प्रस, वीरगंज, १६ असार/
वीरगज महानगरपालिकाको बिर्तास्थित सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयमा गर्मी बिदाको विषयलाई लिएर शिक्षकहरूबीच विवाद भएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुँवरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेन्डरविपरीत गर्मी बिदाको लागि विद्यालय बन्द गर्न सूचना सार्वजनिक गरेपछि शिक्षकहरूबीच विवाद भएको हो ।
जिशिका पर्साले जारी शैक्षिक क्यालेन्डर अनुसार साउन ५ गतेदेखि गर्मी बिदाको लागि पर्साका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्देशन जारी गरे पनि प्रअ कुँवरले असार १८ गतेदेखि नै विद्यालय बन्द गर्ने सूचना जारी गरेपछि शिक्षकहरूबीच विवाद भएको हो ।
विद्यालयमा अध्यापनरत शिक्षकहरू बिदाको विषयलाई लिएर दुई समूहमा विभाजित भएका छन् । केही
शिक्षक शैक्षिक क्यालेन्डर अनुसार नै गर्मी बिदा दिनुपर्ने पक्षमा छन् भने केही शिक्षक प्रअले जारी गरेको सूचना अनुसार नै गर्मी बिदा हुनुपर्ने पक्षमा उभिएका छन् ।
विद्यालयका प्रधानाध्यापक कँुवरले भने शिक्षकहरूको बैठकले नै असार १८ गतेदेखि गर्मी बिदा दिने निर्णय गरेको बताए ।
कक्षा ११ को शैक्षिक सत्र साउनदेखि शुरू हुने भएकोले आपूmले असार १८ गतेदेखि गर्मी बिदा दिने निर्णय गरेको उनले बताए ।
तर नियमविपरीत दिइएको गर्मी बिदाको विपक्षमा रहेका सहायक प्रधानाध्यापक अतुल श्रीवास्तवले भने कक्षा ११ को शैक्षिक सत्र पर्साका धेरै विद्यालयमा एकै मितिमा शुरू हुने भएकाले कन्या उच्च माविमा मात्र समस्या पर्ने तर अन्य विद्यालयलाई समस्या नपर्ने प्रधानाध्यापक कुँवरको सोचाइ व्यक्तिगत फाइदाको लागि मात्र भएको बताए ।