प्रस, वीरगंज, १३ जेठ/
उच्चस्तरीय जाँचबुझ आयोगले मधेस आन्दोलनको क्रममा पर्सामा ज्यान गुमाएका तथा घाइतेहरूका परिवारसँग बयान लिने कार्य शुरु गरेको छ ।
आज आयोगका अध्यक्ष गिरीशचन्द्र लालको नेतृत्वको टोलीले मधेस आन्दोलनमा ज्यान गुमाएका पर्सा पकहा मैनपुरका शत्रुघ्न पटेल र रूपन्देहीको बेथरिमा प्रहरीको गोलीबाट ज्यान गुमाएका पोखरिया नगरपालिका बनकटवाटोलका ५ वर्षे बालक चन्दन पटेलको घर पुगी अभिभावक तथा घटनाका प्रत्यक्षदर्शीहरूको बयान लिएको हो ।
टोली समक्ष मृतकका परिवार तथा प्रत्यक्षदर्शीहरूले प्रहरीले जानीजानी गोली हानेर हत्या गरेको हुँदा त्यस्ता प्रहरी र अधिकृतलाई कारबाईका लागि सिफारिस गर्न आग्रह गरेका थिए ।
अधिकारको लागि लडिरहेको बेला दूधेबालक चन्दनलाई प्रहरीले जानीजानी गोली हानेको बुवा रामाशिष पटेलले बताएका थिए ।
उनले आयोगको निष्पक्ष छानबिन प्रति विश्वस्त रहेको बताउँदै सरकारले दोषी प्रहरीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरे ।
पकहामैनपुरका शहीद शत्रुघ्न पटेलकी आमा कुसुम देवीले छोराको मृत्युपछि घर चलाउन मुश्किल परेको बताउँदै हत्यामा संलग्न प्रहरीलाई कारबाई नभएसम्म सन्तुष्ट नहुने बताइन् ।
आयोगका अध्यक्ष गिरीशचन्द्रलाल समक्ष उनले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन निष्पक्ष हुन्छ बताउँदै सिफारिस अनुसार सरकारले दोषीलाई कारबाई गर्छ भन्ने विश्वस्त नरहेको बताइन् ।
मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागी घाइते भएका तर सरकारबाट अहिलेसम्म क्षतिपूर्ति नपाएको पर्सा पकहामैनपुरका दिनेश भगत माली र हरिसुधार साहले बताए
२०७२ साल असोज २ गते प्रधानमन्त्री प्रचण्डले गठन गरेको ७ सदस्यीय आयोगको टोलीमा अध्यक्ष लालसँगै सदस्यहरूमा पूर्व महान्यायाधिवक्ता सुरेश कोइराला, अनुसन्धान विभागका पूर्व एआइजीपी सुखचन्द्र झा, अधिवक्ता सुजन लोप्चन, पत्रकार बिन्दुभूषण साह लगायत उपस्थित थिए ।