आरआर छुछुनर
बात मात्र गर्ने वा बात बढी गर्ने वा बात लगाउने भएर बतञ्जलि नाम राखेकी भए बातोद्योग राख्नुपर्दैनथ्यो । बातैबातको उद्योग हो भनेर सबैलाई बात मात्र गर्न र कामको कुरो केवल कुरोमा सीमित राख्ने उद्देश्यले बातोद्योग राखिएको होला भन्ने अनुमान पनि सही होइन । बातोद्योगको उत्पादन धेरै नोटप्रिय भइसकेको छ । यो नामले मनुवाहरू आकर्षित भएकाले विज्ञापन धेरै गर्नै परेन वा गर्नै पर्दैन । यसको नोटप्रियताले मलाई हतोत्साहित बनाएको छैन । यसै कारण मैले केही नयाँ उत्पादनहरू बजारमा पठाएकी छु परीक्षणका लागि । तपैंहरूले यसको सुन्दर दुरुपयोग गर्दै हुनुहुन्छ । दुरुपयोग यस अर्थमा इमानदारीसाथ भनेको हुँ कि बजारमा मैले प्रयोगका लागि पठाएका बतञ्जलिका उत्पादनहरूको लेबलमा जे छ, भित्र त्यो छैन । विदेशीहरूले नेपालमा जे पनि प्रयोग गर्छन् उपचारको नाउँमा । मैले आप्mनो मौलिक तरिका अपनाएर एउटा लेबेलमा अर्को उत्पादन पठाएकी छु । त्यसको असर सकारात्मक आएको छ । बजारमा माग बढेकोमा चिन्ता छैन, प्रयोग सफल भइरहेकोमा र अपेक्षित लाभ सर्वसाधारणले उठाइरहेकामा सन्तुष्टि बढेको छ । बढी बकबक नगरीकन केही उत्पादन र तिनीहरूको गुणावगुणको बखान सुन्नुस् ।
बोलास्टक चूर्ण ः बजारमा पठाइएको यो औषधिले बोल्दै नबोल्ने मानिसलाई पनि बोल्न लगाएको छ । यसले धेरै मानिसलाई दार्शनिक बनाइदिएको छ । हिजोअस्ति शान्त र केही नजान्नेजस्तो बजारमा देखिने मानिस आजभोलि अचानक दर्शन छाट्न थालेका छन् भने बुभ्mनुस् उसमाथि बोलास्टक चूर्णको प्रयोग सफल भएको छ । हाम्रो कम्पनीले चूर्णको सेवन गर्नेहरूको निगरानी गरिरहेको छ । यसको थप असर कस्तो देखिएको तपाईंहरूले पाउनुभयो होला भने अनावश्यक बोल्ने, फाल्तुमा पनि बोलिरहने, बिना अर्थ पनि बोलिरहने, अरूले बोलेको नसुन्ने, सुने पनि अर्थ नबुभ्mने, आप्mनो सबैले सुनोस् तर अरूको सुन्न नपरोस् भन्ने ठान्ने, आपूmले भनेको मात्र ठीक, आप्mनो सबै ठीक, अरूको ठीक वा बेठीकभन्दा जहिल्यै पनि बेठीक ठान्ने प्रवृत्ति । यी र यस प्रकारका स्वभाव तपैंको घरको जुन सदस्यमा, टोल वा समाजमा जसमा बढेको पाउनुभएको छ, हो उसमा बोलास्टक चूर्णको असर देखिएको छ । एकपटक सेवन गरेपछि ‘लाइफ ग्यारेन्टी’ हो । उसले जीवनभर आप्mनो प्रवृत्ति परिवर्तन गर्नेछैन । बरु ढुङ्ग्रोमा राखेपछि कुकुरको पुच्छर सोझो होला तर यसको सेवनपछि उसको बोली अरूभन्दा निकै कडा रहिरहला । बतञ्जलिको यो सर्वाधिक शक्तिशाली औषधि हो ।
गफास्टक चूर्ण ः यो केही कम कडा औषधि हो । साथीहरूमा लाज मान्ने, आमाबुबाको अगाडि बोल्नै नसक्ने अझ युवती वा आइमाईसामु आपूmलाई पानी पानी ठान्ने मानिसहरूमा यो औषधि निकै प्रभावकारी देखिएको छ । यसको सेवनले गाग्राको कुरो गर्नेले आगराको गफ छाँट्न थाल्छ । सबै विषय र क्षेत्रमा आपूmलाई अनुभवी बताउन थाल्छ । सात जुनीमा नगएको ठाउँलाई पनि आपूmले देखेकोजस्तो वर्णन गरेर बखान गर्न थाल्छ । कहाँ कोसित र कसरी बोल्नुपर्छ भनेर सिकाउन थाल्छ । उसमा अद्भुत गफ गर्ने कलाको विकासले बिस्तारै आपूmलाई श्रेष्ठ ठान्ने प्रवृत्ति पनि आउन थाल्छ । जबसम्म उसको बोलीको वास्तविकता सबैले बुभ्mदैनन्, तबसम्म उसको गफले विश्राम लिने मौका पाउँदैन ।
चुपास्टक चूर्ण ः जस्तोसुकै अन्यायमा पनि चुपो लागेर बसिरहने मानिस कतै देख्नुभएको छ ? अन्याय, अत्याचार, असत्य, दुव्र्यवहार, दुर्वचन आदि सजिलै सहने गुण जुन मनुवा प्राणीमा तपैंले पाउनुभएको छ, उसमा चुपास्टक चूर्णको प्रभाव हो । यो साधारण औषधि होइन । यसले असाधारण कार्य गरिरहेको छ । यसको सेवन गर्नेले अरूमाथि अन्याय भएकोमा मात्र नबोल्ने होइन, आपूmमाथि अन्याय हुँदा पनि बोल्न सक्दैन । यस प्रकारको गुण उमार्ने महान् उत्पादन हो भन्ने कुरामा तपैंहरूले विश्वास गर्नु राम्रो हुनेछ । यदि तपाईंलाई पनि यस प्रकार कतै धेरै नै चुप लागेर बस्नुपर्ने आवश्यकताको बोध भएको छ भने बजारमा पाइने यस चुपास्टक चूर्णको उपयोग गर्नुहोस् । गाउँ समाजमा घट्ने धेरै अत्याचार, अन्याय र महाअपराधलाई देखेर सहन सक्ने क्षमता मात्र होइन, तपैंलाई केही पनि भएकै छैन भन्ने जस्तो होओस् ।
अहिले धेरै उत्पादनको परिचय नदिऊ नत्र सबैलाई शङ्का बढ्ने सम्भावना छ । शङ्का बढाउने अर्को एउटा औषधि बजारमा पठाइसकेकी छु । मानिसहरू धेरै शङ्कालु बन्दै गएको पनि तपैंले देख्नुभएको होला । यो मेरो बतञ्जलि उत्पादनले प्रत्यक्ष वा परोक्षरूपमा सफलता पाउँदै गएको प्रमाण हो । विदेशबाट मगाइएको आयुर्वेदिक उत्पादनहरूको मिश्रण गरी बजारमा विभिन्नरूपमा पठाइएको बतञ्जलिको उत्पादनले धेरै मानिसले वाचस्पति, वाक्पति, वाक्नारायण, बकबकनाथ, बकबकोपाध्यदेखि बोल्दै नबोल्ने मन्दिरको ढुङ्गाजस्तो बनाइदिन्छ । कोही धेरै बोल्ने रोगले ग्रस्त छन् भने उनलाई चुपास्टक चूर्ण खुवाउनुहोस् र कोही बोल्दै नबोल्ने रोगले पीडित छन् भने उसलाई बोलास्टक चूर्णको सेवन गर्न दिनुहोस् । फाइदा उसलाई हुन्छ कि हुँदैन तपैंहरू हेर्नुहोला तर नाफा भएको भने म हेर्छु । किनभने जुनसुकै अवस्थामा पनि औषधि त मेरै बिक्री हुने न हो ।