प्रस, वीरगंज, १६ असार/
धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले भर्नाका नाममा विद्यार्थीहरूसँग शुल्क असुलेको अभिभावकहरूले आरोप लगाएका छन् ।
नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूसँग विद्यालयले जनही तीन सय रुपैयाँ भर्ना शुल्क लिएको छ । नयाँ शैक्षिक सत्रमा विद्यालयमा कक्षा १ देखि ९ सम्ममा भर्ना भएका ३५८ जना विद्यार्थीसँग जनही तीन सय रुपैयाँ लिएर विद्यालयले भर्ना गरेको अभिभावकहरूले बताएका छन् ।
सरकारले माध्यमिक तहसम्मको शिक्षा निश्शुल्क गर्दै कुनै पनि शीर्षकमा शुल्क असुल्न रोक लगाएको छ। विद्यालयले नियमविपरीत भर्ना शुल्क विद्यार्थीहरूसँग असुलेको अभिभावकहरूको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक अरमुल्लाह आलमले भने भर्ना भएका विद्यार्थीहरूसँग भर्ना शुल्क नलिई विद्यालयमा डेस्कबेन्च बनाउनका लागि अभिभावकहरूकै सहमतिमा चन्दास्वरूप जनही तीन सय रुपैयाँ विद्यालयले सहयोग लिएको बताए ।
नयाँ शैक्षिक सत्रमा कक्षा ६ देखि ९ सम्म भर्ना भएका विद्यार्थीहरूसँग मात्र चन्दास्वरूप सहयोग लिइएको प्रअको भनाइ छ ।
विद्यालयले नियमविपरीत भर्ना शुल्क लिएको विरोधमा अभिभावकहरूले बुधवार प्रधानाध्यापक आलमलाई हातपातसमेत गरेका थिए ।
यसैबीच कक्षाकोठाहरूमा डेस्कबेन्च नहुँदा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू भुइँमा बोरा र चटाइ बिछ्याएर पढ्न बाध्य छन् ।
डेस्कबेन्चलगायत विद्यालयको भौतिक सुधार कार्यक्रमका लागि जिल्ला शिक्षा कार्यालय पर्साले गत शैक्षिक सत्रमा एक लाख ७१ हजार नौ सय ४० रुपैयाँ दिएको भएपनि उक्त विद्यालयको कक्षा १ देखि ५ सम्मका कक्षाकोठामा अहिलेसम्म एउटा पनि डेस्कबेन्च नरहेको विद्यार्थीहरू बताउँछन् ।
तर विद्यालयका प्रधानाध्यापक आलमले भने सो कार्यक्रमको लागि आएको बजेटबाट १०/१२ वटा मात्र डेस्कबेन्च बनाइएको र बाँकी रकम निजी स्रोतमा राखिएका शिक्षकको तलबभत्तामा सकिएको बताए ।
पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले भने १० कक्षासम्मको शिक्षा निश्शुल्क भएकोले कुनै पनि विद्यालयले भर्ना शुल्क लिन नपाउने बताए ।