस्तम्भ भएको ठाउँ इतिहासमा चानचुने हुन सक्दैन । बौद्ध धर्मसँग निकै सन्निकट रहेको यो ठाउँ शैव धर्मको पनि उत्तिकै सन्निकट छ । अति प्राचीन शिवलिङ्ग रहेको छ । चतुर्मुखी शिवको मन्दिर दर्शनीय छ ।    विश्वको पहिलो गणतन्त्रात्मक व्यवस्थाको लागि प्रसिद्ध वैशाली गणराज्यको केन्द्रमा सर्वप्रतिष्ठित पुष्क

मलाई बुहारी चाहियो

Image
– समीर पाख्रिन गताङ्कको बाँकी     मनबहादुर ः बेलुकीसम्म घर पनि आइपुग्छन् दीपक भान्जा । अहिलेसम्म भान्जाको लागि केटी खोज्न सकिएन दिदी ।     दिदी ः त्यही त । अब केटी त हेरेकै हो नि । कोही पनि लायकको भेटिएन त । एउटी होला होला जस्ती थिई । त्यो पनि बिहान ७ बजेसम्म सुत्दी रहिछे । राति सुत्ने बेलामा गोडामा चिल्लो घस्छे कि भनेको त ऊ त रातभर मोबाइल खेलाएर बस्दी रहिछे । आ अब आएपछि आपैंm खोज्छ ।     मनबहादुर ः अब के गर्ने त । ल म त्यति खबर दिन आएको गएँ ।     दिदी ः पख पख एक क्षण । भान्जा आउँदैछ भनी हालिस् अब भाले काटेर जा ।     मनबहादुर ः ल ल कन्जुस बूढी । जाबो तीस हजार रुपैयाँँ लिएको पनि कागज गराउँछौ ।     समय ः अपराह्न । स्थान ः गाउँको उकालो बाटो ।     दृश्य ः अस्ट्रेलियन नागरिक जेन नेपालको डाँडाकाँडा, उकालीओराली हिंड्न र हेर्न पाएर होली खुबै रमाएकी देखिन्छे ।     दीपक ः जेन दिस इज् माइ बर्थ प्लेस । आइ लभ माइ बर्थ प्लेस भेरी मच् ।     जेनः डिपक भेरी नाइस् एन्ड ब्युटिपूmल प्लेस । आई लाइक इट ।     दीपक ः  क्यान यु क्लाइम् द हिल ?     जेन ः ह्वाइ नट आई क्यान ।     दीपक ः माई मदर इज् लिटल बिट कन्

इतिहासको नासो खुला सिमाना

Image
चन्द्रकिशोर     संसार सिमानाहीन भइरहेको बेला नेपालको दक्षिणी सीमा जो इतिहासको नासोको रूपमा खुला प्राप्त भएको छ, त्यो सीमाका  सम्बन्धमा अचेल सीमाञ्चलका बासिन्दाहरूमाझ बहस उठिरहेको छ– अबको सीमाञ्चल सम्बन्ध कस्तो हुनुपर्छ ? नेपालको वा भारतको आँखाबाट सीमाञ्चल सम्बन्ध अब पुरानो सुरक्षा अवधारणाभित्र नअट्ने भएको छ । खुला सीमालाई वरदानको रूपमा कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो । सीमा क्षेत्रमा देखा परेका जोखिमहरूलाई कसरी न्यून गर्ने, दुवैतिरको कार्यभार हो । सीमा सम्बन्धमा देखा पर्दै गएका अवरोध र त्यसको नियमनका लागि गरिने सैन्य प्रयासको मानसिकताले गर्दा सीमाञ्चल क्षेत्रमा पर्ने सामाजिक–आर्थिक असरहरूबारे अहिले पनि नेपाली पक्षमा चिन्ता र चासो देखिएको छैन । मिडियाका विभिन्न माध्यमहरूबाट जे जति घटनाहरूको बेहोरा बाहिर ल्याइएको छ, त्यसले प्रस्ट गर्दैछ कि सीमाञ्चलका सम्बन्धमा हस्तक्षेप गर्ने गरी केही प्रवृत्तिहरू शक्तिशालीरूपमा उदाइरहेका छन् ।     नेपाल–भारतबीच खुला सीमा प्रणाली छ र यो नै यी दुई मुलुकबीचको सम्बन्धको मौलिक विशेषता पनि हो । दुवै देशका बासिन्दाहरू बिना कुनै रोकटोक जहिले पनि जुनसुकै

