नेपालमा असार १५ लाई धान दिवस भनिन्छ । योे दिनमा धानको रोपाइँ गरिन्छ । धान रोपेको खुशीयालीमा दहीचिउरा खाइन्छ । खासमा धान रोप्नु र दहीचिउरा खानु नेपाली संस्कृतिको विशेषता हो । किनभने असार भनेको गर्मीको महिना हो । गर्मीमा सुपाच्य र सकभर शाकाहारी भोजन आयुर्वेदको आग्रह हो । नेपालमा धानले विशिष्टता पाएकोमा अचेल कृषिविज्ञहरूलाई रिस उठछ । धान मात्र किन, अन्य अन्नको उपभोग गर्ने हो भने धानमाथिको परनिर्भरता कम हुन्छ भन्ने दृष्टिकोण यस सन्दर्भमा अघि सारिन्छ । कुरा सही हो, नेपालीहरूले दुवै छाक भात नखाएर, एक छाक भात र अर्को छाक अन्य अन्न खाने हो वा कहिले–काहीं मात्र भात खाएर अरू अन्नको पनि उपभोग गर्ने हो भने ठूलो मात्रामा चामल आयात गर्नुपर्ने थिएन । तर कुरा यतिमैं समाप्त हुँदैन । नेपालीहरूका लागि धान अन्न मात्र होइन, यसको धार्मिक र सांस्कृतिक महŒव पनि छ । चामल अक्ष्Fता बनेर देवीदेउताको पूजा र धार्मिक कार्यमा प्रयुक्त हुन्छ, दशैंमा टीका बनेर मानिसको निधारमा टाँसिन्छ ।
देवी देउतालाई तिल, जौ आदि पनि चढाइन्छ तर हिन्दू धार्मिक कृत्यमा भूमि पूजा पछि धान्य पूजा गरिन्छ, सप्तधान्यको कलश बनाइन्छ । किनकि धानलाई अन्नपूर्णा, लक्ष्मीस्वरूप र ऐश्वर्यको प्रतीक मानिन्छ । भन्न सकिएला नेपालीहरूलाई भात मन पर्ने हुनाले धानलाई यति महŒव दिइयो । तर होइन, चामल वा भातको प्रकृति शीत हुन्छ, अर्थात् ठण्ढा हुन्छ । गर्मीको महिनामा पेट शीलत राख्नु चामलबाहेक अरू अन्नको बूताको कुरा होइन–पहिलो कुरा । दोस्रो अझ महŒवपूर्ण विशेषता हो, भात खाएपछि प्यास कम लाग्छ । भातले लामो समयसम्म भोक लाग्दैन । त्यसैले त हाम्रो गाउँघरतिर खेतमा काम गर्ने मजदुरहरू भात खाएर काम गर्न रुचाउँछन् । सरकारले त धेरैपछि धान दिवस मनाउन शुरु गरेको हो, वस्तुतः धान दिवस त नेपाली परम्परामा अनादिकालदेखि मनाइँदै आएको हो । असार १५ लाई धान दिवस र धानबाट बनेको चिउरा र दही खाने गरेर । त्यसबेला कृषिकर्म अति सम्मानित थियो । ‘उत्तम खेती मध्यम बान, निषिद्ध चाकरी, भिख निदान’ भनिन्थ्यो । अहिले त सरकारको अविवेकी सोच र नीतिले गर्दा कृषि ‘निदान’ स्तरमा पुगेको छ । उत्तम निकृष्टमा दर्ज हुन पुगेको छ ।
धान पानीमा पनि हुन्छ, सुखामा पनि हुन्छ, धान रातो, सेतो, कालो विभिन्न वर्णको हुन्छ । अचेल विकासको नाममा हाइब्रिड धान र रासायतिक मलले गर्दा धानको महŒव घटेको हो र आधुनिक मेशिनहरूको प्रयोगले भातलाई डाक्टरहरूले हेय बनाइदिएका मात्र हुन् । ढिकीमा कुटेको धानको भात खानुस्, डायबिटिजले केही बिगार्दैन । धान रोपाइँमा बालबालिका, युवा, वृद्धवृद्धा सबैको समावेशिता हुन्छ, अन्य अन्न रोप्दा त्यो उत्साह र उल्लास पाइँदैन । धान दिवस जनजनमा भिजेको परम्परा मात्र होइन, संस्कार पनि हो । धानको रोपाइँमा पनि विविधता हुन्छ । भोजपुरी प्रदेशमा ‘रोपा, बाओ र दतुरा’ गरी तीन प्रकारले धानको रोपाइँ गरिन्छ । कहाँ पाउनु अन्य अन्नमा यो विविधता ? धान आफैंमा संस्कृत छ । सरकारले त सिंचाइको सुविधा मात्र पु¥याइदिए पुग्छ । नहरको सञ्जाल ओछ्याइदियो भने सरकारले धान दिवस मनाएको हुन्छ । अनि कृषिले पुनः उत्तमताको पगरी गुथ्न पाउने छ ।