– समीर पाख्रिन
दृश्य ः सनसेट बोडिङ्ग स्कूलको अफिस कोठा । प्रिन्सिपल महोदया चरम तनावका कारण एक्लै फतफताउँदै अफिस कोठामा ओहोरदोहोर गरिरहेकी छिन् । टेबुलमाथि स्थानीय, राष्ट्रिय समाचारपत्रहरू छरपस्ट देखिन्छन् ।
महोदया ः ( स्वयंसित ) जुन अखबार हे¥यो उही समाचार । निजीले आपूmखुशी शुल्क बढायो । निजीले वर्षैपिच्छे पाठ्य पुस्तक बदली ग¥यो । कमिशनको लोभले पाठयक्रममा दर्तै नभएको किताब किन्न बाध्य गराएर अभिभावकलाई थप आर्थिक बोझमा पा¥यो । खोइ के के हो के के ? जहिले पनि पिकसिजन आयो कि यस्तै मौसमी समस्याले तनाव गराउँछ । घाम तापेर, गफ गरेर तलब खानेहरूबारे पनि केही लेख्नु नि १ प्रवेशिका परीक्षामा गोलोखानेहरूबारे पनि कहिलेकाहीं लेख्नु नि १ एकातिर विद्यार्थीहरू घटने डर, अर्कोतिर वृद्धि गरेको शुल्क फिर्ता दिनुपर्ने डर १ खोइ टेन्शन पनि कताकताको लिने होला । एउटा अङ्ग्रेजी शिक्षक खोजेको महिना दिन हुन आँट्यो अझै भेटिएको छैन ।
(यत्ति नै बेला कसैले ढोका ढकढकाउँछ) को हFे भित्रै आउनोस् । ( हातमा फाइल बोकेर एकजना भर्खरको ठिटो अफिसमा प्रवेश गर्छ । )
ठिटो ः (टाउको कन्याउँदै अलिक नर्भस भावभङ्गिमामा ) मैडम, हजुरको बोर्डिङ्गमा अङ्ग्रेजी शिक्षकको ठाउँ खाली छ भनेको सुनेको थिए हो ?
महोदया ः (ठिटोलाई शिरदेखि पाउसम्म नियालेपछि ) छ तर अङ्ग्रेजी फरर बोल्न सक्नुपर्छ । सक्छौ ?
ठिटो ः फरर नै बोल्न पर्ने ? काम चलाए भएन ? नेपालीको छोराले फरर अङ्ग्रेजी बोल्न त बेलायतमैं जन्मनुपर्छ । कि त अङ्ग्रेजको घरमा सानैदेखि काम गरेर बसेको हुनुपर्छ । नेपालमा जन्मेर चाहिं फरर अङ्ग्रेजी बोल्न गा¥है पर्ला मैडम १
महोदया ः ( झर्काे मान्दै ) ल ल कुरा गर्न त तिमी निकै सिपालु रहेछौ । म केही प्रश्न सोध्छु ठीक ठीक जवाफ दियौ भने राखौंला ।
ठिटो ः ( चञ्चले भावभङ्गिमा ) मैडम इन्टरभ्यू हो ?
महोदया ः नेपालको क्षेत्रफल कति छ ? आइ मिन एरिया ।
ठिटो ः नेपालको क्षेत्रफल ? ...लौ मा¥यो । (अन्कनिदैं) खोइ कति भन्ने मैडम । किताबमा पढेको आधारमा भन्दा गलत पो हुने हो कि ? ( स्वयंसित ) खोइ कति भन्ने भन्ने ?
महोदया ः त्यति जाबो पनि आएन? एक लाख सडचालीस हजार ...(अडकेपछि सम्झने कोशिश गर्दै) कति पो हो ? एक सय कुन्नि कति वर्गकिमि होइन ? ठीकै छ अब भन गौतम बुद्धको जन्म कहाँ भएको थियो ?
ठिटो ः मैडम पनि । खाली विवादास्पद प्रश्न मात्रै सोध्नुहुन्छ । अब मैले कहाँ भन्नु ?
महोदया ः त्यसो भए सिटीजनको अर्थ के हो भन ।
ठिटो ः सिटीजन होइन त मैडम ?
महोदया ः हो हो फटाफट भन ।
ठिटोः ः सिटीजन भनेको घडी हो मैडम ।
महोदया ः गलत ।
ठिटो ः ( स्वयंसित ) यो पनि गलत त्यो पनि गलत । सही अर्थ चाहिं के होला त ? अF सिटी भनेको फुक्ने चीज । जन भनेको मान्छे । सिटी बजाउने मान्छे मैडम ।
महोदया ः वाहियात मान्छे । एउटा शब्दको अर्थसमेत नआउने के खोज्न आएको ? ल भन, कन्ट्री भनेको के ?