खर्बौ रुपैयाँ लगानी बालुवामा पानी खन्याए जस्तै

Image
वैद्यनाथ ठाकुर     यो हप्ता प्रत्येक नेपालीको थाप्लोमा चौबीस हजार रूपैयाँ ऋण रहेको समाचारले निकै चर्चा पायो । चर्चा पाउनु स्वाभाविक पनि हो । ६ खर्ब ९२ अर्ब रूपैयाँ विदेशी ऋण आखिर नेपाल सरकारले केमा खर्च गरेको छ त ? नेपालीहरूको जीवनस्तरमा कतै पनि अपेक्षित सुधार देखिंदैन । जनजीविका उकास्ने, रोजगार प्रदान गर्ने, साना, मझौला वा ठूला कुनै पनि स्तरका उद्योग, कारखानाहरू सरकारको स्वामित्वमा खोलेको देखिंदैन । देशभरिमा कहीं पनि सडकको अवस्था राम्रो छैन । राजधानी जस्तो ठाउँमा स्कूले बालिका सडकमैं वर्षाको पानीमा गायब हुन्छिन् र मर्छिन् । गर्मीभरि धुलाम्मे रहने तथा वर्षात्भरि हिलाम्मे नरहने हाम्रो सडकको अपवाद देशभरिमा कुनै पनि ठाउँ, गाउँ वा शहर छैन । दादुरा भएर अनुहारभरि छ्याके दाग भएकोभन्दा बढी खाल्डाखुल्डी भएका हाम्रा सडकहरू छन् ।     विद्युत्मा अपेक्षाकृत हिजोका दिनहरूभन्दा अलि सुधार भएको देखिए पनि अभैm कतिखेर लाइन कट्ने हो ठेगान नै हुँदैन । दिनभरिमा बत्ती कतिपटक जाने त्यसको कुनै विश्वसनीय केन्द्र छैन, जहाँबाट जानकारी पाइयोस् । तपाईं इन्डक्सन चुल्होमा खाना पकाइराख्नुभएको छ र जागीरमा पनि जानु छ

जनस्वास्थ्यको लापर्बाही

    सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै गए पनि अहिलेसम्म दूरदराजका गाउँका मानिसहरू गैरचिकित्सकसँग सेवा लिएर समस्यामा पर्ने र कतिपय घटनामा ज्यानसमेत गुमाउँदै आएको पाइएको छ । पर्सा जिल्लामा अहिले प्रत्येक गाविसमा स्वास्थ्य चौकी छ । सदरमुकाम वीरगंजमा एक दर्जनको हाराहारीमा अस्पतालहरू छन् भने एउटा मेडिकल कलेज पनि छ । नर्सिङ होम र क्लिनिकहरूको कुरै नगरौं, सयौंका सङ्ख्यामा हुन सक्छ । गाउँको कुरा गर्ने हो भने पनि पोखरियामा जिल्ला अस्पताल छ । गाउँबाट बिरामी बोकेर ल्याउने एम्बुलेन्ससहित सवारीका अन्य साधनहरू पनि विद्यमान छन् ।     अहिले सञ्चारको युगमा मोबाइल, नेटबाट सबैको सम्पर्क सबै ठाउँमा बनिसकेको छ । गाउँका थुप्रै युवाशक्ति वैदेशिक रोजगारको लागि विदेशिएका छन् र उनीहरूले त्यहाँ उपलब्ध सेवाहरूको बारेमा पनि घरमा चर्चा परिचर्चा गरेकै हुनुपर्छ । कुनै जमाना थियो, गाउँलेहरू झोले चिकित्सकहरूको ठगीको शिकार हुन बाध्य थिए । सानोभन्दा सानो उपचारको लागि पनि छिमेकी भारत अथवा वीरगंज वा छिमेकी जिल्ला चितवन जाने गरिन्थ्यो । गाउँमा उपलब्ध सेवा सुविधाहरूभन्दा पृथक खाले समस्या भएको खण्डमा मात्र अहिले सदरमुक

२०७४ साउन १३ गते शुक्रवारको प्रतीक दैनिक

Image
पढ्न यहाँ क्लिक गर्नुहोस् ।

मङ्सिरदेखि परवानीपुर–गण्डक चार लेन सडक निर्माण शुरु हुने

Image
प्रस, परवानीपुर, १२ साउन/     वीरगज–पथलैया सडकखण्डको परवानीपुरदेखि गण्डक चोकसम्म ४ लेनको सडक विस्तार कार्य आगामी मङ्सिरदेखि शुरु हुने भएको छ ।     सडक विस्तार हुने कुरा वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले बताएको छ । सडक विस्तार कार्यका लागि आह्वान भएको बोलपत्रमा ८ वटा ठेकेदार कम्पनीले बोलपत्र दर्ता गराएको र एक महिना भित्र ठेक्का प्रक्रिया थालिने योजना कार्यालयले जनाएको छ ।     ४ किलोमिटर दूरीको सडक विस्तारको लागि करिब रु ४० करोडको लागतमा कार्यालयले गत जेठ २९ गते बोलपत्र अह्वान गरेको थियो । बोलपत्रको एक महिनाको समय सीमामा पप्पु /कनटेक, सपना, आशिष/रोशन, बिरुवा/कञ्चन, मोतीदाना, आश्रयलगायत ८ वटा कम्पनीले बोलपत्र हालेको उनले बताए । ‘ठेकेदार कम्पनीहरूको मूल्याङ्कनको काम चलिरहेको छ, २०/२५ दिनमैं ठेक्का प्रक्रिया पूरा भई ठेकेदार कम्पनीहरूसँग सम्झौता भई काम थालिने इन्जिनियर यादवले बताए । कसरी हुन्छ सडक विस्तार     हाल सडकको मध्यबिन्दुबाट २५/२५ मिटर दायाँबायाँ सडकको विस्तार कार्य हुनेछ । चार लेन सडकको बीचमा चार मिटरको हरित क्षेत्र (डिभाइडर) हुन्छ । डिभाइडरको दायाँबाय

हनुमाननगर खानेपानी आयोजना आँशिक सञ्चालनमा, घरघरमा धारा जडान भएपछि स्थानीय हर्षित

Image
प्रस, ठोरी, १२ साउन/     ठोरीमा बसोबास शुरु भएदेखि पिउनेपानीको समस्या झेल्दै आएका हनुमाननगर र गौतमनगरका बासिन्दा अब उक्त समस्याबाट मुक्त हुने भएका छन् । हनुमाननगर खानेपानी आयोजना बाट आंशिकरूपमा पिउने पानी वितरण शुरु भएसँगै उक्त समस्याबाट ठोरीवासी मुक्त हुने विश्वास पलाएको छ ।     साबिक ठोरीको हनुमाननगर, गौतमनगर, सुन्दरबस्ती र टाउनप्लान चार वडालाई लक्षित गरी आयोजना निर्माण भएको भए पनि पहिलो चरणमा अति प्रभावित दुई वडामा पानी वितरण कार्य शुरु गरिएको उपभोक्त समितिका अध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए । हनुमाननगर र गौतमनगरको माथिल्लो भेगमा मेनपाइप बिच्छ्याउने कार्य सकिएको र ९० घरधुरीमा खानेपानी समेत वितरण भइसकेको उनले बताए ।     पिउने पानीको मुहान गाउँ नजिक नहुँदा वर्षाको समयमा खोला तथा इनारको पानी पिउन बाध्य यस क्षेत्रका बासिन्दालाई लक्षित गरी धारा वितरण गरिएको उनले बताए । तत्कालका लागि पिउने मात्रै पानी व्यवस्था गर्न दैनिक एक घण्टा जेनेरेटर चलाएर पानी वितरण गरिएको अध्यक्ष सापकोटाले बताए । आयोजना सञ्चालन भएको स्थानसम्म विद्युतीकरण नपुगेकोले महँगो जेनेरेटर चलाएर महँगो शुल्क तिरेर भए

