$type=ticker$count=12$cols=4$cate=0

चार पुरुषार्थ

SHARE:

गताङ्कको बाँकी
मोक्ष
    मोक्ष या परमार्थमा मुख्य विचार आत्मसुखको हो । आत्मसुखको लागि  कसैको पनि आवश्यकता छैन । सुखको हाम्रो परिभाषा र सन्तको परिभाषामा जमीन–आकाशको फरक छ । यस कारण केही नीतिज्ञ व्यक्तिलाई लाग्न सक्छ–जब उनीहरू धनवान् छन्, पढेलेखेका, वैभवयुक्त, सफल, कीर्तिशाली्, बच्चा पनि होनहार छन्, सङ्क्षेपमा सबै कुरा जस्तो हुनुपर्ने हो त्यस्तै छ भने आत्मसुख किन चाहियो ? यस्तै विचारबाट यस्तो धारणा बन्दछ कि परमार्थ गरिब वा दरिद्र व्यक्तिको अभीष्ट हो । समाजले जसलाई त्यागिदिएको छ, उसैले परमार्थको बाटो लाग्नुपर्छ– यस्तो धारणा पूर्णतया गलत हो । समर्थ स्वामी रामदासजीले आप्mनो दासबोध ग्रन्थमा स्पष्टरूपले समाजसँग सोधेका छन्– जसले पेट भर्न रोटी पाउँदैन, त्यो अभागीले के परमार्थ गर्छ ? प्रश्नोपनिषद्मा एउटा कथा छ जसमा ६ शिष्य परमार्थ प्राप्तिको लागि श्रीगुरुकहाँ पुग्छन् । ती सबै जीवनमा सफल र सम्पन्न थिए । उनीहरू दरिद्र, माग्ने, काम नलाग्ने, बेकार, पराजित, दीन, अनपढ, बहिष्कृत, निराश, थाकेका–हारेका र दुर्बल थिएनन् । सामान्य विचारधारा अनुसार उनीहरूलाई परमार्थसँग केही लिनुदिनु थिएन तर वास्तविक सुख केवल मोक्षमा नै छ, यस्तो बुझेर उनीहरूले परमार्थको बाटो रोजे । स्वामी विवेकानन्दले भारतवासीलाई दरिद्रता, लाचारी, कामचोरी, दीनता, बहिष्कार, उत्साहहीनता, नैराश्य, दुर्बलता आदिलाई सबैभन्दा पहिलो आप्mनो जीवनबाट बाहिर झिक्न सिकाए । प्रश्नोपनिषद्को कथालाई महाशिष्य उपनिषद्को भाषामा भनौं भने ब्रह्मपरा ब्रह्मानिष्ठाः परं ब्रह्मान्वेषमाणाः थिए । अर्थात् वेद अनुसार आचरण गर्ने, ब्रह्माको विषयमा प्रश्नजिज्ञासा राख्ने र ब्रह्मानुभूतिमा उत्कण्ठा र लगन राख्नेव मानिस थिए । यही आत्मसुखको स्वरूप हो । व्यावहारिक सुख र पारमार्थिक सुखमा अन्तर छ । हाम्रो सुखको परिभाषा व्यावहारिक सुस्थितिमा निर्भर छ । यति मात्र होइन वरन् यी बाहिरी सुखको चक्करमा हामीलाई भित्री दुःख दिने कुराको ध्यान पनि रहँदैन । आऔं, यी वाक्यको जाँच–पडताल गरौं । व्यावहारिकरूपबाट जो व्यक्ति राम्रो स्थितिमा छ्, उसलाई ईष्र्या हुन्छ कि हुँदैन ? मनुष्यको स्वभाव विचित्रको छ । जहाँसम्म सम्भव छ मभन्दा उत्तम अरू कोही हुनुहुँदैन । मभन्दा कम छ भने धेरै राम्रो, यदि बराबरीमा छ भने पनि ठीकै छ, तर कुनै पनि कुरामा कोही आपूmभन्दा उत्तम देख्यो कि ईष्र्याको झिल्को उफ्रिन थाल्छ । सन्तको स्वभाव यसभन्दा एकदमै विपरीत हुन्ण्छ । सन्त तुकाराम महाराजले भनेका छन्– आपणां सारिखे करिती तात्काल । नाहीं काल वेल तयां लागी ।। अर्थात् सन्त सबैलाई आपूmजस्तै बनाउँछन् । उनीहरूलाई समय लाग्दैन । उनीहरूलाई समयको कुनै बन्धन हुँदैन । सन्त सबैलाई आप्mनै योग्यतासम्म ल्याउने प्रयत्न गर्छन् । हाम्रो दैनन्दिनको व्यवहारमा प्रयोग गरिने वाक्यांशलाई हेरौं । ईष्र्याबाट जल्ने, द्वेषमा सल्किने, बदलाको आगोमा जल्ने, कामबाट बेचैन, लोभले भरिएको, मस्तीमा डुबेको, सत्ताबाट मदोन्मत्त  । के यस प्रकारका व्यक्ति कहिल्यै पनि सुखी रहन सक्छन् ? यस्तो नुनिलो, पिरो, तीतो, अमिलो