बारामा घोषित राष्ट्रिय योजनाका दुई महŒवपूर्ण काम अन्तर्राष्ट्रिय विमानस्थल र दु्रतमार्गमध्ये लामो समयपछि बल्ल आइतवार निजगढ–काठमाडौं जोडने दु्रतमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् । नेपाली सेनालाई निर्माणको जिम्मेवारी सुम्पेको सरकारले सेनालाई यो जिम्मेवारी सुम्पिन पनि तीन वर्ष ढिला ग¥यो । ७६ किलोमिटर दु्रतमार्ग निर्माणका क्रममा सेनाले ०७० सालमा ट्र्याक खुला गरेको थियो । दु्रतमार्गका लागि ट्र्याक खुल्ला गरेको सेनाले तीन वर्षसम्म सरकारी निर्णय कुर्नुप¥यो । अहिले खोलिएको बाटो सञ्चालनमा मात्रै १० अर्बको हाराहारीमा बढी खर्च लाग्न जान्छ । समयमा यो द्रुतमार्ग निर्माणको जिम्मेवारी सेनालाई दिएको भए १० अर्बको क्षति पनि हुने थिएन र अबको एक वर्षमा बाटो पनि सञ्चालनमा आइसकेको हुन्थ्यो । तर यस्तो भएन र तीन वर्षको लामो विवाद, छलफल, सङ्घर्षपछि आखिरकार सेनालाई नै निर्माणको जिम्मेवारी सरकारले दियो ।
पहाड २३ किमि र बाँकी ५३ किलोमिटर तराईको भूभाग रहेको द्रुतमार्गको निर्माण चार वर्षमा पूरा गर्नेगरी सेनाको जिम्मामा दिइएको छ । यस अघि यो योजनामा काम गर्न नेपाली राजनीतिक दलभित्रै लबिङ्ग चलेको थियो । आप्mनो लबीको कुरा मात्र गर्ने तर राष्ट्रिय हितको योजनामा राष्ट्रको हित भने नहेर्ने काम भएकोले ठूलो टीकाटिप्पणी बीच सेनालाई कामको जिम्मेवारी सुम्पेपछि सरकार दु्रतमार्गको निर्माणमा विभिन्न खाले आरोपबाट मुक्त हुन सफल भएको छ । दु्रतमार्ग सञ्चालनपछि यो बाटो राजधानी पुग्न एक घण्टा मात्र लाग्ने बताइएको छ तर ७६ किलो मिटरको दूरी बढीमा २ घण्टासम्मको हुन सक्छ । यस अर्थमा पर्सा, बारा, मकवानपुर, रौतहट, सर्लाही र त्यसपूर्वका मानिस प्रत्यक्ष लाभान्वित हुन्छन् । राजधानी जोडने वीरगंज–काठमाडौं सडक मुग्लिङ्ग भएर २८५ किमि छ । त्यस्तै त्रिभुवन राजपथको हेटौडा–दामन १८५ अनि हेटौंडा–फर्पिङ्ग, हेटौंडा–दक्षिणकाली १४० किमि तथा सिन्धुली–धुलीखेल ९० किमि भए पनि धुलिखेलबाट काठमाडौं जान ४० किमि थप यात्रा गर्नुपर्छ । सिन्धुली–धुलीखेल जनकपुरदेखि पूर्व काकडभिट्टासम्मका मानिसलाई सहज पर्छ । सडकखण्डमा अहिले निर्माण हुन लागेको निजगढ–काठमाडौं सडकखण्ड छोटो दूरीमा पर्छ त्यसैले यसको दूरी थोरै समयमा तय गर्न सकिने हुनाले दु्रतमार्ग नामाकरण गरिएको हुनुपर्छ । पर्सा, बारा, मकवानपुर, रौतहट, सर्लाहीसम्मका मानिसलाई अहिले त्रिुभवन राजपथको हेटौडा–दामन १८५ अनि हेटौंडा–फर्पिङ्ग, हेटौंडा–दक्षिणकाली १४० किमि सुविधाजनक छ ।
दु्रतमार्गको निर्माण समयमा हुने हो भने हवाई सेवाको पनि विकल्प बन्न सक्छ । किनभने हाम्रो हवाई सेवा अहिले प्रभावकारी छैन । वीरगंजबाट सिमरा जान–आउन एक घण्टा लाग्छ । त्यसमा आधा घण्टा थप गर्दा निजगढ पुग्न सकिन्छ र त्यहाँबाट एक/डेढघण्टामा राजधानी । जबकि सिमरा विमानस्थलमा सामान्यतया आधा/एक घण्टा विमान ढिला भएकै हुन्छ । यो अवस्थामा बिहान नास्ता गरेर राजधानी हिंडने र काम सकेर बेलुकीको खाना खान वीरगंज आउन सक्ने अवस्था दु्रतमार्गको निर्माणपछि बन्न सक्छ । यो भनेको समयको बचत र हाम्रो व्यापार घाटाको प्रमुख कारक पेट्रोलियम पदार्थको ठूला बचत हो । विज्ञहरूले भनेका छन्, पेट्रोलियम पदार्थ मात्रको बचतले पाँच वर्षमा लगानी उठछ ।