प्रस, वीरगंज, १४ जेठ/
राजस्व अनुसन्धान विभाग, काठमाडौंको टोलीले आदर्शनगरस्थित एउटा अडिट फर्ममा छापामारी गरेको छ ।
प्रदीपकुमार वर्माको नाममा दर्ता रहेको अडिट फर्मले रु २ सय करोड बराबरको राजस्व चोरी गरेको प्रमाण भेटेपछि टोली वीरगंज पुगेको हो । टोलीको नेतृत्वकर्ताले गौर निवासी सन्तोष श्रीवास्तव, दीपक श्रीवास्तवले बारा, पर्साका केही व्यक्तिको नाममा फर्म दर्ता गर्ने र सादा भ्याट बिल १० प्रतिशत कमिशनको भरमा दिने गरेको र सोबापत राज्यलाई रु २ सय करोड घाटा भएको बताए ।
अडिट फर्मका काठमाडौं प्रतिनिधि राजेश श्रीवास्तवले काठमाडौं, विराटनगर, भैरहवा, विभिन्न हाइड्रोपावर प्रोजेक्ट, ठेकेदार कम्पनीलगायत विभिन्न संस्थामा सो भ्याटबिल दिने गरेको पाइएको छ ।
काठमाडौं बस्दै आएका राजेश श्रीवास्तव पक्राउ परेपछि टोलीले वीरगंज, आदर्शनगरमा सो अडिट फर्ममा छापामारी गर्दा काम गरिरहेको अवस्थामा नाइके सन्तोष श्रीवास्तव र सहायक वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको बुझिएको छ । गिरोह सञ्चालक दीपक श्रीवास्तव फरार रहेको टोलीका एकजना कर्मचारीले बताए ।
उजुरीको आधारमा छानबिन गर्दा श्रीवास्तवले बाँडेको नक्कली भ्याट बिल अधिकांश ठाउँमा भेटिएको र ती कम्पनीहरूलाई पनि अनुसन्धानको दायरामा राखिएको छ । स्रोतका अनुसार सो ल फर्मले वितरण गरेको भ्याट बिल ठूल्ठूला कम्पनीहरूले प्रयोग गरेको प्रमाण राजस्व अनुसन्धान विभागमा सुरक्षित रहेको कर्मचारी स्रोतबाट खुलेको छ ।