जीव आत्मज्ञानबिना मीठो हुन सक्दैन । यस्ता मनुष्य जति पनि वैभवसम्पन्न भएर पनि के आनन्द प्राप्त गर्न सक्छन् ? जुन समय ऊ मत्सरबाट ग्रस्त हुन्छ, त्यसै क्षण उसको सुख नष्ट हुन्छ । यो कुरा सन्तलाई सहन हुन सक्दैन । हरेक क्षण नष्ट हुने सुखलाई सन्तहरू सुख भन्न तयार हुँदैनन् । ईश्वरको सच्चा पूजाको मर्म बताउँदै सन्त तुकाराम महाराजले भनेका छन्–कोणाही जीवा चा न घडो मत्सर । वर्म सर्वेश्वर पूजना चे ।। अर्थात् मनुष्य कुनै पनि जीवप्रति मत्सर नहुनु नै ईश्वरको पूजाको मर्म हो ।
    सन्तहरूले भन्नुपर्ने कुनै पनि कुरा बाँकी राखेका छैनन्, तर हामी उनीहरूको कुरा सुन्दैनौं । हाम्रो र उनीहरूको बस यस्तै सम्बन्ध छ । यो सम्बन्ध केही अनौठो छ । परमार्थ मार्गमा कैयौं विपरीत कल्पना जतन गरेर राखिन्छ र मर्मको कुरालाई बिर्सिदिइन्छ । यदि मर्मको कुराबाट चुक्यौं भने केवल रूढि मात्र हात लाग्छ । यसमा हामी कति गुजुल्टिएका छौं कि सच्चा परमार्थ हाम्रो हातबाट कुन बेला चिप्लियो यसको हामीलाई पत्ता पनि लाग्ने छैन । हामीलाई यस्तो लाग्छ कि हामीले धेरै कुरा गरेका छौं, तर हुने केही पनि होइन । यो वास्तवमा धेरै ठूलो विरोधाभास हो । यसको तात्पर्य यही हो कि जुन सुख बाहिरी कुरा भए वा नभएमा आधारित छ, त्यो सच्चा सुख होइन । यो केवल सुखको आभास हो ।
    एक अर्को महŒवपूर्ण कुरा हो डर । जसलाई कुनै प्रकारको डर हुँदैन, ऊ सुखी हुनै सक्दैन । यसलाई बुझ्न धेरै सजिलो छ । सबै कुरा हाम्रो अनुकूल भएर पनि यदि कुनै न कुनै कुराको डर लाग्छ भने त्यो डर लाग्ने क्षणले सुखलाई टाढा भगाउँछ । सन्तको दुर्दम्य महŒवाकाङ्क्षा हुन्छ कि सबैले अक्षय सुख पाऊन् । सारा संसार आनन्दमय छ । संसारसँग मेरो सम्बन्ध आनन्दमय छ । मेरो मन आनन्दमय छ । म आनन्दस्वरूप हु– यस्तो आनन्द जुन परिपूरित भएर पनि शेष छ । यस्तै सन्तको प्रयास रहन्छ । उनीहरूलाई यस आनन्दको अनवरत अनुभूति हुन्छ । हामी उनीहरूको कल्पना पनि गर्न सक्दैनौं । हामी सुखी छौं– यस्तो कल्पना गर्नु र वास्तवमा सुखरूप हुनुमा धेरै ठूलो अन्तर छ । हामी यदि आप्mनै सुखको संसारमा हराउँछौं भने त्यो प्रत्येक व्यक्तिको व्यक्तिगत प्रश्न हो । यस्ता व्यक्तिको विरोध गर्नुको कुनै कारण छैन, तर निर्भयताबिना सुखको संसार बन्दैन । गीतामा दैवी–सम्पदाको बखानमा पहिलो गुण ‘अभय’ बताइएको छ ।
के कुरा मनन गर्नुपर्छ भने निर्भय बन्नको लागि भयको मूल कारण खोज्न जरुरी छ । केवल उपनिषद्मा त्यो बताइएको छ ।
    द्वितीयाद्वै भयं भवति । जहाँ केही अन्य अनुभवमा आउँछ, त्यही भयको कारण हुन्छ । मोक्षमा जुन कि अद्वैत छ, अर्को सिद्ध हुँदैन । अतः मोक्षको अवस्थामा निर्भयता आउँछ । हामी सबैको अनुभव वास्तवमा यसभन्दा एकदम उल्टो हुन्छ अर्थात् यदि कुनै अर्को भएन भने डर लाग्छ । साथको लागि कोही न कोही चाहिन्छ । कल्पना गरौं कि घना जङ्गलमा औंसीको दिन रातभरि वर्षात् भइरहेको छ र प्रकाश छैन । एउटा पहाडमा १२ कोठा भएको घरमा तपाईं एउटा कोठामा एक्लै हुनुहुन्छ । वरपर घर, बस्ती, फोन, टेलिभिजन, रेडियो केही छैन । त्यहाँ कोही नभएको कारण डरको कुनै कारण देखिन्न, तर त्यही अन्जान डर लाग्न थाल्छ । वास्तवमा तपाईं एउटा कोठामा हुनुहुन्छ । बाँकी ११ कोठा तपाईंले हेर्नु पनि भइरहेको छैन । तर पनि १२ कोठा भएको घरमा म एक्लै छु भन्ने भाव किन हटदैन ? एक्लो भएपछि पनि भूत नामक कल्पना तपाईंको सामुन्ने उभिन्छ । यदि कल्पनाबाट नै कसैको निर्माण गर्नुछ भने भूत नै किन बनाउने ? ईश्वर वा गन्धर्व किन नबनाउने ? यसको कुनै जवाफ छैन । भूतको अनिवारणीय कल्पना भइ नै हाल्छ । त्यसपछि त्यो भूतलाई भगाउन हनुमान चालीसाको पाठ शुरु हुन्छ । मतलब के भने नदेखेको भूतको पछाडि श्रद्धास्वरूप  हनुमानजीलाई लगाइन्छ । केही समयपछि दुवै गायब हुन्छन् । त्यसपछि तपाईं एक्लै छु भनेर चैनको साँस फेर्नुहुन्छ, तर तपाईं त पहिले पनि एक्लै हुनुहुन्थ्यो । यो सबै बुझ्न नसकिने झमेला हो, तर यदि हामीले यो गरेनौं भने हामी किन भयौं ? यस दोस्रो वा तेस्रो भएको भावनाबाट ‘यो सबै ब्रह्म हो’ – यस अनुभवलाई प्राप्त नगरी छुटकारा छैन । यसैलाई जीवन्मुक्ति भनिन्छ । त्यसैबाट निर्भयता आउँछ । हरेक व्यक्तिको एउटा अर्को डर छ आप्mनो शरीर छाडेर जाने । मलाई मेरो शरीर छोड्न डर लाग्छ । यहाँ पनि दुई कुरा छ– एउटा शरीर छाडनेवाला र अर्को शरीर छाडदा डराउनेवाला । शरीर मेरो हो, तर यस शरीरको कुनै ‘म’ छैन । म स्वयं चेतन हुँ । शरीर जड हो । मेरो हुनु वा नहुनु शरीरमाथि निर्भर छैन । म सत् रूपमा हमेशा छु । यस्तो अनुभवलाई मोक्ष भनिन्छ । यस्तो अनुभवबाट निर्भयता आउँछ ।
    मोक्ष चिरन्तन सुखको धरोहर हो । यो सुख कुनै व्यक्ति वा कुरामाथि निर्भर रहँदैन । यस सुखमा कुनै पनि कारणले व्यवधान ल्याउँदैन । त्यो कहिल्यै पनि कम हुँदैन । त्यसमा दुःखको लेश मात्र  अंश रहँदैन । त्यसलाई आनन्दघन भनिन्छ । अमीर–गरिब, स्त्री–पुरुष, उँच–नीच, विद्वान्–गँवार आदि कुनै पनि विशेषताको र त्यस सुखको कुनै वास्तविक सम्बन्ध हुँदैन । अर्थात् त्यो सुख त्यस विशेषतामाथि निर्भर रहँदैन । यस प्रकार निरपेक्ष सुख, शान्ति र सन्तोष मोक्षको स्वरूप हो ।
    यस प्रकार यी चार पुरुषार्थ हुन् । यी चार पुरुषार्थलाई मनुष्यले प्राप्त गर्नुपर्छ र त्यसलाई प्राप्त गर्नु प्रत्येक व्यक्तिको लागि सम्भव छ । अभ्युदय र निःश्रेयस दुवै साथ मिलेर हिंडनुपर्छ– यस्तो हाम्रो संस्कृतिको आग्रह हो । यसमा प्रापञ्चिक वा भौतिक वैभवलाई नकारिंदैन, साथै पारमार्थिक वैभव प्राप्त गर्ने आग्रह पनि हुन्छ । पाण्डवको मूर्तिमन्त उदाहरण हाम्रो समक्ष छ । उनको मयसभा प्रापञ्चिक वैभवको, कलाको र कौशलताको नमुना हो । उनीहरूमा बडो रसिकता थियो, तर त्यस रसिकतामा हमेशा धर्मको मर्यादा रहेको थियो । यस्तो बुझाइ कि परमार्थ अरसिक व्यक्तिको कार्यक्षेत्र हो, एकदम गलत कुरा हो ।
    अतः परमार्थबारे जस्तोसुकै भ्रान्ति छ, त्यसको जति छिटो हुन सक्छ निवारण गर्नुपर्छ र हामीले आप्mनो सुखको ढोका खोल्नुपर्छ । चारै पुरुषार्थ तिनै ढोका हुन् ।
समाप्त ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चार पुरुषार्थ
चार पुरुषार्थ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_574.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_574.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy