नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यको पद त्याग गरी भर्खरै
सङ्घीय समाजवादी फोरम पार्टी पर्सामा प्रवेश गरेका प्रह्लाद गिरीले एक
पक्षीय राष्ट्रवादका कारण एमाले पार्टी मधेसी जनताबीच अपहेलित भएका बताएका
छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवको हातबाट पूmलमाला, अबीर लगाई पार्टी प्रवेश गरेका गिरीले जब पार्टी छाडने कुरा सार्वजनिक भयो, एमालेका नेता रघुवीर महासेठले एमाले अध्यक्ष केपी ओली कहाँ लिएर गए । काठमाडौंमा दुई घण्टा छलफल चल्यो, केपीको एउटै कुरा थियो, तपाईंहरू पार्टीमा फर्किनुस् । मैले एउटै प्रश्न गरें–तपाईंको एकात्मक राष्ट्रवादले के साँच्चै देशलाई फाइदा गर्दैछ । उनी नाजवाफ भए । त्यसपछि जति दबाब आउँदा पनि मैले एमाले छोडने निर्णय गरिसकेको थिएँ, छोडें ।
अब मधेसी पार्टीबाटै मधेसीको मुक्तिको लागि लडछु । सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रद्युम्न चौहान, करिना बेगम, हरिनारायण रौनियार, सलाउद्दीन अहमदलगायत नेताहरूको सहभागिता थियो । कार्यक्रममा पोखरिया आसपासबाट हजारौंको सङ्ख्यामा लस्करसहित जुलुस वीरगंज आएको थियो ।
प्रस, वीरगंज, १४ वैशाख/
सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानीय सरकारमा पुग्न स्थानीय चुनावमा भाग लिएको बताएका छन् । पार्टीद्वारा वीरगंज नगर सभाहलमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा नगरपालिका र गाउँपालिका पहिलेको गाविसजस्तो नभएको र अति नै अधिकार सम्पन्न भएको हुनाले मधेसको स्थानीय सरकार वा सत्तामा पकड जमाउन पार्टीले निर्वाचनको बाटो रोजेको कार्यकर्ताहरूलाई बताए ।
संविधान संशोधनबिना पार्टी स्थानीय तहको चुनावमा नजाने सङ्घर्ष गर्दै आउँदा वैशाख १७ गते एमाले र राप्रपाले गर्दा सशोधन प्रस्ताव पारित हुन नसक्दा निर्वाचनबाहेक अन्य विकल्प नरहेको उनले बताए । “फोरम चुनावमा गएन भने के उपलब्धि हुन्छ । हामीले सोच्यौं, तर सत्तारूढ दल र सरकारले इमानदारीपूर्वक मधेसीहरूको हक अधिकारको लागि संविधान संशोधनको पक्षमा उभिंदा पनि प्रस्ताव पारित नभएको हुँदा चुनावमा आयौं”–उनले भने । “संविधान सशोधन गराउनु नै छ भने सङ्घर्ष पनि जारी राख्नुपर्छ र मधेसको स्थानीय सरकारमा पकड पनि जमाउनुपर्छ ।”
“यदि मधेशवादी दल चुनावमा नगए मधेसको भोट निश्चितरूपमा अन्य गैरमधेसवादी दललाई जान्छ, तसर्थ मधेसी पार्टी चुनावबाट भाग्नु आजको परिस्थितिमा गलत निर्णय हो”–उनले भने ।
मधेसी जनता निर्वाचनबारे अन्योलमा नरहन आग्रह गर्दै विगतको राज्य र मधेस आन्दोलनमा बर्साइएको बुलेटको जवाफ ब्यालेटबाट दिन जनतासँग आग्रह गरे । किनभने जनताको एक भोटले ठूल्ठूला तानाशाह सत्ताबाट ढलेका छन्–उनले बताए ।
राजपा नेपालले चुनावविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेकोमा व्यङ्ग्य गर्दै राजपामैं अन्तर्कलह रहेको बताए । उनले ६ वटा पार्टी मिलेर एउटा पार्टी त बन्यो, तर विचार र सोचमा ठूलो खाडल रहेको उनले बताए । निर्वाचन आयोगले ६ वटा दलमध्ये कुनै एउटा दलको चिह्नबाट चुनाव लडन सुझाव दिएको थियो, तर एउटा पार्टीले अर्को पार्टीको चुनाव चिह्न स्वीकार नगर्ने मनोग्रन्थिले राजपा चुनावमा नगई सडकमा उत्रेको उनले विश्लेषण सुनाए ।
राजपाको चुनाव चिह्नबारे चर्चा चल्दा ‘जोडा गोरु’बारे म किन अर्काका खेत जोत्न गोरु लिएर जाउँ, ‘तीर’ राखौं भन्दा–कसको चरा मार्नु छ र तीर चुनाव चिह्न राखौ भन्ने कुतर्क चलेको उनले बताए ।
त्यसपछि फोरमको चुनाव चिह्न ‘हातमा लिएको मसाल’ जिन्दाबाद छ, पूरै मधेसमा मसाल लिएर दौडौं– भन्दा उपेन्द्रको पछि किन लाग्ने भन्ने मानसिकताले राजपा नेपालका नेताहरूको राजनीतिमा नै प्रश्नचिह्न खडा हुन पुगेको उनले टिपण्णी गरे ।
त्यसैगरी पार्टीका सह अध्यक्ष लालबाबू राउत गद्दीले फोरम संविधान मानेर चुनावमा नगए सिके राउतको बाटोबाहेक अरू विकल्प नरहने सोचेर चुनावमा आएको बताए । मधेसीलाई अधिकार सम्पन्न बनाउन संसद् र सडक दुवै उपाय प्रयोग गरिसकेपछि अब चुनावको बाटो रोजेको उनले बताए ।