$type=ticker$count=12$cols=4$cate=0

के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ ?

SHARE:

विश्वराज अधिकारी
    परदेशमा व्यक्ति जहाँ हुन्छ, उसको साथमा उसको देश पनि हुन्छ । कुनै व्यक्ति भूगोलद्वारा निर्धारित गरिएको आप्mनो देशभित्र नभए तापनि, कारणवश अन्य विभिन्न मुलुकहरूमा पुगे तापनि, उक्त व्यक्तिसँग उसको देश पनि सँगै रहेको हुन्छ । विदेशमा बसोबास गरे तापनि, उसले निरन्तर आप्mनो जन्मस्थल, आप्mनो देशलाई अटुट माया गरिरहेको हुन्छ । र विदेशमा बस्नेलाई आप्mनो देशको माया झनै बढी लाग्ने गर्दछ किनभने स्वदेशमा बस्न नपाएको पीडा उसले स्वयंले प्रत्येक पल अनुभव गरिरहेको हुन्छ । विदेशमा बस्ने कुनै व्यक्तिलाई स्वदेशको माया लाग्दैन भने त्यो अपवाद हो । विश्लेषणको पृथक विषय हो ।
    यसरी आप्mनो मुलुक छाडेर विभिन्न कारणले विदेशमा बसेका व्यक्तिहरूको समूहलाई डायस्पोरा भन्ने चलन छ । हामी यस आलेखमा नेपाली डायस्पोराको चर्चा गर्नेछौं । नेपाली डायस्पोराले नेपालको आर्थिक विकासमा पु¥याउन सक्ने योगदानबारे चर्चा गर्नेछौं ।
    नेपाली डायस्पोरा निकै विस्तारित हुँदैछ । ज्ञान र साधन एवं स्रोतको हिसाबले पनि अन्य मुलुकको भन्दा नेपाली डायस्पोरा धेरै अगाडि छ । अहिले नेपालीहरू संरा अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, बेलायत, जापान, अस्ट्रेलियाजस्ता धनी राष्ट्रहरूमा बसोबास गरिरहेका त छन नै, साथै अफ्रिकाका विकासशील राष्ट्रहरू नाइजेरिया, केन्या, साउथ अफ्रिका, इजिप्ट आदिमा पनि विभिन्न पेशा व्यवसाय गरेर बसेका छन् । नेपालदेखि निकै पर रहेका, दक्षिण अमेरिकाका मुलुकहरू जस्तै मेक्सिको, कोलम्बिया, ब्रजीलमा पनि केही नेपालीहरू बसोबास गर्न पुगेका छन् । साउदी अरेबिया, बहरेन, कतार, युएईलगायत मध्यपूर्व एवं खाडीका मुलुकहरूमा ज्यादै ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास छ भन्ने हामी सबैलाई थाहा भएको कुरा हो । तथ्याङ्कहरूले देखाए अनुसार अहिले भारतमा १ करोड ९ लाख २५ हजार, मलेसियामा ७ लाख, बर्मामा ७ लाख, कतारमा ४ लाख, युएईमा ३ लाख २५ हजार, साउदी अरेबियामा ३ लाख १५ हजार, बेलायतमा १ लाख ३१ हजार, अस्ट्रेलियामा १ लाख २४ हजार ६००, सरा अमेरिकामा २ लाख ५० हजार, जापानमा ६० हजार, दक्षिण कोरियामा ५१ हजार, क्यानाडामा ३१ हजार, थाइल्यान्डमा २० हजार, हड्ढङमा १६ हजार, कुवेतमा १२ हजार, सिंगापुरमा ५ हजार, ओमानमा ५ हजार र जर्मनीमा ४ हजार नेपालीहरूको बसोबास रहेको देखिन्छ । यसैगरी रूस, बु्रनाई, बेल्जियम, निदरल्यान्ड्स, स्पेन, पोर्चुगल, डेनमार्क, स्वीडेन, फिनल्यान्ड, स्वीटजरल्यान्डजस्ता देशहरूमा पनि नेपालीहरू छरिएर बसेका छन् । यसरी नेपालीहरू विश्वका अनेकौं मुलुकमा पुगेका छन् । र आप्mनो आम्दानीको ठूलो हिस्सा स्वदेश (नेपाल) पठाइरहेका छन् । आप्mनो बचत स्वदेश पठाएर मातृभूमिको आर्थिक विकासमा योगदान पु¥याउने सपना देख्ने नेपालीहरूको सङ्ख्या पनि सानो छैन ।
    नेपालीहरू यसरी संसारका विभिन्न मुलुकहरूमा छरिएर किन बस्न पुगे ? यसबारे पनि छोटो चर्चा गरौं । केवल सानो अवधिमा कसरी यति ठूलो नेपाली डायस्पोरा निर्माण भयो त्यसबारे पनि छलफल गरौं ।
    २०४६–४७ सालमा भएको राजनैतिक परिवर्तनले नेपालीहरूलाई राजनीतिक–अधिकार सम्पन्न त तुल्यायो तर आर्थिक समृद्धि भने दिन सकेन । शक्ति, पद र स्रोत केवल केही व्यक्ति (नेता) हरूको हातमा सीमित हुन पुग्यो । सीमित व्यक्ति धनी र शक्तिशाली भए । अति गरिब नेपालीहरूको आर्थिक स्तरमा सुधार आउन सकेन, उल्टो उनीहरूमा चरम निराशा देखियो । गरिबहरूमा आएको चरम निराशाको उपयोग भने माओवादीका केही बाठा नेताहरूले ठूलो चतु¥याइँपूर्वक गर्न थाले । खासगरी युवाहरूलाई सुनौलो भविष्यको सपना देखाए, उनीहरूलाई आप्mनो महŒवाकाङ्क्षाको भ¥याङ बनाए । २०५२ देखि २०६२ सालसम्म चलेको अति हिंसापूर्ण माओवादी–सङ्घर्षले १७ हजार नागरिकहरूको ज्यान लियो तर मुलुकको आर्थिक विकासमा त्यो सङ्घर्षले कुनै उल्लेख्य भूमिका खेल्न सकेन । उल्टो अत्यधिक हिंसाले भरिएको माओवादी–सङ्घर्षले मुलुकभरिका आर्थिक विकासका विभिन्न पूर्वाधार ध्वंस पार्ने कार्य ग¥यो । लाखौंको सङ्ख्यामा नेपालीहरूलाई विस्थापित ग¥यो ।
    २०६३ सालमा भएको राजनीतिक परिवर्तनले माओवादीहरूलाई हिंसात्मक गतिविधि परित्याग गरेर मूलधारको राजनीतिमा आउन प्रेरित ग¥यो । मुलुकमा शान्ति र राजनैतिक स्थिरताको स्थिति देखा प¥यो पनि । तर त्यो स्थिरताले दीर्घ जीवन पाउन सकेन । माओवादी–सङ्घर्षकालमा पहाडमा केन्द्रित रहेको अशान्ति २०६३ सालपछि तराई वा मधेसमा हस्तान्तरण भयो । जसरी माओवादीका केही बाठा नेताहरूले पहाडका थुप्रै युवाहरूलाई आप्mनो स्वार्थ–सिद्धिका लागि भ¥याङ बनाए त्यसरी नै मधेसका बाठा नेताहरूले आप्mनो स्वार्थसिद्धिका लागि मधेसका युवाहरूलाई भ¥याङ बनाउन थाले । परिणामतः २०६३ सालपछि मधेस अशान्त हुने क्रम शुरु भयो । मधेसका प्रमुख शहरहरू– वीरगंज, गौर, मलङ्गवा, लालबन्दी, जनकपुर, लहान, विराटनगर आदिमा द्रुततर गतिमा उद्योगहरू स्थापना हुन सकेन । कुनै समय गुलजार रहने यी शहरहरूमा आर्थिक गतिविधि विपरीत दिशमा दौडिन थाल्यो । रोजगारको विस्तार हुन सकेन । बेलाबेलामा यी शहरहरू अशान्त हुन थाले । हत्या, हिंसा, बन्द, हडताल बढन थाल्यो । आर्थिक विकासका पर्याप्त सम्भावना बोकेका यी शहरहरू ग्राहकबिनाको पसलजस्तो भए । तराईका युवाहरूमा चरम निराशा देखिन थाल्यो ।