ठिटो ः कन्ट्री भनेको नेपाल ।
महोदया ः ( वाल्ल परेर ) नेपाल नै हो त ? ( स्वयंसित ) खै ठीकै त होला नि । अF अब अन्तिम प्रश्न । यसको चित्तबुझ्दो जवाफ पाए भने तिम्रो जागिर पक्का । लौ भन, कुकुर भुक्दैछ, हात्ती लम्कँदैछ भन्ने उखानलाई अङ्ग्रेजीमा के भन्छ ?
ठिटो ः ( केही क्षण गमेर ) कुकुरलाई अङ्ग्रेजीमा डग् र हात्तीलाई इलाफेन्ट भन्छ भने..... डग् बार्किङ इलाफेन्ट लेफ् राइट लेफ् राइट डुइन्ग मैडम ।
महोदया ः ( जोडजोडले हाँस्दै ) के रे, के रे ? फेरि भन त ।
ठिटो ः डग् बार्किङ इलाफेन्ट लेफ् राइट लेफ् राइट डुइन्ग मैडम ।
महोदया ः ( हाँस्दै ) लेफ राइट लेफ राइट भनेको चाहिं के नि ?
ठिटो ः हिंडेको । हामीजस्तै हातखुट्टा हल्लाएर हिंडेको ।
महोदया ः यो इलाफेन्ट भनेको चाहिं के नि ?
ठिटो ः हात्ती । हात्तीलाई अङ्ग्रेजीमा इलाफेन्ट भन्छ मैडम ।
महोदया ः चुप लाग । तिम्रो अङ्ग्रेजी खत्तम रहेछ । एसएलसीमा अङ्ग्रेजीको माक्र्स कति छ ?
ठिटो ः ( फाइल अगाडि बढाउँदै) हजूर नै हेर्नाेस् न ।
महोदया ः एटीएट ? अठासी ? यो त एकदम राम्रो माक्र्स हो ।
ठिटो ः ( गर्वसाथ ) अझै एकक्षण चीट चोर्न पाएको भए सयमा सय हानी दिने थिएँ । कताबाट सुपरिटेन्डेन्ट टुप्लुक्क आइपुगेछ र मात्रै ।
महोदया ः ए चोरेर पो पास गरेको ? तिमीलाई लाज लाग्दैन चोरेर पास गरेको भन्न ?
ठिटो ः ( टाउको कन्याउँदै ) केको लाज मैडम १ महँगो शुल्क तिरेर पढनेहरू त चोर्दा रहेछन् । हामी त सरकारी विद्यालयको विद्यार्थी । सरहरू चोराउँछन्, हामी चोर्छौ । हा हा हा (व्यङ्ग्यात्मक हाँसो हाँस्छ )
महोदया ः ( ढोकातिर इङ्गित गर्दै ) सट्अप एन्ड गेट आउट ।
ठिटो ः (नबुझेको जस्तो गरी ) गेट बाहिर जानु भन्नु भएको ? खोइ त गेट ? बरु डुओर आउट भन्नु नि ।गेट् भने छैन गेटआउट पो अरे । (ठिटो प्रस्थान गर्छ । महोदया थाकेको भावभङ्गिमामा कुर्सीमा थ्याच्च बस्दै ।)
महोदया ः के भन्ठानेर काम खोज्न आएको होला । जस्तो पायो त्यस्तै मान्छे राख्ने स्कूल जस्तो लाग्यो कि क्या हो । उफ् मोराले चाट्नुसम्म चाटेर गयो ।
(यत्तिकैमा टेलिफोनको घण्टी बज्छ ।) हेलो, को सोनाक्षीकी मम्मी ? के तपाईंको बच्चालाई टवाइलेट जान दिएन अरे मिसले ? नभएको कुरा नगर्नुहोस् है, यस्तो हुनै सक्तैन । के कक्षा कोठामा नै सुसु गरी अरे ? अनि ट्वाइलेट जानलाई त मिस मे आइ गो टवाइलेट भन्न सक्नुप¥यो नि त १ ल ल राख्नोस् । वाहियात मान्छे । (यति भनी रिसीभर राख्छिन् । एकजना अधबैंसे मानिसको प्रवेश )
अधबैंसे मानिस ः नमस्ते मैडम ।
महोदया ः नमस्ते ।
अधबैंसे मानिस ः भर्ना खुला छ मैडम ?
महोदया ः छ, कसको लागि ?
अधबैंसे मानिस ः मेरो नाति केटोको लागि । अहिले त्यो सरकारी विद्यालयमा कक्षा ६ मा पढदैछ ।
महोदया ः अनि किन स्कूल सार्न खोज्नुभएको ?
अधबैंसे मानिस ः नसारेर के गर्ने मैडम । अङ्ग्रेजी तातोभुत्लो केही आउँदैन त्यसलाई । त्यही भएर बोर्डिङ्गमा नै राख्ने विचार गरेको ।
महोदया ः तपाईंको नाति केटोलाई अङ्ग्रेजी केही पनि नआउने हो भने म कक्षा वानभन्दा माथि भर्ना लिन सक्तिनँ । हुन्छ ?
अधबैंसे मानिस ः वान भनेको एक होइन त मैडम ?
महोदया ः हो हो जाबो वान भनेको पनि नबुझ्ने । अनि फीस चाFहि कसले तिर्छ नि ?
अधबैंंसे मानिस ः म तिरौंंला ।
महोदया ः तपाईं के गर्नुहुन्छ ?
अधबैंसे मानिस ः के गर्नु दिनभरि घाम ताप्यो बस्यो ।
महोदया ः अनि फीस कसरी तिर्ने ? दिन्छु दिन्छु भन्ने अनि वर्षभरिको फीस बाँकी राखेर भाग्ने पो हो कि ?
अधबैंसे मानिस ः आम्मै १ त्यसो पनि गर्छन् र मैडम ?
महोदया ः किन नगर्नु ।
अधबैंसे मानिस ः बरु हजुरले मलाई घण्टी बजाउने, शिक्षकशिक्षिकाहरूलाई बेलाबेलामा पानी खुवाउने, कक्षा कोठा, अफिस कोठा कुचो लगाउने काममा राख्नुभए भै हाल्छ नि १ तलब आउँछ फीस खुरूखुरू तिरौंंला । हुन्न त मैडम ?
महोदया ः आइडिया नराम्रो छैन । तर तपाईंको भुसतिघ्रे नाति केटोले हाम्रो ससाना विद्यार्थीहरूलाई तर्साउने पो हुन् कि ?
अधबैंसे मानिस ः त्यसो त नगर्ला तर खाजा चाहिं खोसेर खाइदेला कि भन्ने डर लाग्छ ।
महोदया ः अप्पुई १ त्यसो ग¥यो भने त मारिहाल्यो नि । त्यसै त अभिभावकहरू निहु खोज्न जान्दैनन् । अरू पनि कुनै नराम्रो बानी छ कि ?
अधबैंसे मानिस ः त्यस्तो नराम्रो बानी त केही छैन । कहिलेक।ही अरूको सिसाकलम, कापी, किताब टिफिनको भाँडो चोरेर घर ल्याउने बानी छ ।
महोदया ः ल ल भै गो । तपाईंको भुसतिघ्रे नातिलाई पनि ल्याउनुपर्दैन । तपाईं पनि आउनुपर्दैन, जानोस् ।
अधबैंसे मानिस ः हो र मैडम १ हवस् नमस्कार १ ( प्रस्थान गर्छ । फेरि टेलिफोनको घण्टी बज्छ । )
महोदया ः हेलो सनसेट इन्टरनेशनल । को रणवीर सिंहकी मम्मी ? अF भन्नोस् । के मिसले होमवर्क दिएन अरे ? स्कूल भर्ना भएको दश दिन भएको छैन अहिले केको होमवर्क खोज्नुभएको ? होमवर्क गर्नलाई पहिले पढन लेख्न सिक्नुपरेन ? तब न होमवर्क आउँछ । (टेलिफोनको रिसिभर राख्दै स्वयंसित) स्कूल आउन थालेको हप्ता दिन हुन पाएको छैन । होमवर्क चाहियो भन्छन् । म त दङ्गै पर्छु । (एकजना शालीन पहिरन भएको खाइलाग्दो युवकको प्रवेश । )
युवक ः गुड आप्mटरनून मैडम, आइ एम दिनेश कुमार । मैडम इज देयर एनी भेकेन्सी फर द पोस्ट अफ इङ्गलिश टिचर इन योर भेरी फेमश सनसेट इन्टरनेशनल स्कूल ?
महोदया ः ( युवकको अग्रेजी सुनेर मख्ख पर्दै ) येस देयर इज, देयर इज ।
युवक ः आइ स्याल बी भेरी ग्रेटफुल इफ यु गिभ मी ए चान्स टु वर्क इन योर बेस्ट स्कूल ।
महोदया ः (युवकतिर एकोहोरो हेरेर स्वयंसित ) वाह १ कति राम्रो इङ्गलिश बोलेको फररर । मैले यस्तै सर खोजेको ।
युवक ः (महोदया टोलाएको देखेपछि) हेल्लो म्याम । आर यु ओके ?
