$type=ticker$count=12$cols=4$cate=0

टाइम म्यानेजमेन्ट भनेको लाइफ म्यानेजमेन्ट हो

SHARE:

अनन्तकुमार लाल दास

    समय कसैको लागि पर्खंदैन । समयलाई रोक्ने शक्ति पनि कसैमा छैन । समयानुसार आवश्यक र सही कामलाई पूरा गर्नु नै समयको सदुपयोग हो । विद्यार्थी जीवनमा नै मानिसहरू आप्mनो भावी जीवनको तयारी गर्छन् । मानसिक र शारीरिकरूपले आपूmलाई सक्षम बनाउँछन् । जसले विद्यार्थी जीवनमा समयको सदुपयोग नगरेर अन्य काममा समय खेर फाल्छ, ऊ आप्mनो गृहस्थ जीवनमा सधैं असफल हुन्छ । ऊ शारीरिक दृष्टिले पनि कमजोर र कठिनाईहरूको शिकार हुन्छ । समयको सदुपयोग गर्ने विद्यार्थीको भावी जीवन सङ्कटहीन र प्रगतिपथमा निरन्तर अघि बढिरहेको हुन्छ ।
    भारतीय कवि रहीमले भनेका छन्–“समय लाभ सम लाभ नहीं, समय चूक सम चूक/चतुरन चित्त रहिमन लगी, समय चूक की हूक” अर्थात् समय नै लाभ हो र समय नै हानि पनि हो । चलाख मानिसहरू समयबाट लाभान्वित हुन्छन् र जसले समयको सदुपयोग गर्दैन उसको मनमा सधैं डरको बास हुन्छ ।” समय खेर फाल्ने विद्यार्थीको मन चञ्चल हुन्छ । यस्तो विद्यार्थी कुनै पनि कामलाई राम्ररी गर्न सक्दैन । यस्ता विद्यार्थीहरू उद्दण्ड हुन्छन् । उनीहरूमा कार्य गर्ने भावना र क्षमताको कमी हुन्छ । उनीहरू न ज्ञानार्जन गर्न सक्छन्, न धनार्जन नै । उनीहरू सर्वत्र निन्दाको पात्र बन्छन् र जीवनको अन्तिम क्षणमा पछुतोबाहेक हात लाग्दैन । यस कारण हरेक विद्यार्थीले समयको सदुपयोग गरेर आप्mनो जीवनलाई सुमार्गमा अग्रसर गराउने प्रयास गर्नुपर्छ।
समय सँगसँगै हिंडनु
    समयको पहिया निरन्तर घुमिरहन्छ । समयको पहियालाई रोक्न सकिंदैन । प्रायः विद्यार्थीहरू ‘समय छैन’ भनिरहेका हुन्छन् । सही त के हो भने उनीहरू व्यर्थको काममा आप्mनो समय खेर फालेर महŒवपूर्ण काम पन्छाइरहेका हुन्छन् । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने विद्यार्थीहरूले आप्mनो कामलाई जति व्यवस्थित ढङ्गले गर्छन् काम त्यतिकै राम्ररी सम्पन्न हुन्छ । सबैभन्दा पहिले विद्यार्थीहरूले कहाँ समय खेर फालिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । उदाहरणका लागि फेसबूकमा, च्याटिङ्गमा, मोबाइलमा, इमेल वा टेलिभिजनमा । यस्ता कार्यहरूको लागि समय निर्धारित गरेर विद्यार्थीहरूले धेरै समय बचाउन सक्छन् ।
    दुईजना मित्र थिए । तीमध्ये एउटाले जहिले पनि काम गर्दा अलिकति परेशानी हुनासाथ अर्को मित्रलाई भन्थ्यो–“साथी, यो धेरै कठिन कार्य हो ।” अर्को मित्र उसको कुरा सुनेर भन्थ्यो–,“हेर, तिमीलाई यस काममा सफल हुनु छ वा छैन ?” पहिलोको जवाफ हुन्थ्यो–“हो, सफल हुनुछ ।” अनि दोस्रो मित्र भन्थ्यो–“त्यसो भए ढिलो नगरी काम शुरु गरिहाल । यो त्यति कठिन काम होइन । यसलाई बच्चाले पनि गर्न सक्छ ।” यो सुनेर पहिलो मित्र उत्साहपूर्वक काममा लाग्थ्यो र सफल पनि हुन्थ्यो । यस प्रकार एउटा मित्रले अर्को मित्रमा कामप्रति आश जगाउँथ्यो र आशा जागेपछि पहिलो मित्र पहिलेभन्दा पनि बढी ऊर्जाका साथ काम गथ्र्यो ।
प्राथमिकता निर्धारण गर्नु
    जुन काम आवश्यक छ त्यसलाई तुरुन्त गर्नुपर्छ र जसलाई पछि गर्न सकिन्छ त्यसको लागि समय निर्धारित गर्नुपर्छ । अनावश्यक काम छोडेर विद्यार्थीहरूले कामको भार कम गर्न सक्छन् । विद्यार्थीहरूले गर्ने यस्ता धेरै काम हुन्छ जसलाई अरूको सहायताले गर्न सकिन्छ । यस्ता कामहरू अरूको सहयोगले र आवश्यक काम आपैंm पूरा गर्न सकिन्छ । कक्षामा शिक्षक नभएको बेला गफमा नअल्झेर नोट्स तयार गर्नु, साथीको सहायताले नबुझेका कुरा बुझ्ने प्रयास गर्नु, किताब पढनु, कुनै विषय माथि साथीहरूसँग छलफल गर्नु आदि ।
व्यवस्थित जीवन
    भनिन्छ तपाईंसँग समय छ भने दुनियाँलाई झुकाउन सकिन्छ । तर समयले त्यसै कसैको साथ दिंदैन । जब हामी समयको कदर गर्छौ तब यसले पनि हाम्रो कदर गर्छ । हामी धेरै परिश्रम गर्छौ तर परिणाम हाम्रो अपेक्षा अनुरूप प्राप्त हुँदैन । विद्यार्थीहरूले बुझ्नुपर्ने कुरा के हो भने काम गर्नुभन्दा पनि महŒवपूर्ण कुरो हो – समयमा काम गर्नु । समयको व्यवस्थापन गर्नासाथ जीवन स्वतः व्यवस्थापित हुन्छ । यस कारण व्यवस्थित जीवनका लागि समयको व्यवस्थापन अति आवश्यक छ ।
कार्यसूची बनाऔं
    आप्mनो आवश्यकता र समयको माग अनुसार कार्यसूची बनाउनुपर्छ । जुन काम सबैभन्दा बढी महŒवपूर्ण छ, त्यसलाई पहिलो नम्बरमा राख्नुपर्छ । सोही अनुसार कार्यसूची तयार गरेर नियमित अपडेट गरिराख्नुपर्छ । यस कार्यलाई विद्यार्थीहरूले मोबाइल वा कम्प्युटरमा पनि राख्न सक्छन् । यसबाट के फाइदा हुन्छ भने विद्यार्थीहरूले कामको महŒव बुझेर प्राथमिकता निर्धारित गर्न सक्छन् । कहिलेकाहीं निरन्तर काम गर्दा कसलाई प्राथमिकतामा राख्ने भन्ने भ्रम सिर्जना हुन सक्छ । यस कारण विद्यार्थीहरूले बीच–बीचमा ब्रेक पनि लिनुपर्छ । यसबाट ऊर्जा प्राप्त भइरहन्छ । यसबाहेक पढने टेबललाई व्यवस्थित राख्नुपर्छ । त्यहाँ आवश्यक मात्र पुस्तक, कापी आदि राख्नुपर्छ ।
नाइँ भन्नु र पूर्ण निद्रा लिनु
    कैयौंपटक आवश्यक काम गरिरहेको बेला वा पढिरहेको बेला साथीहरूले डिस्टर्ब गर्न थाल्छन् र खेल्ने अनुरोध गर्छन् । यस कारण यस्तो परिस्थिति उत्पन्न भएमा ‘नाइँ’ भन्न सिक्नुपर्छ । यसरी विद्यार्थीहरू आप्mनो कामलाई समयमैं पूरा गर्न सक्छन् । यसैगरी अबेर रातिसम्म पढदा निद्रा पुग्दैन र विद्यार्थीहरू थकानले गर्दा अर्को दिनको काम राम्ररी पूरा गर्न सक्दैनन् । यस कारण विद्यार्थीहरूले पर्याप्त निद्रा लिनु आवश्यक छ ।
लक्ष्यमाथि ध्यान दिनु
    ‘टाइम म्यानेजमेन्ट’को अर्थ हो – निर्धारित लक्ष्य निर्धारित समयभित्र सफलतापूर्वक हासिल गर्नका लागि समयको तालमा हिंडनु । वास्तवमा यी दुवै कुरा एकअर्कासँग सम्बन्धित छन् । यदि लक्ष्य छैन भने टाइम म्यानेजमेन्टको आवश्यकता पर्दैन र यदि टाइमलाई सही तरिकाले म्यानेज गरिएन भने लक्ष्य हासिल गर्न सकिंदैन । यसको लागि प्रथमिकता निर्धारित गरेर एउटा दैनिक कार्ययोजना तयार गर्नुपर्छ तर त्यसलाई पर्खाल वा टेबलमा सजाएर मात्र राख्नु काफी हुँदैन । त्यसलाई आप्mनो व्यवहारमा पनि ल्याउनुपर्छ । यही टाइम म्यानेजमेन्टको ‘की–प्mयाक्टर” हो । कैयन पटक परिस्थितिवश काममा अवरोध उत्पन्न हुन सक्छ । यस परिस्थितिमा के गर्नु उचित हुन्छ ? सातामा एकपटक यसमाथि पनि विश्लेषण गर्नु आवश्यक हुन्छ । यदि कुनै सातामा गर्नुपर्ने काम बाँकी रह्यो भने त्यसलाई अर्को सातामा समावेश गरी पूरा गर्ने प्रयास गर्नुपर्छ ।
मनोरञ्जन
    विद्यार्थीहरू रोबोटजस्तै दिनभरि काम गर्न सक्दैनन् । बेलाबेलामा मस्तिष्कलाई विश्राम दिनु र त्यसलाई पुनः अर्को काम गर्ने लायक बनाउने खुराक दिनु पनि आवश्यक हुन्छ । यस कारण दैनिक कार्यतालिका तयार गर्दा मनोरञ्जनका लागि पनि केही समय छुट्याउनुपर्छ । यस समयलाई विद्यार्थीहरूले खेल्न, गीत सुन्न, टेलिभिजन हेर्न, घरमा आउने अतिथिहरूसँग कुरा गर्न, प्रेरक कथा पढन आदिमा आआप्mनो इच्छा र चाहना अनुसार व्यतीत गर्न सक्छन् । यदि विद्यार्थीहरू इमानदारिता साथ आप्mनो काम पूरा गरिरहेका छन् भने केही समय मनोरञ्जनमा व्यतीत गर्दा झन् राम्रो हुन्छ ।
जीवनलाई सजिलो बनाउनु
    ‘टाइम म्यानेजमेन्ट’ अनुसार हिंडदा जीवनलाई सजिलो बनाउन सकिन्छ । वर्तमान पीढीको लागि टाइम म्यानेजमेन्ट यस कारण पनि आवश्यक छ कि उनीहरूले एकसाथ धेरै काम गर्नुपर्ने हुन्छ । उनीहरूले कैरियरमाथि ध्यान दिनुपर्ने हुन्छ, साथीहरूसँग काम गर्नुपर्ने हुन्छ र परिवारको हेरचाह पनि गर्नुपर्ने हुन्छ । यस परिवेशमा समयको सदुपयोग एउटा निश्चित कार्यतालिकाबेगर सम्भव हुँदैन । हुनत तोकिएको अवधिभित्र काम पूरा गरेपछि तनाव कम हुन्छ र खेलकुद र मौजमस्तीका लागि पनि समयको बचत हुन्छ । प्रायः के देखिएको छ भने विद्यार्थीहरूले मौजमस्तीमा आप्mनो अमूल्य समय व्यतीत गरिराखेका हुन्छन् र जब परीक्षाको दिन नजिक आउँछ अनि फटाफट पढाइ गर्ने सोच बनाउँछन् तर सबैथोक फटाफट हुँदैन र हुन्छ भने पनि मन लायक हुँदैन । यस कारण यदि टाइम म्यानेजमेन्ट सही हुन्छ भने यस्तो हालत नै उत्पन्न हुँदैन।
पुरुषार्थ  

    सफलता हासिल गर्नु प्रत्येक विद्यार्थीको लक्ष्य हुन्छ । उनीहरूले तत्काल परिणामको अपेक्षा पनि राख्छन् तर धेरैजसो विद्यार्थीहरू सफलताको लागि ‘टाइम म्यानेजमेन्ट’को साथ परिश्रम गर्न रुचाउँदैनन् । जीत हासिल गर्ने चाहना सबैको हुन्छ तर धेरै कमले जित्नको लागि चाहिने तयारी गर्छन् । पुरुषार्थ अर्थात् मानिसले गर्ने साहसी काम, विशिष्ट सामथ्र्य वा पराक्रम जसमाथि उसको सम्पूर्ण जीवन निर्भर हुन्छ । धेरैजसो मानिसले भाग्यको भरोसमा आप्mनो बहुमूल्य समय व्यतीत गरिरहेका हुन्छन् तर पुरुषार्थ गर्दैनन् । यदि पुरुषार्थसँगै टाइम म्यानेजमेन्टलाई जोडियो भने त्यो सुनमा सुहागा जस्तै हुन्छ । विद्यार्थीहरूले भाग्यको भरोसमा काम नगरी टाइम म्यानेजमेन्टको आधारमा निरन्तर काम गरिरहनुपर्छ अर्थात् आप्mनो कामलाई इमानदारी, लगन र परिश्रमको साथ समयमा गर्नुपर्छ । महात्मा गाँधीले भनेका छन्–“जसले समय बचत गर्छ, उसले धन बचाउँछ र बचत गरिएको धन आम्दनी गरिएको धन सरह हुन्छ ।”
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : टाइम म्यानेजमेन्ट भनेको लाइफ म्यानेजमेन्ट हो
टाइम म्यानेजमेन्ट भनेको लाइफ म्यानेजमेन्ट हो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3N3oWNdoXVypXfSfsH9Axxl_8FTTh3ssj5hch3SNsuhmO82KAak3zCTItDvRjKLHEvmVAI269CIzAUnqv9W0F-RyZsrfIBcKZemzIfrjBlqvyP3xZq3UeVXIko3Mll0vACxCzYfAlIRxX/s200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3N3oWNdoXVypXfSfsH9Axxl_8FTTh3ssj5hch3SNsuhmO82KAak3zCTItDvRjKLHEvmVAI269CIzAUnqv9W0F-RyZsrfIBcKZemzIfrjBlqvyP3xZq3UeVXIko3Mll0vACxCzYfAlIRxX/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_979.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_979.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy