प्रस, वीरगंज, १६ असार/
कलैयाको सिद्धेश्वर खेल मैदानमा जारी तेस्रो सांसद कप टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक कलैया क्रिकेट क्लब विजयी भएको छ ।
मकवानपुरलाई ३२ रनअन्तरले पराजित गर्दै कलैया क्रिकेट क्लब लिग खेलको तेस्रो दिन विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको कलैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
कलैयाका हासिम अन्सारीले २७, सुभाष यादवले २१, त्रित दासले १६ रन बनाएका थिए ।
मकवानपुरका सबी लामाले ४, शङ्कर गजुरेलले ३ र राजु यादव तथा शङ्कर कुमारले १/१ विकेट लिएका थिए । कलैयाविरुद्ध ११३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका मकवानपुर १६ ओभर २ बलमा सबै विकेट गुमाएर ८० रनमैं सीमित रह्यो ।
मकवानपुरका सुमन सोनारले २४ र रमेश उपाध्यायले १२ रन बनाए । कलैयाका आशुतोष पटेलले ३ विकेट, रवि र हासिम अन्सारीले २/२ र सुदीप चौधरी र निखिल सिंहले १/१ विकेट लिएका थिए ।
आजको खेलको म्यान अफ द म्याच कलैयाका हासिम अन्सारी घोषित भए ।
प्रतियोगिताको फाइनल खेल भोलि वीरगंज क्रिकेट क्लब र कलैया क्रिकेट क्लबबीच हुने कलैया क्रिकेट सङ्घका कोषाध्यक्ष्F सुभाष जैसवालले बताए ।