    माथि उल्लेख गरिएका कारणहरूले नेपालीहरूमा घोर निराशा उत्पन्न गरायो । देशमा व्याप्त अशान्ति र त्यसबाट उत्पन्न आर्थिक मन्दी र बेरोजगारले त्यो घोर निराशालाई झन् चुलिमा पु¥यायो । त्यो घोर निराशाले बाढीको रूप धारण गरेर नेपालीहरूलाई विदेशतिर बगाउन था¥यो । राम्रो आर्थिक हैसियत भएका तथा नेपालभित्र नै पनि कुनै पेशा वा व्यवसाय गर्न सक्नेहरू पनि घोर निराशाको बढीमा बगेर विदेश पलायन हुन थाले । मुख्यगरी माओवादी सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले लाखौं नेपाली युवाहरूलाई विदेशतिर भास्सिन बाध्य पा¥यो । प्रमुखरूपमा यी दुई कारणले गर्दा नेपाली डायस्पोराले २६ वर्षको छोटो अवधिमा नै ठूलो आकार ग्रहण ग¥यो ।
    तर कहिलेकाहीं नकारात्मक कुरा भित्र पनि सकारात्मक कुरा लुकेको हुन्छ । देशमा व्याप्त अनेक राजनैतिक समस्याहरूले गर्दा छोटो समयमा ठूलो नेपाली डायस्पोरा निर्माण भए तापनि यो नेपाली डायस्पोराको प्रयोग मुलुकको आर्थिक विकासको लागि उपयोग गर्न सकिन्छ । विदेशमा बसेर नेपालीहरूले आर्जन गरेका पूँजी एवं ज्ञानलाई देशको विकासमा सदुपयोग गर्न सकिन्छ ।
    यस आलेखमा नेपालीहरूले विदेशमा बसेर गरेका सानासानन बचतलाई ठूलो राष्ट्रिय पूँजीको स्वरूप दिएर त्यस पूँजीलाई कसरी देशको आर्थिक विकासमा उपयोग गर्न सकिन्छ त्यसबारे छोटो चर्चा गर्ने प्रयास गरिने छ ।
    विदेशमा बसेका नेपालीहरूको बचतलाई राष्ट्रिय र स्थानीयगरी दुई किसिमबाट उपयोग गर्न सकिन्छ ।
    राष्ट्रियस्तरमा जलविद्युत् उत्पादन, विमान स्थल, राष्ट्रिय–राजमार्ग आदिको निर्माणमा विदेशमा बसेका नेपालीहरूले पठाएको बचत (रेमिट्यान्स) को उपयोग गर्न सकिन्छ । यस किसिमका ठूला–ठूला निर्माणहरूमा ठूलो रकमको खाँचो पर्दछ । सरकारले यस किसिमका ठूला निर्माणहरू आफैंले सम्पन्न गर्न सक्छ र त्यसका लागि आवश्यक ठूलो रकमको व्यवस्था विदेशमा बसेका नेपालीहरूसँग ऋण लिएर गर्न सक्छ । विदेशमा बसेका नेपालीहरूसँग ऋण लिएर त्यस किसिमका निर्माणहरू सरकार आफैंले सजिलै गर्न सक्छ । यदि निजी क्षेत्रले त्यस किसिमका निर्माण गरेमा र निजी क्षेत्रले त्यस किसिमका निर्माणहरू गर्न सर्वसाधारणसँग ऋण लिएमा, सरकार जमानी बसिदिन सक्छ । रेमिट्यान्सको उपयोग सरकारले यसरी बृहत् निर्माणका