महोदया ः ( झस्केर ) येस येस आइ एम फाइन थैंक्यु । अF म त भाइको इङ्गलिश सुनेर सा¥है सप्रेस्ड भएँ ।
युवक ः ( मुसुमुसु हाँस्दै ) सप्रेस्ड होइन मैडम इम्प्रेस्ड भन्नुहोस् न । त्यसो भए मेरो जब कन्र्फम होइन त मैडम ?
महोदया ः तपाईंको जब आजै यत्ति नै बेलादेखि कन्र्फम ।
युवक ः थैक्यु म्याम । अनि मेरो तलब आइ मिन मेरो सेलेरी चाहिं कति मैडम ?
महोदया ः पच्चीस सय । आइ मिन हजारको दुईवटा नोटसित सय सयको पाँचवटा नोट ।
युवक ः मैडम हप्तैपिच्छे हो ?
महोदया ः केको हप्तैपिच्छे हुनु । महिनाको एकचोटि ।
युवक ः (आश्र्चय मान्दै ) मात्र पच्चीस सय ?
महोदया ः नयाँ नयाँ खुलेको स्कूल हो भाइ । पहिला हामीलाई कमाउन देऊ न । त्यसपछि त हेरौंला नि ।
युवक ः तर मैडम पच्चीस सयले त नास्ता खान पनि पुग्दैन । मोबाइल खर्च खै ? घर भाडा खै ? कहिलेकाहीं ढिलो हुँदा रिक्सामा आउनुपर्छ । रिक्सा भाडा खै ? मान्छेको शरीर हो कहिलेकाहीं बिरामी परिन्छ औषधि खर्च खै ? बेला बेलामा गर्ल फ्रेन्डसित डेटिङमा जानुपर्छ । यतिले कहाँ पुग्छ ?
महोदया ः घरबाट दाल, चामल, आलु प्याज ल्याउनुपर्छ नि त भाइ । तलबको भरमा बसेर कहाँ हुन्छ । अF लभसभ गर्न चाहिं अन्तै जाने है । हाम्रो यहाँ ड्युटीको समयमा चाहिं लभसभ चल्दैन ।
युवक ः अरू के के सुविधा छ त मैडम ?
महोदया ः छ नि त सुविधा । टिफिनमा थकाइ मार्न कुर्सीको सुविधा छ । ट्वाइलेटको सुविधा छ । चिसो हावा खानलाई पंखा र चिसो पानी पिउनको लागि चापाकल छ । साइकल पार्किड्ढो सुविधा छ । शुक्रवार आधा र शनिवार पूरा दिन बिदा छ । योभन्दा अरू के चाहियो ? अरूले जस्तो कक्षैपिच्छे सिसीटिभी क्यामेरा राखेर शिक्षक शिक्षिकाहरूको चियो गर्ने गरेका छैनौं क्यारे १ शिक्षकलाई क्लासवर्क दिएर मज्जाले सुस्ताउने छुट दिएका छौं । ए एउटा त भन्नै छुटेछ । सरस्वती पूजामा पूरै तीन दिन बिदा दिने गरेका छौं ।
युवक ः अनि दशैं बोनस, पेश्की नि त ? दिने गर्नुभएको छ कि छैन ?
महोदया ः उद्योग कलकारखाना हो र बोनस दिनु । बोनस त नाफामूलक कम्पनीहरूले पो दिने हो त १
युवक ः अनि तपाईंको निजी स्कूल प्राइभेट लिमिटेड कम्पनी होइन र ?
महोदया ः त्यो त भनेको मात्रै हो नि । कही स्कूललाई पनि कम्पनी भन्न मिल्छ ?
युवक ः त्यसो भए शिक्षकहरूलाई बोनस,पेश्की सुविधा छैन होइन त म्याम ?
महोदया ः छैन । बोनस र पेश्की चाहियो भन्नेहरूलाई गुडबाई भन्दै बिदा दिने गरेका छौं ।
युवक ः त्यसो भए म्यामलाई पनि गुड् बाई १
महोदया ः भाइ भोलिदेखि नआउने ?
युवक ः आउँदिन म्याम् । (युवक अफिस कोठाबाट प्रस्थान गर्दै ) अकैे मान्छे खोज्नुहोला । सरी १ (प्रस्थान गर्छ ।)
महोदया ः (युवक गएपछि स्वयंसित) धत्ततेरिका १ बल्लबल्ल फररर इङ्गलिश बोल्ने मान्छे भेटेको त्यो पनि फुत्किहाल्यो । यो वर्ष पनि गतिलो टिचर राख्न सकिएला जस्तो छैन । अहो दुई बजिसकेछ । आज त लन्च गर्न पनि बिर्सिएछु । ल अहिले फेरि को आइपुग्छ बरु लन्च चाहिं गरिहाल्नुप¥यो । (यति भनी महोदया पनि अफिस कोठाबाट बाहिरिन्छिन् । पर्दा खस्छ ।