प्रस, पथलैया, १६ असार/
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक गतिरोध अन्त्य र स्थानीय निकायको निर्वाचनमा सहभागिताका लागि आप्mनो पार्टीले हदैसम्मको लचकता अपनाउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
सर्लाही जानेक्रममा शुक्रवार सिमरा विमानस्थल आइपुगेका अध्यक्ष ठाकुरले सञ्चारकर्मीसँग कुरा गर्दै सहमतिका लागि राजपाले लचकता अपनाए पनि सरकारले त्यसलाई लत्याउँदै हिंडेको आरोप लगाए । सहमतिकै लागि लचक हुँदाहुँदै सरकारले राजपालाई भित्तामा पु¥याएको उनको भनाइ थियो ।
“अब हामीले योभन्दा कति लचकता अपनाउनु, सरकारले लचकताको फाइदा उठाउँदै हामीलाई भित्तामा पु¥याइसक्यो,” ठाकुरले भने,“हाम्रो मागका विषयमा अब पनि गम्भीर नभए सरकारलाई दिएको समर्थनका बारेमा सोच्नुपर्ने हुन्छ । राजपासँग भएको सम्झौतालाई सरकारले कार्यान्यवन गरेको भए स्थानीय निकायको निर्वाचनबाट बाहिर बस्नुपर्ने अवस्था आउने थिएन ।”
दुई नम्बर प्रदेशको निर्वाचन सार्ने विषयमा राजपासँग कुनै सहमति नभएको भन्दै ठाकुरले आपूmहरूको माग पूरा नगरिए निर्वाचन हुन नदिने चेतावनी दिए । संविधान संशोधन, स्थानीय तहको सङ्ख्या थपसहित राजपाले अघि सारेका मागलाई सम्बोधन गरिए मात्र निर्वाचन सम्भव रहेको उनको भनाइ थियो ।