प्रस, वीरगंज, १३ असार/
जिल्ला समन्वय समिति, पर्साबाट सञ्चालित सुनौलो हजार दिन कार्यक्रम को ७५ प्रतिशतभन्दा बढीको रकम फ्रिज हुने समाचार प्राप्त भएको छ ।
नेपाल सरकारले जिल्ला समन्वय समितिमार्पmत् एक दिनदेखि एक हजार दिनसम्मको बालबालिका तथा आमा किशोर–किशोरीहरूलाई कुपोषित हुनबाट जोगाउन पर्सा जिल्लाको २० गाविसमा कार्यक्रम लागू गरेको छ । सोबापत चालू आवमा ८ करोड ७६ लाख रकम दिएको देखिन्छ । सुनौलो हजार दिनका कार्यक्रम संयोजक जयनारायण चौधरीका अनुसार २१ गाविसमा पहिलो किस्ताबापत २ करोड २६ लाख पठाएकोमा ३ गाविसबाहेक सबै ठाउँमा काम सम्पन्न भएको बताए ।
दोस्रो किस्ताबापत गएको रकमको अहिलेसम्म बिल भर्पाई नआएको र हिसाब किताब नदेखिएको चौधरीले बताए । असार मसान्त सकिन एक साता बाँकी रहँदा गएको रकम तथा तेस्रो किस्ताको रकम फ्रिज हुने निश्चित भएको चौधरीले दाबी गरे ।
पर्सा जिल्ला अन्तर्गत लालपर्सा, बेलवा, बसडिलवा, हरपुर, पचरुखी, बगवन्ना, मधुवन मथवल, बहुअरी पिडरी, गम्हरिया, भौराटार, बैरियाबिर्ता, अमरपट्टी, झौवागुठी, धोरे, जयमङ्गलापुर, सम्भौता, मिर्जापुर, घोडदौड पिप्रा, जानकीटोला, भिखमपुरलगायत गाविसमा कार्यक्रम सञ्चालन रहेको छ । जसमध्ये पहिलो किस्ताबापत गएको रकममध्ये जयमङ्गलापुर, अमरपट्टी, सम्भौता गाविसले अहिलेसम्म फछ्र्योट नदिएको र सो रकम बेरुजु रहेको चौधरीले बताए ।
नेपाल सरकारले पठाएको ८ करोड ७६ लाख रकममध्ये धारा जडान, कुखुराको खोर निर्माण, किशोर–किशोरीहरूको लागि सरसफाइ सम्बन्धी तालिमलगायत अन्य शीर्षकमा खर्चिने उद्देश्यले कार्यक्रम सञ्चालन रहेको चौधरीले बताए । कुपोषणबाट जोगाउन आवश्यक सम्पूर्ण पूर्वाधारलगायत जनचेतनाको उद्देश्यले सो रकम नेपाल सरकारले पठाएको देखिन्छ ।
सम्बन्धित गाविसले समूहमार्पmत् होर्डिङ बोर्ड, समूह बैठक खर्च, समूहको प्रशासनिक खर्च, तालिम, गोष्ठीमा नै खर्चने गरेको समाचार स्रोतले जनाएको छ ।
कुपोषित किशोर–किशोरी, आमा र बालबालिकाको नाममा आएको रकमबाट त्यसमा कार्यरत कर्मचारीहरू पोषित भइरहेका ती कर्मचारीले बताए । नक्कली कागजपत्र तयार गरी रकम हिनामिना गरेकोसमेत ती कर्मचारीले प्रतीकलाई बताए ।