– समीर पाख्रिन
समय ः दिउँसो । स्थान ः डाँडाघरे दिदीको घरको पिंढी ।
दृश्य ः भाइ मनबहादुर र उसकी पत्नी कुमारी डाँडाघरे दिदीसित भान्जा दीपकको बिहे बारे सल्लाह गर्दैछन्।
मनबहादुर ः यसपल्टको दशैंमा त भान्जाबाबू आउने पक्का छ । यही मौकामा केटी खोजेर भान्जाको बिहे गरिदिइहाल्ने होइन त दिदी ?
कुमारी ः हो दिदी, हजुरलाई यति ठूलो घर एक्लै सम्हाल्न गा¥हो भएको छ । मखमलीले पनि कति दिन सघाउँछे ? उसको पनि बिहे गरेर अर्काको घर जाने उमेर भइसक्यो ।
मनबहादुर ः अँ दिदी, अब अबेर गर्नुहुँदैन । तिमीलाई एउटी बुहारी त नभई भॉछैन ।
दिदी ः हो मने, तर यो घर रेखदेख गर्न सक्ने बुहारी पो पाइएला कि नपाइएला ।
मनबहादुर ः तिमी चिन्तै नगर न । भान्जालाई बुहारी म खोजी हाल्छु नि ।
कुमारी ः हो दिदी, मखमलीको बुबा यताउता हिंडिरहनुहुन्छ । खोजी हाल्नुहुन्छ नि । भान्जालाई एउटा दुलही पनि खोज्न नसक्ने के मामा ।
(लोग्ने मनेतिर पुलुक्क हेर्छे ।)
दिदी ः खोज्न त भाइ, दीपक आउँदैछ । यही मौकामा बिहे गरिदिई हालौं ।
मनबहादुर ः खोज्न त खोजौंला दिदी तर भाइमाथि पनि यसो दया माया राख्नुपर्छ नि ।
दिदी ः जिब्रो चपाएर कुरा नगर मने, भन मैले के गर्नुप¥यो ?
मनबहादुर ः मैले पनि मखमलीको बिहे गरिदिने विचार गरेको छु । बिहेलाई अलिकता खर्च दिनुपर्छ है ।
दिदी ः मेरी भदैनीको बिहेमा म के रमिता हेरेर बस्छु होला त मोरा ।
मनबहादुर ः ल त दिदी हामी लाग्यौं । (दुवै लोग्नेस्वास्नी उठेर हिंड्न तरखर गर्दै)
दिदीः ए साँच्ची १ बुहारी दही लिएर जाऊ । (भाँडामा दही ल्याएर दिन्छे) मने तँ केटी मात्र हेर्ने है, कुरा छिनाफानो चाहिं म गर्छु । यो घरमा बुहारी भएर आउनेले मेरो खटनमा बस्न सक्छे कि सक्तैन बुझेर जाँचेर मात्र कुरा पक्का गर्छु ।
मन बहादुर ः के परीक्षा नै लिने हो त दिदी ? (हाँस्छ) हा हा हा ।
दिदी ः अनि परीक्षा त लिनैपर्छ नि । यत्रो सम्पत्तिमा जो पायो त्यहीले रजाइ गर्न त्यसै पाइन्छ ।
मनबहादुर ः ल ल म खोजिदिन्छु, तिमी परीक्षाको लागि प्रश्नपत्र तयार गर्दै गर । हिंड् कुमारी ।
कुमारी ः दिदी हामी गयौं त है ।
(प्रस्थान गर्छन्)
दिदी ः ल ल जाऊ । म पनि यति मकै पिसेर मोही पार्न बस्छु ।
समय ः दिउँसोको एक बज्न लागेको छ । स्थान ः गाउँघर
दृश्य ः मनबहादुर केटी खोज्ने क्रममा विभिन्न घर र परिवारका सदस्यहरूसित सम्र्पक गर्दैछन्, कुरा गर्दैछन् । कतिपय ठाउँबाट केटीको फोटोसमेत लिने काम गर्दैछन् ।
मनबहादुर ः (फर्कने क्रममा बाटोमा स्वयम्सित) केटी त हेरियो तर दिदीले मन पराउने पो हो कि होइन । यतिका केटीहरूमध्ये कुनै न कुनै त पक्कै मन पराउँला नि । आखिर दिदी पनि त घरमा एक्लै छिन् । बुहारी त भान्जाले नल्याइ सुखै छैन । एउटी केटी खोजिदिन पाए दिदीसित तीस, चालीस हजार जति फुत्काउन पाइन्छ कि भनेको ।
समय ः अपराह्न । स्थान ः डाँडाघरे दिदीको घरको आँगन ।
दृृश्य ः दिदी गोठमा गोबर सोहर्दै छिन् । भाइ मनेकोे आगमन ।
मनबहादुर ः ए दिदी, दिदी ।
(प्लाकपुलुक हेर्दै)
दिदी ः मने म गोठमा छु बस्दै गर् । (स्वयम्सित) भाइले पक्कै केटी हेरेर आएको जस्तो छ । कसकी छोरी हुन् को नि । (हात पखालेर धोतीको छेउले पुछ्दै आँगनमा आउँछे) अँ भन् । (नजिकैको मुडा तानेर बस्दै) भेटियो त मने, भान्जाको लागि केटी ?
मन बहादुर ः दिदी, वारि गाउँ पारि गाउँ कतै नछाडी डुलियो । केटीहरू त छन् तर कसैको कपाल घामले डढेको जस्तो आधा कैलो आधा रातो देखियो । कोही अहिले पूmटबल खेल्न निस्किएको खेलाडी जस्तो छोटा–छोटा कट्टु लगाएका, कोही मोबाइल आपूmतिर फर्काएर थुतुनो चुच्चो बनाएर बसेका थरीथरी देखिए । तर केही घरबाट भने फोटो लिएर आएको छु । ल हेर्नाेस् । (कोटको खल्तीबाट फोटो झिकेर देखाउँदै) यिनीहरू चाहिं कोही शहरमा पढ्दैछन् अरे कोही चाहिं सानातिना जागीर खाँदैछन् अरे ।
दिदी ः (फोटो हेरेपछि झर्काे मान्दै) ककसको पात्तिएका छोरीहरूको फोटो बोकेर आइस् मोरा ? मलाई त कुनै पनि मन परेन । (स्वयम्सित) कहाँ खोज्ने होला यो घर धान्न सक्ने बुहारी ?
मनबहादुर ः यतिका केटीहरूमध्ये एकजना पनि मन परेन दिदीलाई ?
दिदी ः अहँ, मलाई त कोही पनि मन परेन ।
मनबहादुर ः अब यसो गरौं दिदी । तिमी र म सँगै केटी खोज्न हिंडौं । एक/दुई दिन छोरीले घर कुरिदिन्छे हुन्छ ?
दिदी ः अब त्यसै गर्नुपर्ला मने ।
मनबहादुर ः अनि भाइ यत्रो कडा घाममा बाहिरबाट आएको छ दही मोही यसो सोध्नुपर्दैन ?
दिदी ः ल ल एकराते दही छ चिउरासित खाएर जा । (दिदी चाहिं उठेर भान्सातिर जान्छे)
मनबहादुर ः (आपैंmसित) यतिका केटीहरू देखाउँदा पनि मन परेन भन्छे । अब केटी खोज्न कहाँ जाने होला ।
(डाँडाघरे दिदी भाइ चाहिंको लागि खाजा बोकेर आँगनमा प्रवेश गर्छे)
दिदी ः ला अचार रोटी पनि रहेछ त्यो पनि खाएर जा । (दिंदै) त्यसै गरौं न त कान्छा । मखमलीलाई एक/दुई दिन घर जिम्मा लगाएर केटी खोज्न जाऔं न त । (मनबहादुर खाजा खान थालेपछि फेरि दोहो¥याएर फोटाहरू हेर्दै) ल एउटी त सुनकेशरी पनि पो रहिछे ।
मन बहादुर ः के को सुनकेशरी हुनु ।
‘डाइ’ गरेको अरे डाइ ।
दिदी ः डाइ भनेको क्या हो ?
मनबहादुर ः खोई के के किनेर ल्याउँछन् र घोलेर लगाउँछन् । अब तपाईं हाम्रो जमाना गयो दिदी ।
दिदी ः त्यति राम्रो कालो कपाल किन डाइ र साइ गर्नुपरेको होला । अनि एउटीको चाहिं थुतुनो किन सुङ्गुरको जस्तो ?
मनबहादुर ः (फोटोतिर हेर्दै) धत्तेरिका यो दिदी पनि...। आप्mनो फोटो आपैंm खिज्दा यस्तै हुन्छ के । यसलाई ‘सेल्फी’ फोटो भन्छ । त्यो पनि मैले त छोरो कुमारले भनेको सुनेको ।
दिदी ः अनि एउटीले चाहिं जाडोमा पनि कति छोटो कपडा लगाएकी । पुस माघमा त टम्म परेको जीउ ढाक्ने कपडा लगाउनुपर्छ नि ।
मनबहादुर ः ल दिदी, तिमी फोटो हेरेर बस, म चाहिं घरतिर लागे ।
दिदी ः अनि कहिले जाने त कान्छा भान्जालाई बुहारी खोज्न ?
मनबहादुर ः भोलि ।
समय ः बिहान । स्थान ः भाइ मनबहादुरको घर ।
दृश्य ः बाबुछोरी घरबाट प्रस्थान गर्न तरखर गर्दैछन् ।
मनबहादुर ः मखमली अभैm भएन भन्या ? चाँडो गर् नत्र अहिले तेरी फुपू पड्किन्छे ।
बुहारी ः कमलको छोरी पनि बिहे गर्ने बेला भएको हुनुपर्छ । एकचोटि फोन गरेर बुझ्नुभएको भए हुन्थ्यो ।
मनबहादुर ः उनीहरू शहरियाहरूले गाउँमा कहाँ दिन्छ छोरी ।
बुहारी ः भान्जासित बिहे गर्ने केटी त सा¥है भाग्यमानी हुनुपर्छ । गाउँमा यत्रो सम्पत्ति छ । फेरि महिनैपिच्छे भान्जाले पैसा पठाएको पठाएकै छ ।
मनबहादुर ः त्यो पनि दश/बीस हजार हो र पचास हजार घटी कहिले पठाउँदैनन् ।
बुहारी ः मलाई त कहिले कहीं चोर लाग्ला भनेर सा¥है चिन्ता लाग्छ ।
मनबहादुर ः दिदीको घरको आँगनमा चोरको कुरा त परै जाओस् कागले रोटीको टुक्रासमेत टिप्ने आँट गर्दैन बुझिस् डल्ली ?
बुहारी ः बिहे गरेर आउने चाहिं भाग्यमानी नै हुनुपर्छ ।
मनबहादुर ः त्यो त हो तर टिकेर बस्न सक्यो भने त हो नि । बिहान ८ बजेसम्म सुत्ने, गोबर देखेर घिनाउनेहरूको काम छैन त्यो घरमा ।
आशा ः जाऔं बुबा । (प्रस्थान)
(क्रमशः)