वैद्यनाथ ठाकुर
स्थानीय निकायको दोस्रो चरणको निर्वाचन पनि सकिएको छ । प्रदेश नं. २ बाहेक सम्पूर्ण प्रदेशको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट नै सम्पन्न भएको छ । दुवै चरणको निर्वाचनमा मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा भाग लिएको छैन । आप्mनो मूल माग संविधान संशोधन सम्बोधन नभएकोले चुनावमा नगएको उनीहरूले बताइरहे पनि चुनावमा भाग लिनेहरूको लागि पनि समाचार त्यति सुखद रहेको छैन । समग्र पहाडमा अन्धराष्ट्रवादको नारा उचालेर नेकपा एमालेले मधेसलाई जसरी भारतपरस्त देखाउन खोज्यो, त्यस अर्थमा आंशिकरूपमैं भएपनि पहाडमा एमाले सफल भएको देखिन्छ । पहाडका जनताले नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)ले कर्णाली नदी बेचेको, टनकपुरमा झुकेको विषयलाई नजरअन्दाज गरेकोजस्तै देखिन्छ । राणाशासनको समाप्तिपश्चात् काठमाडौंको सत्तामा हालसम्म बाहिरीरूपमा जसले जे जे भने पनि वास्तवमा दिल्ली दरबारको हनुमान नै बस्दै आएको कुरालाई नकार्न सकिंदैन । तर पनि दक्षिणका हनुमानहरूबीच बेलाबेलामा को हनुमान, को ढेढु ? भन्ने मीठो विवाद चलिरहन्छ । एकले अर्कोलाई तँ हनुमान नै होस् भन्ने प्रमाणित गर्न अथक कसरत पनि गर्दै आएका छन् ।
जेहोस्, दोस्रो चरणको चुनावमा राजपाले के के गर्ने हुन् भन्ने विषय भय र चिन्ताको विषय पनि बनेको थियो । पश्चिम नेपालमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले के के गर्ने हो भन्ने पनि निकै आशङ्का थपिएको थियो तर ‘देर से आए मगर दुरुस्त आए’ भनेजस्तै अलि ढिलो भएपनि असारको जस्तो महिना मानो छरेर मुरी फलाउने मौसममा समेत किसानहरूले खेतबारीको काम थन्काएर मत खसाल्न उल्लेख्य उपस्थिति दर्ता गराए । लामो समयसम्म स्थानीय निकाय खाली रहँदा जनता स्थानीयरूपमा गाविस सचिवको व्यवहारबाट वाक्क दिक्क भएकोले पनि आप्mनै प्रतिनिधि छान्न यसरी बेजोड सहभागिता देखाएका हुन् । उमेर र शारीरिक अवस्थाको समेत परवाह नगरी पाँचजनाले मत खसाल्ने लाममैं मृत्युवरण गरेको नेपाली संसदीय राजनीतिमा पहिलो घटना होला । एसएलसी परीक्ष्Fा केन्द्रमा बच्चा पाएको यदाकदा सुन्दै आएकोमा यसपालि निर्वाचन केन्द्रमैं दुईजना सुत्केरी भई मत खसालेको घटना पनि बिरलै हुने गर्दछ । जेहोस्, अपेक्षा गरिए अनुसारको कुनै दुर्घटना भएन र आमरूपमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । निर्वाचन परिणाम पनि आउन थालेको छ । हालसम्म देखिएको मत परिणामले प्रथम चरणकै नतिजा दोस्रो चरणको चुनावमा पनि हुने कुरा पक्का रहेको छ । नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र नै प्रथम, दोस्रो र तेस्रो रहने भएको छ । प्रथम र दोस्रो चरणको चुनावमा मधेसवादी दलको रूपमा चिरपरिचित सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको गठबन्धनले पनि निर्वाचनमा खासै उपस्थिति देखाउन सकेन । डा. बाबुराम भट्टराईले आपूmलाई दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालजस्तै चमत्कार गर्ने ठाने पनि त्यो सपनामैं हराएको देखियो । माओवादीको उद्गमस्थल रोल्पा, रूकुम, डोल्पालगायतका जिल्लामा राम्रै प्रभाव रहे पनि पहिलो संविधानसभाको जस्तो देशैभरि प्रभाव देखिएन । दश वर्ष जनयुद्ध लडेर राजतन्त्रको जग ध्वस्त गर्न सफल माओवादी पार्टीले अन्ततः आप्mनै पार्टीको जग बलियो पार्न सकेन र धुजाधुजामा विभक्त भई तेस्रो शक्तिको रूपमा थन्किन पुगेको छ । राज्यको पुनर्संरचना समानुपातिक, समावेशिता, धर्म निरपेक्षता, गणतन्त्र जस्ता महŒवपूर्ण मुद्दा माओवादीको भए तापनि गणतन्त्रको खिल्ली उडाउने नेकपा एमालेजस्तो पार्टी निर्वाचनमा यति ठूलो पार्टीको रूपमा अगाडि आउनु मुलुककै लागि दुर्भाग्य हो । नेपाली राजनीतिको रङ्गमञ्चमा लगातार सत्तासीन भइरहने नेपाली काङ्ग्रेस, जसले देश र जनताको लागि कहिले केही गरेन, त्यस्तो पार्टीले फेरि पनि जनताको बहुमत मत प्राप्त गरेकोमा नेपाली जनताको भविष्य अभैm दशकौं अध्यारोमैं बित्नेछ भन्ने कुराको द्योतक हो भन्दा कुनै फरक नपर्ला ।
नेपाली धर्तीमा प्रकृतिले सबै चिज दिएको छ । प्रकृतिको रूपमा सम्पन्न नेपाल भएपनि राजनीतिक
संस्कारमा देखिएको राजाकालीन चरम भ्रष्टाचार झन् झन् झाङ्गिएको हुनाले दुई छाक भोक टार्न पनि आज
खाडीको देशमा विदेशिनुपर्ने अवस्थामा पुगेको छ ।
सङ्घीयता नेपाली राजनीतिमा मधेसवादी दलको लामो सङ्घर्ष र बलिदानबाट थपिएको हो । तर माओवादीजस्तै मधेसवादीहरू पनि सत्ताको भत्ता पाउन टुक्राटुक्रामा विभाजित भएकाले यति बेला अस्तित्व नै सङ्कटमा परेको देखिन्छ । मधेस आन्दोलनताका मधेसको राजमार्गमा देखिएको जनसागर मतपेटिकासम्म मधेसवादी दललाई किन पुगेन ? मधेसीलाई गोली ठोक्नेलाई मत किन हालियो ? यसबारेमा मधेसवादी दल र माओवादी दुवैले आत्मसमीक्षा गर्नैपर्छ । जनताको अगाडि के चूक गरियो र जनता माओवादी तथा मधेसवादीको विरुद्धमा उभिएको देखियो ?
कुनै पनि व्यक्ति वा नेता वा पार्टीले काम गरेपछि गल्ती गर्नु स्वाभाविक नै हो । तर गल्तीलाई पटकपटक दोहो¥याइन्छ भने त्यो अपराधवृत्तिमा गनिन्छ । गल्तीलाई स्वीकारेर सच्याइन्छ भने त्यसले सुनौलो भविष्यको मार्ग खोल्छ । देशको आमूल परिवर्तनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी तथा मधेसवादी सबैको आआप्mनो भूमिका छ । अब आवश्यकता छ, भ्रष्टाचारविरोधी आन्दोलनको र विकास संस्थागत गर्ने सोचको । अबको दिनमा यी दुई मुद्दालाई नै प्राथमिकतामा जसले राख्छ, भोलि उही सिकन्दर बन्नेछ । बलिदानको ब्याज सधैं काम लाग्दैन । यो सबैले बुभ्mन जरुरी छ ।