सञ्जय साह मित्र
नयाँ बजेटमा आधा नागरिकका लागि राजधानी नजिक हुने सपना साकार हुने आश्वासन बाँडिएको छ । आगामी वर्षदेखि मध्य तथा पूर्वका नागरिकका लागि राजधानीलाई निकै नजिक बनाउने पुराना दुई सपना साकार बनाउने दिशामा नयाँ कदम चालिएका छन् ।
धेरै वर्षदेखि चर्चाको रूपमा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग शिलान्यास गरिएको भोलिपल्ट सरकारले ल्याएको बजेटमा प्राथमिकता दिइएको छ । चार वर्षभन्दा लामो समयदेखि ट्र्याक खोल्ने काम भइरहेको थियो । ट्र्याक खोल्ने काम सम्पन्न भएदेखिको अवस्थामा द्रूतमार्ग कसले बनाउने भन्ने विषयमा निकै लामो विवाद चल्यो । कहिले कसको जिम्मा, त कहिले कसको साझेदारीमा, त कहिले कुन संस्थाको ऋण र प्राविधिक सहयोगमा निर्माण हुने बहस, चर्चा र विवादमा रहेको द्रुतमार्गको निर्माण नेपालले नै गर्ने निर्णय भएसँगै आगामी आर्थिक वर्षमा यसले निकै ठूलो बजेट पाउने निश्चित भएको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण गरिने द्रुतमार्गमा धेरैवटा चारको संयोग भएको छ । चार वर्षमा निर्माण गरिने लक्ष्य, चार लेनको व्यवस्थित हुने, चार अक्षरको द्रुतमार्गको शिलान्यास चौहत्तरमा भएर चौहत्तरमैं पेश गरिएको बजेटले पूर्णताको निश्चितता गरेको छ । नेपाली सेनाले जिम्मा लिएका योजनाहरू प्रायः समयमंै र कतिपय त समयभन्दा पहिले नै निर्माण भइरहेको र विवादरहित किसिमले निर्माणको काम सम्पन्न भइरहेको अवस्थामा राष्ट्रिय गौरवको यो द्रुतमार्ग निर्माणको योजना नेपाली सेनाको जिम्मा लगाउने निर्णयले नेपालीमात्रको शिर उँचो भएको छ । तोकिएको समयमा निर्माण कार्य सन्तोषजनक सम्पन्न हुने विश्वास जनसामान्यमा पलाएको छ ।
निजगढकै आसपासमा देशको दोस्रो ठूलो अन्तर्राष्ट्रियस्तरको विमानस्थलको सपनालाई पनि आगामी वर्षको लागि प्रस्तुत गरिएको बजेटले साकार बनाउने दिशामा एउटा फडको मारेको छ । देशको प्रमुख तीनवटा विमानस्थलका लागि पहिलोचोटि ठूलो परिमाणको बजेट विनियोजन गरिएको छ । पहिलेदेखि नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि बजेट आउँदै गरेको भए पनि वास्तवमा सर्वसाधारण नागरिकले बुझ्नेगरी काम भइरहेको थिएन । सानोतिनो बजेटले प्रशासनिक र केही व्यावहारिक कामहरू हुँदै आएको थियो तर आगामी आर्थिक वर्षमा निजगढको विमानस्थलले धेरै सकारात्मक परिणाम पाउने बजेट आएको छ । आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणको लागि टेन्डर आह्वान गर्ने भनिएको छ । निजगढ विमानस्थलको लागि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो, ठोस र उपलब्धिमूलक काम हो यो । टेन्डर आह्वान हुनु भनेको यस दिशामा धेरै कानुनी, प्रशासनिक तथा व्यावहारिक समस्याको समाधान हुनु हो र टेन्डर आह्वानमा तोकिएको मितिभित्र निर्माण कार्य शुरु गरी सम्पन्न गर्नु पनि हो । टेन्डर आह्वान आगामी आर्थिक वर्षमा गरिने भनिएको छ, जसले निर्माण कार्यको थालनीको ग्यारेन्टी गरेको त छैन तर आगामी आर्थिक वर्षमंै निर्माण कार्यको थालनी भएछ भने पनि अन्यथा लिनुहुँदैन किनभने सरकारले चाँडो निर्माण होओस् भन्ने चाहना बजेटमार्फत् प्रदर्शन गरेको छ । र, निजगढ विमानस्थल निर्माणको लागि सर्वसाधारणमा सकारात्मक आशा बजेटले जगाएको छ । जति समयदेखि यसको निर्माणको चर्चा थियो, त्यति बेलादेखि निर्माण भइसकेर सञ्चालनमा आइसक्नुपर्ने निजगढ विमानस्थलको काम अब द्रुतमार्गको जस्तै द्रुतगतिमा बढने विश्वास भने एकचोटि फेरि पलाएको छ ।
पर्सा, बारा र रौतहटका नागरिकले विमानस्थल र द्रुतमार्गको निर्माणका लागि विभिन्न समयमा अनेक किसिमका दबाबमूलक कार्यक्रम गरेकै हुन् । आन्दोलनको मुख्य केन्द्र निजगढ हुने गथ्र्यो तर वीरगंजदेखि गौरसम्मका जिल्ला उद्योग वाणिज्य सङ्घहरूले समय समयमा आन्दोलनप्रति नैतिक समर्थनमा विज्ञप्ति निकालेर सहयोग गरेकै हुन् । सबै सञ्चार माध्यमहरूले द्रुतमार्गलाई छिटो निर्माण गर्नुपर्ने भनी दबाब दिएकै हुन् । विभिन्न टोली राजधानी काठमाडौं पुग्दा तीनवटै जिल्लाका धेरै प्रतिष्ठित व्यक्तिहरूले साथ दिएका छन् । निरन्तरको सङ्घर्ष र देशको आवश्यकता द्रुतमार्गको प्राप्ति रहेको छ । राष्ट्रिय गौरवको आयोजना भन्नु भनेको देशको प्रतिष्ठा बढाउने योजना पनि हो । देशको प्रतिष्ठा बढाउने योजना अब अगाडि बढेको छ । यसले पूर्णता प्राप्त गरेपछि देशलाई धेरै किसिमले फाइदा पुग्ने विश्वास गरिएको छ । देशका नागरिक स्वयं यस आयोजनाको निर्माणपश्चात् सम्मानित भएको ठान्नेछन् ।
देशको दश प्रतिशतभन्दा बढी नागरिकले बसोबास गर्ने काठमाडौं उपत्यकाको दृष्टिले हेर्ने हो भने पनि यो आयोजना निकै महŒवपूर्ण उपलब्धि हुनेछ । काठमाडौं र तराई–मधेसबीचको करिब पौने एक सय किलोमिटर लामो सम्बन्ध सेतुको रूपमा द्रुतमार्गले उपत्यकाका बासिन्दालाई देशसित परिचय गराउने अवसर प्रदान गर्नेछ । अझै पनि उपत्यकामा यस किसिमका मानिस छन् जो जीवनमा एकपल्ट पनि बाहिर आउन सकेका छैनन् । उपत्यकाबाट बाहिरिने बाटाहरू निकै कठिन छन् । काठमाडौंमा नै सबै सुविधा उपलब्ध छन् । बरु विदेश घुम्न जाने तर देशका अन्य भागमा पुग्न नसकेकाहरूका लागि द्रुतमार्ग एउटा विकल्प हुन सक्छ । काठमाडौंमा जन्मेर हुर्केका र काठमाडौं उपत्यकामा नै उमेर खपाएका धेरै मानिस कठिनतम बाटोबाट उपत्यकाबाहिर निस्किन चाहँदैनन् । अर्को तथ्य ध्यानयोग्य छ । उपत्यकाबाहिर तराई–मधेसतिरका प्रौढहरूमध्ये केही यस्ता अहिलेसम्म पनि जीवित छन् जो पैदल हिंडेर काठमाडौं पुगेका थिए । काठमाडौंलाई नेपाल भनेर अहिले पनि मान्ने यस उमेरका अग्रज नागरिकहरूलाई द्रुतमार्ग निर्माण भइसकेपछि सम्भवतः चार वर्षपछि एकदेखि दुई घण्टामा भगवान् पशुपतिनाथको दर्शन गर्न सक्नेछन् र दिनभरि काठमाडौं घुमेर साँझ घर फर्किन पाउँदा शायद आपूmमाथि नै अविश्वास प्रकट गर्न पुग्छन् होला । आपूmले पूरा गरिसकेको यात्रामाथि नै अविश्वास जगाउने अद्भूत चमत्कारको काम हुन गइरहेको द्रुतमार्गको निर्माण नेपालको लागि ‘न भूतो न भविष्यति’ हो । नेपाल र नेपालीको भाग्य र भविष्यसित जोडिएको द्रुतमार्गलाई देशका करिब आधा नागरिकले आँखा ओछ्याएर निर्माण भएको हेरिरहेका छन् । द्रुतमार्गको निर्माणको थालनी भएसँगै धेरै नेपाली नागरिकमा आशाको नयाँ सञ्चार भएको छ ।
राजधानीमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि केवल एक घण्टामा मधेस आइपुग्न सकिने र मधेसका नागरिकलाई केवल एक घण्टामा राजधानी पुग्न सकिने द्रुतमार्ग द्रुतगतिमा निर्माण हुने आशा रहेको छ । शिलान्यास भएको चार वर्षमा निर्माण हुने आशा राखिएको द्रुतमार्ग निर्माणको लागि आगामी साउने सङ्क्रान्तिदेखि नै चार वर्षको शुरुआत हुने हो भने पनि साउनको पहिलो दिन आउनको लागि समेत एकएक दिन कम भइरहेको छ, घटिरहेको छ । द्रुतमार्गको निर्माणपछि देशको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विकास हुने निश्चित त छ नै, साथै देशको एकताको लागि पनि निकै महŒवपूर्ण साबित हुनेछ ।