श्रीमन्नारायण
तेस्रो अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ विश्वभरि मनाइँदैछ । निश्शुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौ रोगहरूको उपचार यसबाट सहज सम्भव भएकोले यसप्रति आकर्षण बढदै गएको छ । नियमित योग गर्नाले रोगको सम्भावना समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौ मानिस लाभान्वित भएका छन् ।
योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तŒव केन्द्रित रहेको हुन्छ । योग भनेको जोडनु हो । योगले प्रेम, अहिंसा, करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढने भाव केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि साबित हुन सक्दछ ।
वर्तमान अवस्थामा योगिक विज्ञान जति महŒवपूर्ण साबित भइरहेको छ, यसभन्दा अघि यति बढी महŒवपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महŒवपूर्ण हुन जान्छ । यसले जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम गर्छ कि हामी प्रत्येक प्राणीमा आप्mनै शरीरको अंश रहेको अनुभूति गर्न सक्छौं । यदि मानवजाति आप्mनो जीवनमा एकात्मकता अनुभूति गर्दछ भने विश्वमा अवश्य पनि ठूलो परिवर्तन आउन सक्नेछ । जीवन प्रतिको दृष्टिकोणमा परिवर्तन ल्याएर मात्र मानव जातिको सबैखाले समस्याको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ ।
योग हाम्रो विरासत हो । नेपाल एवं भारत दुई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्व भएका देश अवश्य हुन् तर हिन्दू धर्म, संस्कृति, पुराण, वेद, उपनिषद्, देवी देवता, तीर्थस्थल, महान ऋषिमुनिहरू हाम्रो निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातःस्मरणीय छन् । योगबारे विश्व जगत्लाई अवगत गराउने काम विगतमा पनि नभएको होइन, तर त्यो सा¥है सीमित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आप्mनो अमेरिका यात्राको दौरान तथा संयुक्त राष्ट्र सङ्घमा योगको महŒवारे विश्व जगत्लाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्वव्यापी मान्यता हासिल ग¥यो । गत वर्ष झन्डै चार दर्जन इस्लामी देशहरूसहित विश्वका १७७ वटा देशले अन्तर्राष्ट्रिय योग दिवस मनाए । साउदी अरब र इरानजस्ता कट्टर इस्लामिक देशहरूमा पनि राजकीय स्तरबाट यसको आयोजन भइरहेको छ । योगलाई विश्वव्यापी मान्यता दिलाउने अभियानलाई सशक्त एवं प्रभावशाली रूपमा सञ्चालन गरेका र सफलता दिलाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बधाईका पात्र हुन् । हाम्रा महान् ऋषिमुनिहरूप्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुनेछ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोगजस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्व जगत्लाई धेरै थोक दिएको छ । योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ मार्शल आर्टका जनक पनि हिन्दू र बौद्ध सन्तहरू नै थिए । हिन्दू संस्कृतिजस्तै युनान, मिश्र, अरब एवं अनेकौ संस्कृतिहरूले विश्वजगत्लाई केही न केही अमूल्य निधि प्रदान गरेका छन् ।
योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन । यो पनि गणित र विज्ञानजस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान सङ्कीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनन्त छ । हामी सबै एकाइ मात्रै हौं जबकि अस्तित्व सम्पूर्ण हो । एकाइ हुनु दुःख हो भने अनन्त हुनु आनन्द हो । योग एकाइमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोडनु । पतञ्जलि –इशापूर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलिभन्दा पनि प्राचीन हो । मनुष्य एवं ब्रह्माण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै शुरु भएको हो । विश्वका अनेकौ देशले यसलाई अँगाले तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महŒव एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुशी मनाउनुपर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महŒव पनि बढने छ । मीमांसा, न्याय, वैदेशिक सांख्य वेदान्त एवं योग भारत वर्षका ७ प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहीबाट भएको हो तर सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरू काम गर्दा गर्दै एक सय वर्षसम्म बाँच्ने अभिलाषा गर्दथे ।
२१ जूनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्दछ । सम्भवतः यसै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्र सङ्घले गरेको हो । यसभन्दा अघि सन् २०११ मा भारतको दक्षिणी प्रान्त बेंगलुरूमा विश्वका केही योगगुरुहरूको बैठकमा पनि २१ जूनका दिनलाई योग दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो ।
सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आप्mनो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौ । जबकि यथार्थमा योगको अर्थ नै जोडनु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु । जसमा जति जोडिने तथा जोडन सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान कहलिन्छ । ऊर्जामा वृद्धिको निम्ति मात्रै जोडिनु नै पर्याप्त होइन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्दछ । एक आपसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्दछ । जोडनु त्यतिबेला मात्रै सम्भव हुन सक्दछ जब दुवैको दिशा एउटै हुन्छ । जोडिएपछि दिशा भिन्दाभिन्दै भयो भने ऊर्जाको क्षरण मात्र हुन्छ ।
योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम बिन्दुसम्म पु¥याउनु हो । यसको निमित्त योग दिशा तथा जोडनुको सिद्धान्तलाई सँगसँगै लिएर हिंडने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनैलाई कुनै एउटा निश्चित बिन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो । ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भइरहेको हुन्छ । योगमा मनलाई प्राण (श्वाँस) सित सामञ्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिकरूपमा बढी प्रबल हुन जान्छ अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुन्छ । जब व्यक्ति यी तीनवटैमाथि नियन्त्रण स्थापित गरी यीमध्ये कुनै पनि काममा आपूmलाई लगाउने गर्दछ अनि कार्यको गुणस्तर तथा सङ्ख्याको दृष्टिमा पनि कैयौं गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धतिसँगको सम्बन्ध पनि हो ।
आम मान्यता यही रहिआएको छ कि महर्षि पतञ्जलिले नै आद्युनिक योगको आधार खडा गरेका थिए तर बृहदारण्यक उपनिषत्मा पनि श्वासमाथि नियन्त्रण गर्ने विषयमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाहरूले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आविष्कार गरेका थिए । विश्वका चिकित्साशास्त्रीहरूले मानिसको वर्तमान जीवनशैलीलाई प्रत्येक रोगको कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो । योगले विश्वव्यापी मान्यता प्राप्त गरेको छ तर यसको निम्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको योगदानलाई बिर्सन सकिंदैन । योग हाम्रो धरोहर हो र यसमाथि हामीले गर्व गर्न सक्नुपर्दछ ।
बेरोजगारी युवाहरूको निम्ति यो एउटा नयाँ अवसर पनि साबित हुन सक्दछ । कठिन परिश्रम गरेर विदेशमा केही सीमित पैसा कमाउनुभन्दा मान सम्मानसहित काम गर्नुमा के को लाज र सङ्कोच ? योगलाई अन्य धर्मावलम्वीहरूले आत्मसात् गरी यसबाट लाभ उठाउन सक्दछन् । भाषा, बोली, पहिरन, पानी, जमिन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्तावमा भनेको छ–“योग मानव स्वास्थ्य एवं स्वस्थ जीवनशैलीबारे समग्र दृष्टिकोण व्यक्त गर्दछ । यसबाट हुने लाभको प्रसार विश्वको जनसङ्ख्याको निम्ति कल्याणकारी साबित हुनेछ ।” संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव वान की मुनले पनि योग विचार तथा कर्मको उद्भूत सामञ्जस्य भएको तथा स्वास्थ्यको लागि आवश्यक भएको बताएका छन् । मुनले भनेका छन् योगबाट शान्ति एवं विकासमा योगदान मिल्दछ । यसले मानिसलाई तनावमुक्त गर्दछ । उनले सबै सदस्य देशसँग योगको प्रोत्साहनका लागि सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
विश्वका अनेकौ देश तथा विश्वविद्यालयहरूमा अनुसन्धानमार्पmत् यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक स्वास्थ, मानसिक तनावबाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा पनि सक्षम छ । विश्वप्रसिद्ध अमेरिकी वोस्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनद्वारा मई २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् सामान्य हुने तनाव मुक्तिको निम्ति योग निकै प्रभावशाली साबित हुन सक्दछ । किनभने योग सेन्ट्रल नर्भस सिस्टमको आधार मानिएको तन्त्रिका भेगर्स नर्वलाई प्रचुर मात्रा ऊर्जा प्रदान गर्दछ । त्यसैगरी हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्यजन्य रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ ।
योगले एक किसिमको पश्चिमेली मानसिकताबाट प्रभावित तथाकथित आधुनिक सोचलाई बदलिदिन्छ जस्तो कि पश्चिमेलीहरूको विचारमा शारीरिक समस्याको समाधान बाहिरबाट हुन्छ, जबकि योगले के सिकाउँछ भने यसको समाधान मुख्यतः शरीरको भित्रबाट हुन्छ । हामी सङ्घर्ष गरेर मात्रै सुख शान्ति हासिल गर्न सक्दछौ तर योगको अनुसार प्रकृतिसँग तादात्म्य स्थापित गरेर पनि हामी सुख एवं शान्ति प्राप्त गर्न सक्दछौ । मानसिक व्यवस्था कायम गरी स्वस्थ रहनका निम्ति रोगको उपचार गर्नुपर्ने मान्यता विपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोगलाई लाग्न दिनबाट नै धेरै हदसम्म रोक्न सकिन्छ । एक किसिमले योग एउटा यस्तो माध्यम हो जसले बिना धन खर्च व्यक्तिलाई स्वास्थ्य प्रदान गर्न सक्दछ । यो समाजका निर्धन वर्गको निम्ति वरदान साबित हुन सक्दछ । योग गरेर हामी पनि निरोगी बनौ ।
बल)कजचष्mबल२थबजयय।अयm