लागि गर्न सक्छ । सरकारले नै ऋण लिने वा जमानी बसिदिने भएकोले सामान्य आर्थिक अवस्था भएका विदेशमा बस्ने नेपालीहरू पनि लगानी गर्न तयार हुन्छन्, किनभने सरकारलाई ऋण दिंदा वा सरकार जमानी बसेको कारणले गर्दा आप्mनो वचत डुब्दैन भन्नेमा लगानीकर्ताहरू ढुक्क हुन सक्छन् । यसरी यदि सरकारले पहल गर्ने हो भने विदेशमा बसेका नेपालीहरूको बचतको उपयोग राष्ट्र निर्माणमा सजिलै हुन सक्छ । यस्तो गर्न नेता र जनता दुवै पक्षमा विकास गर्ने प्रबल इच्छाशक्ति हुनु आवश्यक छ ।
    स्थानीय स्तरमा, नगर वा गाउँ पालिकाभित्र सडक, पुल, स्कूल, कलेज, अस्पताल, सभाकक्ष, सार्वजनिक समारोह आदि निर्माण गर्न स्थानीय सरकारहरूले ऋण लिन सक्छन् र ऋणको स्रोत विदेशमा बसेका नेपालीहरूको बचत हुन सक्छ । स्थानीय सरकारलाई आप्mनो क्षेत्रभित्र विभिन्न किसिमका निर्माणहरू गर्न र ती निर्माणहरूका लागि आवश्यक पर्ने कोष सृजना गर्ने अधिकार दिइएको हुन्छ पनि । विदेशमा बसेका नेपालीहरूले आप्mनो बसोबास रहेको गाउँ वा शहरको विकास गर्न आप्mनो बचत (रेमिट्यान्स) लगानी गर्ने तत्परता निश्चय पनि देखाउने छन् । आप्mनो गाउँ वा शहरको सबैलाई माया हुन्छ । यस्तो गर्न सकिए पचहत्तरै जिल्लाका विभिन्न गाउँ एवं शहरहरूमा कोष सृजना भएर विकास एवं निर्माणका कार्यहरू अगाडि बढाउन सकिन्छ । यसरी नेपालको आर्थिक विकासमा विदेशमा बसिरहेका नेपालीहरूको बचतको उपयोग गर्न सकिन्छ । नेपाली डायस्पोराको उपयोग नेपालको आर्थिक विकासमा यसरी गर्न सकिन्छ । तर अहिलेसम्म विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग हुन सकेको छैन । उनीहरूको बचत र ज्ञानको उपयोग कसरी गर्ने भन्नेबारे सरकारले नीतिहरू पनि बनाउन सकेको छैन । हातमा पैसा भएर पनि गरिब हुनुजस्तो स्थिति होइन त यो ? बपयगतष्तिथब२नmबष् ि।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ ?
के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhT9trm6HMomTNemZU6MKhM79fZdx4XYgC7sPjSlMhGuTvgSnyFny0nELIcz7yrSL2kV8Y-QDxK3z8br4ZaNxSrqIGOb5P09vBVBjBjzkXjaMTP1Qo805ketW6RbsWCMc9WlIdV-B5xOr4N/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhT9trm6HMomTNemZU6MKhM79fZdx4XYgC7sPjSlMhGuTvgSnyFny0nELIcz7yrSL2kV8Y-QDxK3z8br4ZaNxSrqIGOb5P09vBVBjBjzkXjaMTP1Qo805ketW6RbsWCMc9WlIdV-B5xOr4N/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_313.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_313.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy