प्रस, निजगढ, १६ जेठ/
निजगढमा दोस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मङ्गलवारदेखि शुरु भएको छ । सो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं कार्यक्रमका प्रमुख अतिथि युवराज लामाले एक समारोहबीच गरे ।
विद्यालयहरूका पाठ्यक्रममा समावेश गरी खेल क्षेत्रलाई अझ सशक्तरूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै मानिस स्वस्थ हुन सके मात्र सकारात्मक सोच, विकास र अन्य कार्य गर्न सक्ने बताए । जुनसुकै क्षेत्र, नगर, बस्तीमा भएका खेलमैदानहरूको स्तरोन्नति गर्दै भौतिक पूर्वाधार निर्माण गर्न सके मात्र खेल क्षेत्रको विकास र खेलाडीहरूलाई सुविधामा सहजता पुगी खेलाडीहरूको मनोबल उच्च हुनुका साथै गुणस्तरीय खेलाडी उत्पादन भई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सहज हुने पूर्व सदस्य सचिव लामाले भने ।
आजको युगमा विकासको नाउँमा खेल क्षेत्रलाई कसैले पनि पछाडि पार्न नहुने भन्दै नजिकिंदो निर्वाचनमा जुनसुकै पार्टीका उम्मेदवार विजयी भए पनि खेल क्षेत्रको विकास र खेलाडीहरूको हौसला बढाउन कुनै कसर बाँकी राख्न नहुने बताउदै प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूले खेलको नियम, अनुशासन, मर्यादा पालना गर्न आग्रह गरे । त्यसैले खेल क्षेत्रको विकासका लागि सबै एकमत भएर लाग्नुपर्ने उनले भने ।
कार्यक्रमका विशेष अतिथि एवं निजगढ नगरपालिका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीले अन्य गतिविधिसँगै खेलकुद पनि मानिसका लागि नभइ नहुने अतिरिक्त क्रियाकलापमा पर्ने भएकोले खेलकुदबिनाको मानिस र दुनियाँको कल्पना गर्न नसकिने धारणा राखे । विकाससँगै विश्वका धेरै देशहरू, चाहे विकसित हुन् वा विकासोन्मुख खेल र खेलाडीका कारण संसार भर चिनिएका छन् — उनले भने ।
कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष कृष्णप्रसाद खरेललगायत विभिन्न स्थानीय राजनीतिक दल, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले मन्तव्य व्यक्त गरेका थिए ।
निजगढ तेक्वान्दो डोजाड्ढो आयोजना, निजगढ तेक्वान्दो कार्य समितिको सहआयोजनामा उक्त प्रतियोगिता दुई दिनसम्म चल्ने जनाइएको छ ।
सो प्रतियोगिता राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका मध्यामाञ्चल क्षेत्रीय उपाध्यक्ष एवं निजगढ तेक्वान्दो डोजाड्ढा प्रमुख वसन्त लामाको सभापतित्वमा भएको थियो ।
प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हरिबहादुर बुढाथोकी, अन्तर्राष्ट्रिय प्रशिक्षक खडकबहादुर गुरुङ निर्णायकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री मदनकुमार श्रेष्ठ, राकेश राई, कृष्ण बास्तोला, नारायण थिङ, केशव कार्की, द्वारिका रेग्मी, दिनेश गिरी, पीताम्बर पौडेल, सञ्जय लाल श्रेष्ठ रहेका थिए । सो प्रतियोगितामा विभिन्न जिल्ला र युनिर्भसिटीका ९२ जना खेलाडी सहभागी छन् । प्रतियोगिता निजगढ–८ पुरानो बजारमा भएको थियो ।