बद्री पण्डित
केही दिन अगाडिको मात्र कुरा हो, कतैबाट एउटा जोरदार अभिव्यक्ति मेरो कानमा गुँज्यो, त्यो अभिव्यक्ति थियो – सिक्किम दुख्छ, दार्जिलिङ दुख्छ, तर आप्mनै मधेसको मन दुख्दैन । वास्तवमा यो अभिव्यक्ति कुनै व्यक्ति, पार्टी तथा राजनेताहरूको थिएन, निर्माणाधीन चलचित्र संरक्षणको दमदार डायलगको थियो । जसको लेखन तथा निर्देशन पूर्णेन्दु झाले गरेका हुन् । निर्देशकले यस चलचित्रमा पोलिटिक्स भित्र हुने पावर, पुलिस, प्रेस र पब्लिकबीचको कथा झल्काउने कोशिश गरेका छन् । त्यसैले आज सिक्किम, दार्जिलिङ र मधेसबारे आम नेपालीहरूको मन किन दुख्छ अर्थात् किन दुख्दैन भन्नेबारे रहेको भ्रम चिर्नुयस लेखको मुख्य ध्येय हुनेछ ।
यता नेपालमा केही दिनदेखि नेपाली मूलका दार्र्जििलङवासीले आप्mनो अधिकार, सम्मान र स्वाधीनताको विषयलाई मुद्दा बनाएर आप्mनो पहिचानको लागि लडदा फेसबूकमा बडो जोडतोडले नेपालीले समर्थन गरेको देखिन्छ तर मधेसीहरूले अधिकार, सम्मान र स्वाधीनताको विषयलाई मुद्दा बनाउँदा किन यत्रो रडाको हुन्छ ? दार्जिलिड्ढो एउटा नेपालीभाषी टोपी लगाएर नेपाली बोल्दैमा उसलाई नेपाली भन्न पछि पर्दैनौं, जबकि दार्जिलिड्ढो नेपाली बोल्ने व्यक्ति नेपाली नै हैन, उसले आपूm भारतीय भएकोमा गर्व गर्छ । हामी विभिन्न सञ्चारकर्मी, विकासकर्मी, राजनीतिकर्मी, सहकारीकर्मीहरू अनुभव आदानप्रदान तथा सिकाइको क्रममा दुई महिना पहिले म उक्त स्थानमा टियरफन्डको सहयोग र सिइडिएफको व्यवस्थापनमा आग्रा र टिस्टुड्ढा साथीहरूसँग भ्रमण गर्न जाँदा उनीहरू हामीभन्दा खरर्र नेपाली बोल्ने, रहनसहन मिल्ने, खानपान मिल्ने भनेर आप्mनै नेपाली दाजुभाई हो भनी अँगालो मार्न खोज्दा त उनीहरू अर्कै मुलुकका नागरिक देखिने व्यवहारबाट मन सा¥है खिन्न भयो । यतिसम्म कि पशुपतिनगर फर्किने क्रममा जङ्गलको बाटो पिसाब फेरौं गुरुजी भनी अनुरोध गर्दा पनि गाडि रोक्न मानेन, आखिर नेपालमा आएर रोक्यो त्यो भारतीय सचेत नागरिक ड्राइभरले ।
नेपालको वर्तमान परिस्थिति र अवस्था देखेर जोसुकै नेपाली युवा अहिले चिन्तित हुनुपर्दछ र चिन्तित छ पनि, देशमा भएको बर्षौ देखिको अशान्ति र अस्थिरतालाई चिर्दै दोस्रो संविधानसभाले ८ वर्षपछि नेपाली जनतालाई संविधान दिन सफल भएको छ ्र यस अवस्थामा निराश भएका नेपाली जनतामा थोरै भए पनि आशा पलाएको थियो ।्र जनताले सोचेको थियो संविधान आएपछि देशमा स्थायी शान्ति र सुशासन छाउने छ, देश विस्तारै विकासको बाटोमा लम्कने छ र सम्पूर्ण नेपाली जनताले परिवर्तनको आभास गर्नेछ, तर अहिलेको अवस्था देखेर म जस्ता लाखौ जनता फेरि निराश भएको छ, देशमा संविधान आए पनि मधेसी दलहरू आन्दोलनमा छन् । विश्वको सबै देशले खुशी व्यक्त गर्दा दक्षिण छिमेकी राष्ट्र भारत खुशी हुनुको साटो मौन धारण गरेको थियो ।
नेपालको तराई क्षेत्रमा पहिचान र अधिकारका लागि भन्दै मधेसवादी दलहरूले निर्वाचन बहिष्कार गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूको आन्दोलन दोस्रो संविधानसभाले संविधान जारी गर्नुभन्दा अघिदेखि चलिरहेको छ । त्यो आन्दोलनले नेपालमा नाकाबन्दीको स्थितिसमेत ल्यायो । मधेसी समुदायको पहिचान र अधिकार सुनिश्चित नगरेको र भेदभाव गरेको भन्दै भारतले अघोषित नाकाबन्दी लगाएको थियो ।
सबैले सधैं भन्दै आएको कुरा हो, मधेसीलाई अधिकार दिनुपर्छ र अहिलेसम्म मधेसीमाथि हुँदै आएको दोस्रो स्तरको व्यवहार अन्त्य हुनुपर्छ ्र मैले पनि देखेको छु कुनै मधेसीलाई देख्यो कि ‘ओं भैया, वा धोती’ भनेर सम्बोधन गरेको । के एकजना पहाडेले मधेसीलाई सम्मानका साथ ‘ओ दाई या भाइ’ भनेर सम्बोधन गर्न सक्दैन ? सबै नेपालीले यो कुरा बुझ्नुपर्छ कि मानिसको वर्ण, भाषा, धर्म र जातले राष्ट्रियता झल्काउँदैन, कपिलवस्तु वा जनकपुरमा बस्ने मधेसी नेपाली हो, दार्र्जििलङ र सिक्किममा बस्ने नेपालीभाषी भारतीयहरू हुन् । प्रकोप तथा विपद्को बेला हरहमेशा काम लाग्ने ती मधेसमा वस्ने मधेसी हुन्, नेपाल मूलका भारतीय होइनन् ।
आखिर मधेसमा सीमा मिचिए लडने त्यही मधेसी हो । आजसम्म कुन पहाडिया गएर लडेको छ । दक्षिण सीमा मिचेको त थाहा पनि हुँदैन, जबसम्म मधेसीले हो हल्ला गर्दैन । वास्तवमा सत्य हो, हाम्रो तराईवासी मधेसी दाजुभाई नेपाली बोल्न नजाने पनि, पहाडीमूलका मान्छेहरूको जस्तो नदेखिए पनि, उनीहरूले दौरा सुरुवाल टोपी नलगाए पनि जसले जे कुरा भने पनि नेपाली त हुन् र सधैं नेपालको भलो गर्छन् भनेर किन सोच्न सक्दैनौं ? जबसम्म हाम्रो सोच बदलिंदैन, हाम्रो देशको विकास हुँदैन । जबसम्म हामी नेपाली मधेसीहरूलाई सम्मान गर्दैनौं, हाम्रो मुलुक अघि बढदैन । सिंहदरबारबाट ठूल्ठूला भाषण र बजेट जति बगाए पनि । राष्ट्रियताको ढोल पिटेर कतिन्जेल हामी दिशा बदलिरहने, देशलाई कैले उत्तर, कहिले दक्षिणतिर फर्काउनेहरूको जमात बढदै छ । कूटनीति र व्यावहारिक राष्ट्रवादको सिद्धान्त अवलम्बन गरी देशलाई निकास दिने बेला आएको छ । अन्धो सिद्धान्त, सुविधा र आप्mनो तुच्छ व्यक्तिगत स्वार्थका लागि हुने झगडाले राष्ट्रियताको दियो बल्नेछैन, निभ्नेछ ।
तराई–मधेस नेपाल हो तर तराई–मधेममा बस्ने जनता नेपाली होइन, भन्ने पहाडिया शासक वर्गीय प्रवृत्तिबाट मुक्त भएर तराई–मधेस नेपाल हो र तराईवासी मधेसी जनता पनि नेपाली हुन् भन्ने ठाउँमा हामी पुग्नैपर्छ । अन्यथा अहिलेको समस्या झन् बढछ । सम्पूर्ण नेपाली मिलेर देश विकास गर्ने समयमा मधेसी दलहरूले एकातिर विरोधको आगो बालिराखेका छन् । अहिलेको यस विषम परिस्थितिमा हामीजस्ता शिक्षित युवाले सकारात्मक भूमिका खेल्नुपर्छ ्र हामी कोही कसैको उस्काहटको पछि लाग्नुभन्दा पनि वास्तबिकता के हो भन्ने बुझ्ने र समाजलाई बुझाउनतिर लाग्नुपर्छ्र । हामीले आप्mनो मात्र समुदायको हित नभएर सम्पूर्ण नेपालीको हितबारे सोच्नुपर्छ । संविधानमा के लेखिएको छ र के व्यवस्था गरिएको छ बुझ्नुभन्दा मधेसीले पहाडिया र पहाडियाले मधेसीलाई गाली गर्नतिर लागेका छौं । हामीले वास्तविकताभन्दा पर बसेर सुनेको भरमा अरूलाई गाली गर्ने प्रवृत्ति त्याग्न सकेका छैनौं ।
नेपालको संविधानसभाले पारित गरेको संविधानमा आप्mनो अधिकार सुनिश्चित नभएको भन्दै नेपालकै कतिपय नागरिक, समुदाय र राजनीतिक दलले असन्तोष व्यक्त गरिरहेका छन्, त्यसलाई सम्बोधन गर्न शासकहरू इमानदार कोशिश गर्छन् कि गर्दैनन्, एउटा गम्भीर प्रश्न देशभित्रै छ । यसमा अन्तर्राष्ट्रिय समुदायको सभ्य सरोकारलाई इन्कार पनि गर्न सकिंदैन । अहिले संविधानप्रति देखिएको असन्तुष्टि र विरोध जनताले वास्तविकता बुझ्न नसकेको कारणले गर्दा पनि हो । देशमा संविधान आए पनि अधिकांश जनता संविधानमा के लेखिएको छ, के व्यवस्था गरिएको छ भन्नेबारे अनभिज्ञ छ । औंठाछाप नेताहरूले सोचे– संविधान लेखेपछि हाम्रो काम सकियो तर उनीहरूले यसको कार्यान्वयनबारे सोच्न सकेका छैनन् ।्र त्यसैले अहिलेको बेला सम्पूर्ण सचेत र शिक्षित युवा वर्गले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।