बालिका विनिताको मृत्युबाट सिक्नुपर्ने पाठ

Image
ई. गोपाल श्रेष्ठ     हाम्रो देश अचम्मको छ — पानी परेन भने खेतीबाली लगाउन पाइएन भनी हामी चित्कार गर्छौं — पानी प¥यो भने फेरि अव बाढी, पहिरो आउने भयो भनी भयभित हुन्छौं । वाढी, पहिरोबाहेक आजकल थप एकदुईवटा त्रासदी पनि थपिएको छ — ती हुन्, सडक जलमग्न हुनु र सडकको खुला ढलले दुर्घटना निम्त्याउनु । वर्षात्मा गाडी गुडने सडक जलमग्न हुन्छ । यो अवस्थामा सडकको ठाउँठाउँमा  भएको ढलको ढक्कन छ, छैन थाहा हुँदैन र यही कारणले गर्दा साइकल, गाडी, मोटरसाइकल ती खुला ढलमा खसी दुर्घटना हुनु स्वाभाविक हुन गएको छ । यसपालिको वर्षामा त झन् काठमाडौं, नेपालटारकी १० वर्षीया विनिता फुयालको जलमग्न सडक ढलमा परी मृत्यु नै भयो । यो दुर्घटना सडकको दुर्दशाप्रति वालिकाको अज्ञानताको कारण भएको पक्कै हो, तर सडकको दुर्दशा प्रति जिम्मेवार नबन्ने सम्बन्धित निकाय ‘सडक विभाग’ र आफैंले प्रयोग गर्ने सडक मरम्मतका लागि सरकारको मात्र मुख ताक्ने बानी परेका र सडक तथा ढल मरम्मतजस्ता काम गर्नु/गराउनु तथा सम्बन्धित निकायमा दबाब दिनु आप्mनो जिम्मेवारीभन्दा टाढाको ठान्ने स्थानीय बासिन्दाको पनि उत्तिकै दोष छ ।     सम्बन्धित सरकारी पक्षको लापरवाह

सङ्घीयता, स्रोतको बाँडफाँड र द्वन्द्व

Image
शीतल महतो     नेपालका लागि सङ्घीयता नयाँ अभ्यास हो । नेपालको संविधानले मुलुकको सङ्घीय संरचनामा तीन तहको व्यवस्था गरेको छ । जस अनुसार केन्द्र वा सङ्घ, प्रदेश र स्थानीय तह । स्थानीय तह भनेको स्थानीय सरकार पनि हो । त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका प्रतिफल र अवसरलाई आम नागरिकसम्म पु¥याउन स्थानीय तह अत्यन्त प्रभावकारी र सबल संयन्त्र मानिन्छ । स्थानीय तहमा प्रतिनिधित्वको व्यवस्था, व्यक्तिलाई दिएको स्वतन्त्रता र न्याय निरूपणको स्पष्ट पद्धतिमा प्रत्येक नागरिकको स्वाभाविक सहभागिता छैन भने त्यहाँको आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । वास्तवमा सङ्घीयता त्यति बेला प्रभावकारी हुन्छ, जब राज्यका तीनै तहसँग स्रोत तथा साधनमा उपयुक्त पहुँच र अधिकार सुनिश्चित हुन्छ । स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारबीच एवं प्रदेश–प्रदेश र प्रदेश–स्थानीय तहबीच सम्पत्ति तथा आम्दानीको यथोचित बाँडफFँड नै सङ्घीयतामा आधारित शासन प्रणालीको सफलताको प्रमुख शर्त हो । त्यसैले सङ्घीय संरचनामा मुलुकको साधन र स्रोतको न्यायोचित बाँडफाँड लगायत काम गर्न संवैधानिक अङ्गका रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परिकल